Press Release

  • Home
  • Press Releases
  • सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै ‘नेपालको संविधान २०७२’ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएको बारे विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै ‘नेपालको संविधान २०७२’ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएको बारे विज्ञप्ति


विज्ञप्ति 

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले ‘नेपाल नागरिकता ऐन२०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै ‘नेपालको संविधान २०७२’ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएकोमा हामी हर्षविभोर छौँ ।  

 

नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त बमोजिम प्रमाणीकरण भएको यस नागरिकता विधेयकले विश्वभर छरिएर रहेका लाखौं गैरआवासीय नेपालीले सन् २००३ देखि उठाउँदै आएको ‘गैरआवासीय नेपाली नागरिकता’ को माग सम्बोधन गरेको छ ।  

 

सम्माननीय राष्ट्रपति ज्यूको यस कदमले ‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मूलमन्त्रलाई  छिट्टै सार्थक बनाउनेमा पनि हामी विश्वस्त छौं । साथैविश्वभरि रहेका नेपालीहरुलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञानसीप र पूँजीलाई नेपाल भित्र्याउन थप दायित्व बोध गरेका छौं  । गैरआवासीय नेपालीहरुको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको लागि समेत यस कदमले ठोस् वातावरण तयार पार्ने विश्वास लिएका छौं ।  

 

अन्त्यमायस ऐतिहासिक उपलब्धि हासिल गर्न मुख्य भूमिका निर्वाह गर्नुहुने नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री ज्यूप्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूराष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूमन्त्रीज्यूहरुसांसदज्यूहरुनेपाल सरकारका मुख्य सचिवज्यूसचिवज्यूहरुसम्पूर्ण राजनीतिक दल लगायत कानूनविद्सरोकारवालासञ्चारकर्मी एवं गैरआवासीय नेपाली संघका संस्थापकदेखि हालसम्मका पदाधिकारी तथा अभियन्ताहरुनागरिकता निरन्तरता कार्यदलका प्रमुख तथा सदस्यहरु लगायत यस अभियानमा सहयोग गर्नु हुने सम्पूर्ण प्रति कृतज्ञता व्यक्त गर्दछौँ ।  

 

Press Release on English