थानेश्वर भुषाललाई सहयोग प्रदान

, Source: NRNA

आज सन् १९ जनवरी २०१८ का दिन वैदेशिक रोजगारको क्रममा परिबन्धले साउदी अरेवीयाको जेलमा बन्दीको जीवन व्यतित गरिरहेका थानेश्वर भुषाललाई कारागारबाट मुक्त गर्नको लागि प्रवासी नेपाली समन्वय समितिले भुषाल बचाउ अभियान अन्तर्गत संकलन गरेको २५ लाख ४८ हजार र गैरआवासीय नेपाली संघले उपलब्ध गराएको रु १५ लाख ५० हजारको वेग्ला वेग्लै चेक आज नेपाल सरकारका परराष्ट्र सचिव शंकरदास वैरागीलाई हस्तान्तरण गरिएको छ ।

सिन्धुलीगढीको पुनर्निर्माण गुरुयोजना तयार पार्ने सम्बन्धी सहमती पत्रमा हस्ताक्षर

, Source: NRNA

आज मिति २०७४ माघ ४ तद् अनुसार १८ जनवरी २०१८ का दिन गैरआवासीय नेपाली संघ र कमलामाई नगरपालिका वीच सिन्धुलीगढी जिर्णोद्धार एवम् पुनर्निर्माण गुरुयोजना तयार पार्ने सम्बन्धमा एक सहमती पत्रमा हस्ताक्षर भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको प्रेस विज्ञप्ति

, Source: NRNA

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको हिजो २०१७ डिसेम्बर ८ का दिन संघका अध्यक्ष श्री भवन भट्टको अध्यक्षतामा बसेको बैठकले संरक्षक परिषद, सल्लाहकार समिति, अनररी परिषद समिति र आइसिसिमा मनोनित सदस्य चयन गर्ने महत्वपूर्ण निर्णय सर्वसम्मत रुपमा गरेको छ । अनलाइनमा भएको संघको उक्त ६० औं बैठकमा ७५ जना भन्दा बढीको सहभागिता थियो । संघले आफ्नो अभियानमा बढी भन्दा बढीलाई समेट्दै सक्रिय सहभागिताको अवसर प्रदान गर्ने सोचका साथ यस पटक ५१ सदस्यीय अनररी परिषद समिति गठन गर्ने नयाँ निर्णय गरेको हो ।

अध्यक्ष भट्टद्वारा उद्योग वाणिज्य महासंघलाई धन्यवाद ज्ञापन

, Source: NRNA

सन् २०१७ नोभेम्वर २४ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाबीच भेटघाट कार्यक्रम सम्पन्न भएको छ। नेपाल उद्योग वाणिज्य महासंघमा भएको भेटघाटको मुख्य उद्देश्य संघको सचिवालय नागपोखरीमा सर्न लागकेकोमा नेपाल उद्योग वाणिज्य महासंघलाई औपचारिका जानकारी गराउनु रहेको थियो। उक्त कार्यक्रममा अध्यक्ष भवन भट्टले महासंघ अध्यक्ष राणालाई हार्दिक धन्यवादको पत्रसहित टोकन अफ एप्रिसियसन प्रदान गर्नुभयो।

हार्दिक श्रध्दाञ्जली

, Source: NRNA

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड" का पुत्र प्रकाश दाहालको अल्पायुमा आज विहान असामयिक निधन भएको दुखद खबरले स्तब्ध बनाएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद यस दुखद घटनाप्रति गहिरो शोक प्रकट गर्दै हार्दिक श्रध्दाञ्जली अर्पण गर्दछ ।

गैरआवासीय नेपाली संघ अन्तरार्ष्ट्रिय समन्वय परिषदको प्रेस विज्ञप्ति

, Source: NRNA

गैरआवासीय नेपाली संघको नयां कार्य समितिले विगतका कार्यकालमा भएका कार्यहरुको समीक्षा, संस्थागत लगायत अन्य सरोकारका विषयमा विस्तृत छलफल गर्दै आगामी २ वर्ष गर्नु पर्ने कार्यहरुको योजना तर्जुमा गर्न तीन दिने बैठकको आयोजना गरेको थियो । संघका अध्यक्ष भवन भट्टको सभापतित्वमा नोभेम्बर १५ देखि १७ सम्म भएको बैठकमा वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु संस्थापक अध्यक्ष डा उपेन्द्र महतो पूर्व अध्यक्ष जीवा लामिछाने पूर्व उपाध्यक्ष रामेश्वर साह पूर्व प्रवक्ता डा हेमराज शर्मा लगायतको उपस्थिति थियो ।

हार्दिक समवेदना !

, Source: NRNA

गरैआवासीय नेपाली सघं राष्ट्रिय समन्वय पररषद् कम्बोडियाका अध्यक्ष (०१३-१७) उमा गुरुङ्ग परेराको असामययक यनधन भएको खबर प्रयि गरैआवासीय नेपाली सघं गहिरो शोक प्रकट गर्दछ