Latest News

news-img
NRNA Admin • 19 Dec 2025

एनआरएनएद्वारा प्रहरीबृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्गस्थित प्रहरीबृत्तलाई १० थान ब्यारिकेड हस्तान्तरण गरेको छ ।संघका अध्यक्ष डा. बद्री केसीले शुक्रबार दरबारमार्गमा आयोजित एक कार्यक्रममा बृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीलाई हस्तान्तरण गर्नुभएको हो । गत भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा उक्त प्रहरी बृत्तमा पनि क्षति पुगेको थियो । कार्यक्रममा अध्यक्ष डा केसीले आन्दोलनका क्रममा भएको क्षतिलाई पूर्ण रुपमा पूर्ति गर्न नसके पनि केही हदसम्म सहयोग होस् भन्ने हेतुले ब्यारिकेड प्रदान गरिएको उल्लेख गर्नुभयो । उहाँले यसअघि पनि महानगरीय प्रहरी बृत्त रानीपोखरीमा फर्निचर सहयोग गर्नुका साथै उपत्यका ट्राफिक प्रहरी कन्ट्रोलरुम रामशाह पथमा अत्याधुनिक उपकरणहरु सहयोग गरेको स्मरण गराउँदै एनआरएनएले सामाजिक कार्यमा जहिले पनि नेपाल प्रहरीसँग सहकार्य गर्दै आएको बताउनुभयो । कार्यक्रममा प्रहरी बृत्त प्रमुख डीएसपी डाँगीले शान्ति स–ुव्यवस्था कायम गर्नका लागि एनआरएनएको सहयोग महत्वपूर्ण हुने भन्दै आभार व्यक्त गर्नुभयो । एनआरएनएले बृत्तलाई ३ लाख मूल्य बराबरको १० थान ब्यारिकेड हस्तान्तरण गरेको हो । कार्यक्रममा एनआरएनए महिला संयोजक रश्मि थापा, पूर्व युवा उपाध्यक्ष अब्दुल बसिद्, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत वरिष्ठ अधिकृत कुनाल मिश्र र सहायक अधिकृत निरन महर्जनको उपस्थिति रहेको थियो ।

news-img
NRNA • 16 Dec 2025

गैरआवासीय नेपाली नागरिकका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक : मन्त्री इङ्नाम

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षद्वय डा. बद्री केसी तथा महेश श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामसँग भेटवार्ता गरेको छ। भेटका क्रममा प्रतिनिधिमण्डलले नेपालको संविधानले प्रत्याभूत गरेको आर्थिक अधिकार अन्तर्गतको सम्पत्ति तथा भूमि सम्बन्धी अधिकारलगायत गैरआवासीय नेपाली नागरिकका संवैधानिक र कानूनी अधिकारको तत्काल कार्यान्वयनको विषयमा मन्त्री इङ्नामको ध्यानाकर्षण गराएको थियो। एनआरएनए अध्यक्षद्वयले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिलाई कानूनद्वारा प्रदत्त आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार पूर्णरूपमा कार्यान्वयन गर्न नेपाल सरकारबाट आवश्यक निर्णय तथा परिपत्र जारी गर्न पहल गरिदिन अनुरोध गर्नुभयो। प्रतिनिधिमण्डलले बुझाएको ध्यानाकर्षण पत्रमा नेपालको संविधान र नेपाल नागरिकता ऐन, २०६३ लगायतका प्रचलित कानूनहरूले नेपाली नागरिकतालाई वंशज, अंगीकृत, सम्मानार्थ तथा गैरआवासीय नेपाली नागरिकता गरी विभिन्न प्रकारमा विभाजन गरेको उल्लेख गरिएको छ। सोही व्यवस्था अन्तर्गत गैरआवासीय नेपाली नागरिकता पनि कानूनी रूपमा मान्यता प्राप्त नागरिकताका प्रकारमध्ये एक भएकाले, नेपाली नागरिक सरह गैरआवासीय नेपाली नागरिकलाई समेत आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रत्याभूति गरिनुपर्ने माग गरिएको छ। ध्यानाकर्षण पत्रमार्फत संविधान र नागरिकता ऐनको मर्मअनुसार गैरआवासीय नेपाली नागरिकका अधिकार कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालय तथा निकायहरूलाई नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय गराई आवश्यक परिपत्र जारी गर्न सविनय अनुरोध गरिएको छ। भेटमा मन्त्री इङ्नामले गैरआवासीय नेपाली नागरिकका अधिकार कार्यान्वयनको विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै यस सम्बन्धमा आवश्यक कानून निर्माणको प्रक्रिया अघि बढिरहेको जानकारी गराउनुभयो। उहाँले भन्नुभयो “यस विषयमा कानून बनिरहेको छ, त्यसैअनुसार गैरआवासीय नेपाली नागरिकका अधिकार कार्यान्वयन हुँदै जानेछ।" भेटवार्तामा एनआरएनएका उपाध्यक्ष बुद्धि सुवेदी, उपमहासचिव सोम सापकोटा, राष्ट्रिय समन्वय परिषद् साउथ सुडानका अध्यक्ष रामप्रसाद पाध्याय, राष्ट्रिय समन्वय परिषद् युएईका पूर्व महासचिव भुवन वाग्ले, तथा कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको उपस्थिति रहेको थियो।

