Press Release

  • Home
  • Press Releases
  • विज्ञप्ति : एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन असोज ३०- कार्तिक ३ गते (१७ अक्टोबर –२० अक्टोबर, २०२३)

विज्ञप्ति : एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन असोज ३०- कार्तिक ३ गते (१७ अक्टोबर –२० अक्टोबर, २०२३)


नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए) ले  गौरवमय २० वर्ष पूरा गरेको छ । दुई दशकको यस अवधिसम्म आइपुग्दा नेपालीहरुको उपस्थिति भएका ८ मुलुकमा संघको राष्ट्रिय समन्वय परिषद् स्थापना गरी नेपालीको सर्वाधिक ठूलो सांगठनिक सञ्जाल निर्माण गर्न सक्नुलाई महत्वपूर्ण उपलब्धि ठानेका छौँ । विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरूलाई संघको सञ्जालमा गोलबन्द गर्दै एकैसुत्रमा समाहित गरी उत्साहका साथ हातेमालो गर्दै सबै हात एकै साथ भन्ने मूल भावका साथ नेपालको समृद्धिको यात्रामा हामी जोडिएका छौँ । विश्वभरबाट ९६ हजार ८ सय ५० पन्जिकृत सदस्य संघमा आबद्ध भएका छन् ।

विदेशमा रहेका पहिलो पुस्ता मात्रै नभई दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूमा समेत मातृभूमिप्रतिको अपनत्व महसुस हुनु,  विदेशमा रहेका सबै नेपालीले नेपालको समृद्धिमा क्षमता अनुसारको भूमिका निर्वाह गर्ने गहिरो चाहना प्रकट गर्नु लगायतले सन् २००३ मा समृद्ध नेपालका लागि गैरआवासीय नेपालीले देखेको समृद्ध नेपालको सपना बिस्तारै साकार हुने दिशामा अगाडि बढेको ठानेका छौं  दुई दशकको यस गौरवमय यात्राका जोडिएका अप्ठ्याराहरु क्रमशः मत्थर भएका छन् । १० औँ महाधिवेनको क्रममा  देखिका असन्तुष्टीहरु समेत सम्बोधन भैसकेको छ  स्थापनाकालदेखि हामीले नेपाल सरकारसँग  उठाउँदै आएको  नेपाली नागरिकताको निरन्तरताको विषय केही हदसम्म सम्बोधन भई गैरआवासीय नेपाली नागरिकको  लागि सरकारले गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरी निर्देशिका र कार्यविधि निर्माणको चरणमा छ । बैदेशिक रोजगारी र बिदेशमा स्वरोजगारमा रहेका नेपालीको लागि सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सुरु गरिसकेको छ  नेपालमा लगानी भित्र्याउन विद्यमान कानूनी व्यवधानहरु सम्बोधनको क्रममा छन् । सरकारले गैरआवासीय नेपालीलाई पनि देश निर्माणको सहयात्रीको रुपमा अघि सारेको छ ।

यसै सन्दर्भमा गैरआवासीय नेपाली संघको एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज ३० गतदेखि कार्तिक ३ गतेसम्म (१७ अक्टोबर –२० अक्टोबर, २०२३) काठमाडौँमा आयोजना गरिने भएको छ ।  सोही अवधिमा संघको आयोजनामा विज्ञ तथा युवा सम्मेलनको आयोजना गरिनेछ । यस महाधिवेशनमार्फत यस वर्ष संघको नयाँ नेतृत्व समेत चयन हुँदैछ । सम्मेलनको तयारीको लागि   जुलाइ १ देखि ३१ का बीचमा विश्वका ५९ भन्दा राष्ट्रमा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनहरु  सम्पन्न भएका छन् । निर्वाचित सबै राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा समस्त कार्यसमितिप्रति संघ हार्दिक बधाई तथा कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गर्दछ । संघको SMART NRNA APP मार्फत अगष्ट १० देखि २० तारिखसम्म महाधिवेशन प्रतिनिधि दर्ता गर्न  सम्पूर्ण पन्जिकृत सदस्यहरुलाई आह्वान गरिन्छ | प्रतिनिधिहरुको अन्तिम नामावली अगष्ट ३१ तारिखमा प्रकाशन गरिने छ | सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्हरुलाई यथासक्दो छिटो प्रतिनिधिहरुको अन्तिम नामावली पठाई दिनुहुन् आग्रह गर्दछौं | सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरु  विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधिहरु,एनआरएनका अभियन्ताहरु र स्वदेशी तथा विदेशी  विशिष्ट व्यक्तित्व लगायत करिब ४ हजार भन्दा बढीको सहभागिता रहनेछ  ।

अन्त्यमा, विश्व सम्मेलन तथा महाधिवेशनमा सम्पुर्ण गैरआवासिय नेपालीलाई उत्साहपुर्ण  सहभागिताको लागि हार्दिक अपिल गर्दै  सम्पुर्ण सञ्चारकर्मी साथीहरुलाई पनि सम्मेलन  सफल बनाउन  महत्वपूर्ण  सहयोगको लागि विशेष अनुरोध गर्दछौँ ।

 

धन्यवाद ।