18 Jun 2026
गैरआवासीय नेपाली संघ (NRNA) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) बैठक मिति १३–१४ जुन २०२६ मा भर्चुअल माध्यमबाट सफलतापूर्वक सम्पन्न भएको छ। अध्यक्ष डा हेम राज शर्माको अध्यक्षतामा महासचिव डा. चिरञ्जीवी खड्काले सञ्चालन गर्नुभएको उक्त बैठकको पहिलो दिन पछिल्ला तीन महिनामा भएका संस्थागत, आर्थिक र विभागीय प्रगति विवरणहरूको प्रस्तुति तथा समीक्षा गरिएको थियो, साथै पहिलो पटक ICC बैठकको फेसबुकमार्फत प्रत्यक्ष प्रसारण (लाइभ) समेत गरिएको थियो।
बैठकको तयारी अन्तर्गत, दुई हप्ता अगाडि बैठकका एजेन्डा तथा सम्भावित प्रस्तावहरू सचिवालयको तर्फबाट तयार गरी प्रस्तुत गरिएको थियो। ती प्रस्तावहरूलाई प्रारम्भिक चरणमा चार क्षेत्रीय बैठकहरू (युरोप, अमेरिकाज, मध्यपूर्व र एशिया–प्यासिफिक) मा छलफल गरिएको थियो। त्यसपछि ICC का उपाध्यक्षहरू (VPs), संगठन (Organization) तथा सचिवालय (Secretariat) टोलीबीच संयुक्त बैठक सम्पन्न गरी विभिन्न सुझाव तथा प्रतिक्रियाहरू समेट्दै विस्तृत समीक्षा गरिएको थियो। अन्त्यमा Organizing Body (OB) बैठक बसेर सबै क्षेत्रीय तथा आन्तरिक छलफलबाट प्राप्त निष्कर्षहरूलाई समेट्दै ICC का सम्पूर्ण एजेन्डा तथा प्रस्तावहरूलाई औपचारिक रूपमा ICC बैठकमा प्रस्तुत गर्ने गरी अन्तिम रूपमा पारित गरिएको थियो। दोस्रो दिन विभिन्न विषयहरूमा विस्तृत छलफल पश्चात निम्न निर्णयहरू गरिएको छः
१. क्षेत्रीय तथा विश्व सम्मेलनहरू
• १७औँ युरोप क्षेत्रीय बैठक (संकल्प): आगामी १०-११ अगस्टमा डब्लिन, आयरल्यान्डमा United by Identity, Driven by Investment, Committed to Prosperity भन्ने मुख्य विषयमा केन्द्रित रही आयोजना हुने युरोपेली क्षेत्रीय सम्मेलनलाई बैठकले सर्वसम्मतिले अनुमोदन गर्यो ।
• ११औँ एसिया–प्रशान्त क्षेत्रीय बैठक (आरोहण) : १५-१६ अगस्टमा ग्वाङ्झाउ, चीनमा “Rising Together, Leading Forward” भन्ने मुख्य विषयमा केन्द्रित रही आयोजना हुने एसिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई बैठकले सर्वसम्मतिले अनुमोदन गर्यो ।
• मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी नोभेम्बर २०२६ मा, ओसियाना क्षेत्रीय सम्मेलन (Oceania Regional Conference) आगामी डिसेम्बर २०२६ न्युजिल्यान्डमा तथा अमेरिका क्षेत्रीय सम्मेलन (Americas Regional Conference) आगामी मार्च–अप्रिल २०२७ मा क्यानडामा गर्ने प्रारम्भिक योजना स्वीकृत गरिएको छ।
• चौथो एनआरएन विश्व ज्ञान सम्मेलन, पहिलो एनआरएन विश्व महिला सम्मेलन तथा दोस्रो पुस्ता युवा सम्मेलन सन् २०२७ को जनवरीभित्र आयोजना गर्ने जानकारी गराइएको छ।
२. विभागीय कार्यविधि तथा समितिहरू