news-img
NRNA Admin • 15 Dec 2025

गैरआवासीय नेपाली संघका प्रतिनिधिमण्डल र प्रधानसेनापतिबीच शिष्टाचार भेटघाट

गैरआवासीय गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधिमण्डल र नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलबीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ। उक्त भेटघाटमा गैरआवासीय नेपाली संघका तर्फबाट अध्यक्षद्वय डा. बद्री के.सी. तथा महेश कुमार श्रेष्ठ र सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको उपस्थिति रहेको थियो। भेटका क्रममा गैरआवासीय नेपाली संघ र नेपाली सेनाबीच विगतमा महाभूकम्प, विभिन्न प्राकृतिक विपद् तथा कोभिड–१९ महामारीका समयमा गरिएको सहकार्यका विषयमा चर्चा भएको थियो। सो अवसरमा प्रधानसेनापति सिग्देलले गैरआवासीय नेपाली संघले नेपालको आर्थिक समृद्धि तथा राष्ट्रिय हितका लागि पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनहरूमा पनि संघ र नेपाली सेनाबीच सहकार्य थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो।

news-img
NRNA Admin • 11 Dec 2025

एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक छ : अर्थमन्त्री खनाल

गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय प्रतिनिधि मण्डलले अर्थमन्त्री रामेश्वर प्रसाद खनालसँग भेटवार्ता सम्पन्न गरेको छ। भेटमा एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका क्रममा देखिएका विभिन्न चुनौतीबारे विस्तृत कुराकानी गरिएको थियो। प्रतिनिधि मण्डलले फण्ड सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्था, अनुमति तथा विद्यमान नियमावलीका परिमार्जनबारे आफ्नो धारणा पेस गरेको थियो। मन्त्री खनालले प्रतिनिधि मण्डलले उठाएका सबै विषयहरू ध्यानपूर्वक सुन्नुहुँदै समाधानतर्फ सकारात्मक तथा व्यवहारिक कदम चालिने आश्वासन दिनुभयो। बैठकमा मन्त्री खनालले धितोपत्र बोर्डमा रहेका सम्बन्धित नियमावलीहरू छिटो परिमार्जन गरी फण्ड सञ्चालनमा रहेका अवरोध हटाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस अवसरमा एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठले विश्वभर रहेका नेपालीहरू नेपालमा लगानी गर्न अत्यन्त उत्सुक रहेको बताउँदै आईपीओमा ८५ प्रतिशत सहभागिता सुनिश्चित गर्न अनुरोध गर्नुभयो । उहाले आगामी दिनमा प्रवासी समुदायले नेपाल डेभलपमेन्ट फण्डमार्फत देशको आर्थिक र विकास योजनामा अझ प्रभावकारी रूपमा सहयोग गर्ने बताउँदै सरकारले गर्ने विकास प्रयासहरूमा साथ दिने प्रतिबद्धता जनाउनुभयो । संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले फण्ड संचालनका लागि आवश्यक नियमावली तत्काल परिमार्जन गर्न आग्रह गर्नुभयो । पूर्व अध्यक्ष कुमार पन्तले लम्बिँदै आएको प्रक्रिया सहज बनाउन नीतिगत “ब्रेकथ्रु” गर्न सरकारसँग माग गर्नुभयो । बैठकमा अध्यक्ष महेश श्रेष्ठ, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष कुमार पन्त, राष्ट्रिय समन्वय परिषद् इराकका अध्यक्ष बिनोद श्रेष्ठ, राष्ट्रिय समन्वय परिषद् क्यानाडाका धुर्व भट्टराई, एनआरएन नेपाल डेभलप्मेन्ट फण्डका अनलराज भट्टराई, संघका कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत लगायत र वरिष्ठ संचार तथा बैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरेको उपस्थिति थियो। नेपाल सरकारको समन्वय तथा सहकार्य र गैरआवासीय नेपाली संघको अग्रसरतामा नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको हो । एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड लिमिटेडमा नेपाल सरकारको ५ प्रतिशत र गैरआवासीय नेपालीको ९५ प्रतिशत लगानी हुनेछ ।

