Press Release

  • Home
  • Press Releases
  • हार्दिक आभार

हार्दिक आभार


गण्डकी प्रदेशमा गत १४ देखी २० अक्टोवर २०२२ सम्म आयोजना भई सम्पन्न भएको ९औं राष्ट्रिय खेलकुद प्रतियोगितामा संघको विभागीय टोलीले १० स्वर्ण ९ रजत र ७ कास्य गरी २६ पदक हासिल गरेकोमा गैरआवासीय नेपाली संघ सम्पूर्ण विजेता खेलाडी, प्रशिक्षक, म्यानेजर लगायत सम्पूर्ण सरोकारवालाहरुलाई बधाई तथा शुभाकामनाका साथ हार्दिक आभार प्रकट गर्दछ ।

 

पौडि विधामा सहभागी खेलाडी एस्ली सापकोटा डंगोलले ६ स्वर्ण, २ रजत र आशिष सापकोटा डंगोलले ३ स्वर्ण, ४ रजत र १ कास्य गरि कूल १६ पदक हासिल गरेका छन् ।

 

यसैगरी बक्सिङ विधाको ५७ केजी तौल समूहमा शिबु थापाले १ सुवर्ण, चन्द्र बहादुर तामांगले बक्सिङको ७१ केजी तौल समूहमा १ रजत, सनिल शाहीले ६७ केजी तौल समूहमा १ कास्य, लनटेनिस सिंगल विधामा आरभ सम्राट हाडाले १ रजत, महिला तेक्वाण्डो विधाको ७३ केजी तौल समूहमा सुमित्रा खत्रीले १ रजत, जुडो विधाको ६० केजी तौल समूहमा विकास विकले १ कास्य, फूल कन्ट्याक्ट कराँते विधाको ६५ केजी तौल समूहमा दिशान तामांगले १ कास्य, टेबुल टेनिस विधाको मिक्स डबलमा सुनिता लामा र दिप्शनले कास्य पदक, टेबुलटेनिस विधाको टिम इभेण्टमा क्रमशः महेश श्रेष्ठ, दिपशन, गणेश तामांग र प्रतिक थापाले कास्य पदक, ब्याडमिण्टन विधाको पुरुष तर्फको टिम इमेण्टमा दिवस विश्वकर्मा, साहिल चन्द, सुमन उदय, तुला राम धामी, एशिया जबेबु र विक बुढाले कास्य पदक हासिल गरेका छन् ।

 

सम्पन्न भएको राष्ट्रिय खेलकुद प्रतियोगिताको १४ विधामा खेलाडी तथा अफिसियल गरी १३० भन्दा बढीको  सहभागीता रहेको थियो । खेलुकुदको माध्यमबाट विदेशमा रहेका युवा तथा दोश्रो पुस्ताको नेपाल प्रति लगाव भएको र भविष्यमा पनि खेलकुद माध्यमबाट उनीहरु नेपाल संग जोडिरहने विश्वास संघले लिएको छ ।

 

खेलाडीहरुको उत्तरोत्तर प्रगति तथा समृद्धीको कामना साथ,

                                                  

हिमाल गुरुङ                     रोशन थापा                      राज रेग्मी

युवा उपाध्यक्ष                    युवा उपाध्यक्ष                    युवा उपाध्यक्ष

 

२३ अक्टोवर २०२२