• विभिन्न विभागहरूद्वारा प्रस्तावित कार्य सन्दर्भ (TOR) तथा समितिहरूको गठन तथा सदस्यता स्वीकृत गरिएको छ।
३. आर्थिक व्यवस्थापन तथा सुशासन
• बैठकले मार्च १४-१६, २०२६ मा काठमाडौंमा सम्पन्न १२औं एनआरएन विश्व सम्मेलन र एनआरएनए आईजीए कार्यक्रमको आय-व्यय विवरणलाई अनुमोदन गर्ने निर्णय गरेको छ।
• आर्थिक वर्ष २०८३/८४ का लागि कुल नेपाली रुपैयाँ ५,३७,६३,६६८ (NPR 53,763,668) बराबरको एनआरएनए सचिवालय बजेट योजनालाई अनुमोदन गरेको छ।
• आईसीसी पदाधिकारी र सदस्यहरूको लेभी तथा मनोनयन शुल्क बुझाउन दुई हप्ताको अतिरिक्त समय प्रदान गर्ने निर्णय गरिएको छ। थपिएको समयमा शुल्क नबुझाउनेलाई एनआरएनएको आधिकारिक वेबसाइटबाट हटाउने निर्णय गरिएको छ।
४. सचिवालय मामिला सम्बन्धमा
५. संगठनात्मक निर्णय तथा राष्ट्रिय समन्वय परिषद् एकीकरण
६. रिक्त आईईएस (IES), पदाधिकारी (OB), आइसीसी सदस्य, सल्लाहकार र मानार्थ परिषद् पदहरूका लागि छनोट मापदण्ड निर्धारण
मनोनीत व्यक्तिहरूको हकमा निम्नानुसार पुष्टि भएपछि मात्र मनोनयन वैध हुनेछ:
७.रिक्त आईईएस (IES), पदाधिकारी (OB) मनोनयन
बैठकले सङ्गठनात्मक एकताको मर्म र वैधानिक व्यवस्था अनुरुप बाँकी रिक्त IES र पदाधिकारी पदहरूलाई अन्तिम रूप दिन विधानमा व्यवस्था भएअनुसार अध्यक्षलाई अधिकार प्रदान गरियो। अध्यक्षले महासचिव लगायत पदाधिकारीसँग परामर्श गरी एक हप्ताभित्र नामावलीको टुंगो लगाउने निर्णय गरियो l
८. ICC सदस्यहरूको मनोनयन
९. संरक्षक (Patrons) परिषद्का सदस्यहरूको नियुक्ति गर्ने निर्णय गरिएको छ l
१०. बैठकले सल्लाहकार समितिमा निम्नानुसार मनोनित गर्ने निर्णय गरिएको छ l
बाँकी सल्लाहकार, मानार्थ परिषद्का सदस्यहरु, विधान व्याख्या समितिका सदस्यहरु र अनुशासन समितिका सदस्यहरुको नाम टुंगाउने अधिकार अध्यक्ष र महासचिव दिने निर्णय गरियो l
१३. निर्वाचन प्रणालीका लागि प्राविधिक समिति
अध्यक्ष डा. हेमराज शर्मा र महासचिव डा. चिरञ्जीवी खड्का समेत रहनुभएको निर्वाचन प्रणालीलाई सुदृढ र प्रभावकारी बनाउन प्राविधिक तथा ‘टेक्निकल कमिटी’ गठन गर्ने निर्णय गरिएको छ l त्यसका लागि ७ जना विज्ञहरूको प्राविधिक समिति गठन गर्ने निर्णय गरिएको छ।
उक्त समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिने निर्णय गरिएको छ l
१४. एनआरएनए फाउन्डेसन
१४ . अन्तरसंस्थागत सहकार्य
• अन्तराष्ट्रिय फेडरेशन अफ रेडक्रस, चेम्बेर अफ कमर्स, ललितपुर उद्योग बाणिज्य संघ र we will rise foundation संग भएको सम्झौता स्वीकृत गर्ने र नेपाल ओलम्पिक कमिटी लगायतको सम्झौता पुनरावलोकन प्रक्रिया अघि बढउने निर्णय गरिएको छ।
सोमनाथ सापकोटा
प्रवक्ता
मिति: १८ जुन २०२६