All News

news-img
NRNA Admin • 06 Aug 2016

NRN Day 2016

गैरआवासीय नेपाली संघका अध्यक्ष र सम्माननीय प्रधान मन्त्री बीच भेटघाट कार्यक्रम ५ अक्टोबर २०१६ का दिन संघका अध्यक्षले सम्माननीय प्रधान मन्त्री श्री पुष्प कमल दाहाललाई भेट गरी संघले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सहरी बिकास मन्त्रालय तथा गैरआवासीय नेपाली संघको त्रिपक्षिय सम्झौता अनुसार निर्माण गर्न लागिएको लाप्राक नमूना बस्तीको बारेमा जानकारी गराउँदै १३ औं गैरआवासीय नेपाली दिवसको उपलक्ष्यमा नमूना बस्तीको गुरुयोजनाको अनावरण गर्नुका साथै शिलान्यास गर्न अनुरोध गर्नु भयो । प्रधान मन्त्रीले यस कार्यको लागि संघलाई धन्यवाद दिंदै सो कार्याक्रम सहभागी हुने प्रतिवद्धता व्यक्त गर्नु भयो । सो भेटघाटमा मुख्य सचिव सोमलाल सुवेधिको समेत सहभागिता रहेको थियो । प्रधान मन्त्रीबाट लाप्राक नमूना बस्तीको गुरुयोजनाको अनावरण तथा शिलान्यास गैरआवासीय नेपाली दिवसको उपलक्ष्यमा ७ अक्टोवर २०१६ का दिन गैरआवासीय नेपाली संघले निर्माण गर्न लागेको गोर्खाको लाप्राकस्थित एकीकृत नमुना वस्तीको गुरुयोजनाको आवरण गर्नुको साथै शिलान्यास प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नु भयो । शुक्रबार बिहान लाप्राक पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले ४३५ घरसहितको नमुना वस्तीको शिलान्यास गर्नुभएको हो । सो अबसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र प्रधानमन्त्री प्रचण्डले एनआरएनले बनाएको गुरुयोजनाको संयुक्तरुपमा अनावरण गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो– ‘यो एकीकृत वस्ती मात्र हैन, नमुना वस्ती पनि हो, यसले देशलाई नै नयां सन्देश दिन सक्छ, अरु सयौं नमुना वस्तीहरु वन्न सक्छन ।’ गैरआवासीय नेपालीहरुको राष्ट्रभक्ति देखेर आफु निकै प्रभावित भएको भन्दै उहांले भन्नुभयो–‘ यो निकै चुनौतीपूर्ण काम हो, सजिलो छैन, तर, शेष घलेजीको परिचय त्यसै बनेको हैन, उहांहरुले आँटेपछि काम पुरा गर्नुहुन्छ भन्ने मलाई बिश्वास छ ।’ भूकम्पबाट घरबिहीन हुन पुगेका एक हजार परिवारलाई घर निर्माण गरिदिने गैरआवासीय नेपाली संघको घोषणा अन्र्तगत गोर्खाको लाप्राकमा एकीकृत नमुना वस्ती बनाउन लागिएको हो । यो वस्तीमा भएका सबै घरहरुको निर्माणका लागि सवै खर्च गैरआवासीय नेपाली संघले गर्ने छ । कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले वस्ती निर्माणको शिलन्याससंगै गैरआवासीय नेपाली र लाप्राकबासीको सपना पुरा हुन लागेको बताउनुभयो । ‘हामीले एक बर्ष पहिले नै वस्ती निर्माणको सुरुवात गर्न चाहान्थ्यौं, हामीले त्यसका लागि चाहिने सवै पैसा संकलन पनि गरिसकेका थियौं’ अध्यक्ष घलेले भन्नुभयो–‘प्राधिकरण बन्न ढिलाई हुनु र समयमै स्वीकृति पाउन नसक्नुका कारण पनि हामीले चाहेजस्तो छिटो गर्न सकेनौं, ढिलै भए पनि अब नमुना वस्ती विकाशको सपना पुरा हुने भएको छ ।’ लाप्राकमा ६ सय घर बनाउने योजना रहेकोमा हाल सरकारले उपलब्ध गराएको जग्गामा ४ सय ३५ घर मात्र अटने भएका छन् । बांकी घरहरुका लागि नयां ठाउंमा जग्गा खोज्नुपर्ने भएकाले सो जग्गा पनि उपलब्ध गराइदिन अध्यक्ष घलेले प्रधानमन्त्रीसंग अनुरोध गर्नुभयो । सम्बोधनका क्रममा प्रधानमन्त्रीले बांकी जग्गा पनि सरकारले नै उपलब्ध गराउने र गैरआवासीय नेपाली संघले ६ सय घर नै बनाउन पाउने आश्वासन दिनुभयो । लाप्राक एकीकृत वस्तीमा बिद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन, स्थानीय भेषभुषा र संस्कृति झल्कने संग्रहालय लगायतका संरचना बन्नेछन् । वस्तीमा होम स्टे र सामुदायिका गेष्टहाउस बनाइ गाउंलेलाई आम्दानीको स्रोतसमेत ब्यबस्था गरिदिने संघको योजना रहेको छ । कार्यक्रममा गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछाने, उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्त, महासचिव डा. बद्री के.सी, सचिव अर्जुन कुमार श्रेष्ठ लगायत बिभिन्न देशबाट आएका पदाधिकारीज्यूहरु, आइसिसि सदस्यज्यूहरु, एनसिसिका प्रतिनिधिहरुका साथै गैरआवासीय नेपालीहरुको उपस्थीति रहेको थियो । १३ औं गैरआवासीय नेपाली दिवसको उपलक्ष्यमा आयोजना गरिएको रात्रि भोजमा अध्यक्षको सहभागीता यसै दिन बेलुका होटेल सोल्टीमा गरिएको कार्यक्रममा लाप्राक नमुना वस्तिको शिलान्यास बारे विस्तृत रुपमा जानकारी गराईको थियो । यसका साथै यस कार्यकालमा संघले गरेका मुख्य गतिविधिहरु बारे भिडियो प्रदर्शनी गरिएको थियो । यस कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले संघले गरेका गतिविधिहरुको प्रशंसा गर्दै नेपाल सरकारले सदैव संघका महत्वपूर्ण कार्यहरुमा सहयोग गर्दै आएको र भविष्यमा पनि यसको निरन्तरता भईरहने बताउनु भयो । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले संघले आफ्नो कार्यकालमा गरेका प्रमुख गतिविधिहरु र लाप्राक नमूना वस्ति बारे प्रकाश पार्नु भएको थियो । साथै यस दिवसको उपलक्ष्यमा स्वदेश र विदेशमा रहनु भएका नेपालीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्नु भयो । यसै गरी संघका प्रमुख संरक्षक लगायत पदाधिकारीहरुले गैरआवासीय नेपाली दिवस र संघका गतिविधिहरुबारेमा आआफ्ना मन्तव्यहरु राख्नु भएको थियो । यस्तै नेपाली उद्योग वाणिज्य महासंघका अध्यक्ष, नेपाल उद्योग परिसंघका अध्यक्ष, राष्ट्रिय पुनर्निमाण प्राधिकरण र कर्मचारी संचय कोषका प्रमुखज्यूहरुले दिवसको बारेमा मन्तव्यहरु दिनु भएको थियो । यस कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष शेष गर्नु भएको थियो भने संचालन महासचिव डा. बद्री के.