2017-07-22 - 2017-07-23
१० औं गैरआवासीय नेपाली संघ यूरोपियन क्षेत्रीय बैठक तथा ८ औं यूरोपियन क्षेत्रीय महिला सम्मेलन २०१७ को प्रेस विज्ञप्ति
जर्मनीका लागि नेपाली राजदूत रमेश प्रसाद खनाल, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. शेष घले, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, प्रमुख संरक्षक जीवा लामिछाने, नेपालबाट आउनु भएका परराष्ट्र मन्त्रालयका सहसचिव तीर्थराज वाग्ले, परराष्ट्र मन्त्रालयमा एनआरएन डेस्क हेर्नुहुने उपसचिव डा. डमरुबल्लभ पौडेल तथा अर्थ मन्त्रालयका अधिकृत भीमकान्त न्यौपाने, गैरआवासीय नेपाली संघका संस्थापक सदस्य रामप्रताप थापा, संरक्षक दिल गुरुङ्ग लगायतका संघका पदाधिकारी एवं २७ देशबाट प्रतितिधित्व गर्नु हुने करिब साढे चारसय गैरआवासीय नेपाली प्रतिनिधिहरुको उपस्थितिमा यस दशौं क्षेत्रीय बैठकमा उठेका समग्र विषहरुलाई समेट्दै निम्न निर्णयहरु भएको जानकारी गराउँदै यो विज्ञप्ति प्रकाशित गरिएको छ ।
९) गैरआवासीय नेपाली संघ महिला फोरमले परोपकारी क्षेत्रमा उल्लेख्य कार्य गरेकोमा सिंगो महिला फोरमलाई धन्यवाद ज्ञापन गर्दै सिंगो गैरआवासीय नेपाली अभियानमा महिलाहरुको सहभागिता बढाउने अभिप्रायले हरेक राष्ट्रिय परिषदमा यथासम्भव ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गराउन आग्रह गर्दै यस क्षेत्रका यूवा तथा महिलाहरुको उद्यमशिलता विकास तथा लगानी अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने पनि यो बैठक निर्णय गर्दछ । एक युरो परियोजनालाई सबै एनसिसीहरुमा विस्तार गरी सो अभियानमा पुरुष सदस्यहरुको सहभागिता बढाउन पनि यो बैठक अनुरोध गर्दछ ।
१०) प्रवासमा नेपाली बालबालिकाहरुका निम्ति नेपाली भाषा, लिपि, संस्कार, संस्कृति सिकाउन भिडियो कार्टुन, ट्याबलेट गेम तथा प्रवास सापेक्ष पाठ्यसामग्री निर्माण गर्न पहल गर्न अन्तर्राष्ट्रिय समन्वय परिषदलाई यो बैठक अनुरोध गर्दछ।
११) अन्तर्राष्ट्रिय मान्यता अनुसार कुनै पेशा, व्यवसाय वा अध्ययनको सिलसिलामा १८२ दिन भन्दा बढी सार्क मुलुक बाहिर बस्ने विद्यार्थी तथा वैदशिक रोजगारीमा जाने नेपालीहरुलाई पनि गैरआवासीय नेपालीको परिभाषाभित्र समेट्न अन्तर्राष्ट्रिय समन्वय परिषदलाई आवश्यक पहल गर्न यो बैठक अनुरोध गर्दछ।
१२) युरोप क्षेत्रको एघारौं बैठक लक्जेम्वर्गमा गर्ने निर्णय गर्दछ। स्पेनमा नेपाली दूतावास स्थापना गरिएकोमा नेपाल सरकारलाई धन्यवाद दिंदै पोर्चुगलमा नयाँ दूतावास खोल्न पहल गर्न पनि यो बैठक अनुरोध गर्दछ।
१३) साइप्रस निवासी ब्लड क्यान्सरबाट पीडित ५ वर्षीय छोरा सन्चल साहको उपचारकालागि झण्डै बीस हजार युरो सहयोग गर्ने यो बैठकका सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दछ।
१४) स्पेनमा बस्ने नेपालीहरुको समस्याको समाधानकालागि सम्पत्ती मूल्यांकन प्रमाणपत्रमा परराष्ट्र मन्त्रालयको छाप लगाउने व्यवस्थाकालागि पहल गर्न यो बैठक अन्तर्राष्ट्रिय समन्वय परिषदलाई अनुरोध गर्दछ।
१५) यो बैठक सफलतापूर्वक सम्पन्न गर्न सघाउनुहुने एनसीसी जर्मनी, प्रायोजकहरु, स्वयमसेवी, पत्रकार, कलाकार लगायत सबै पक्षलाई यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
मिति : ३० जुलाई २०१७
फ्र्याँकफर्ट, जर्मनी