सीले गर्नु भएको थियो । गैरआवासीय नेपाली संघका अध्यक्ष र माननीय परराष्ट्र मन्त्री बीच भेटघाट कार्यक्रम ४ अक्टोवर २०१६ का दिन संघका अध्यक्ष शेष घले तथा उपाध्यक्ष कुमार पन्त तथा मध्यपूर्वका क्षेत्रिय संयोजक डि.बि. क्षेत्रिले माननीय परराष्ट्र मन्त्रीसंग भेट गर्नु भयो । मुख्यतया गैरआवासीय नेपाली दिवसमा आयोजना गरिने कार्यक्रमका बारे जानकारी गराउनुका साथै मध्यपूर्वमा संस्था दर्ता तथा संविधानले प्रावधान गरेको गैरआवासीय नेपाली नागरिक्ताका बिषयहरुमा छलफल भएको थियो । गैरआवासीय नेपाली संघका अध्यक्ष र माननीय शिक्षा मन्त्री बीच भेटघाट कार्यक्रम यसै गरी अध्यक्ष तथा उपाध्यक्ष कुमार पन्त तथा खुला विश्वविद्यालय कार्यदलका संयोजक डा. प्रमोदहाले माननीय शिक्षा मन्त्री, श्री धनीराम पौडेल, लाई भेट गरी ऐन पास भई सकेको अवस्थनमा अबका दिनहरुमा कसरी सहकार्य र समन्वय गरी अगाडि बढ्ने बिषयमा छलफल भएको थियो । संघका अध्यक्ष घलेले संघको लागि यो आधा उपलब्धी मात्र भएको र गैरआवासीय नेपालीहरुको खुला विश्वविद्यालयको नीति निर्माण र संचालनमा सकृयता र सहभागीता बढाउन विश्वविद्यालय सभामा गैरआवासीय नेपालीहरुको प्रतिनिधित्व बृद्धि गर्न पर्ने सुझाव दिनु भयो । माननीय मन्त्रीले खुला विश्वविद्यालयको हकमा गैरआवासीय नेपाली तथा सरकारका प्रतिनिधिहरुलाई समान रुपमा हेरिएको र पाठ्यक्रम बिकासमा गैरआवासीय नेपालीहरुको अहभ भूमिका रहने वताउनु भयो । गैरआवासीय नेपाली संघका अध्यक्ष र राष्ट्रिय पूनर्निर्माण प्रधाधिकारणका कार्यकारी अधिकृत संघका अध्यक्ष तथा उपाध्यक्ष कुमार पन्तले राष्ट्रिय पूनर्निर्माण प्रधाधिकारणका कार्यकारी अधिकृत शुशिल ज्ञवालीलाई भेट गरी संघले लाप्राकमा निर्माण गर्ने नमूना बस्तीको गुरुयोजनाको तयारीे अन्तिम अवस्थामा पुगेको तथा १३ औं गैरआवासीय नेपाली दिवसको उपलक्ष्यमा त्यसको अनावरण तथा शिलान्यास गर्ने कार्यक्रम समेत रहेको जानकारी गराउनु भयो । सो अवसरमा प्राधिकारणका कार्यकारी अधिकृतले गुप्सीपाखामा नमूना एकिकृत बस्ती निर्माणको लागि जिल्लाबाट सिफारिस भएर आएको तथा प्राधिकरणको बोर्डले समेत स्विकृत प्रदान गरेको तथा अपुग जग्गाको लागि जिल्लामा पत्रचार गरिसकेका जानकारी दिनु भयो ।े गैरआवासीय नेपाली संघ तथा नेपाली सेना बीच अन्तक्र्रिया कार्यक्रम उक्त अन्तक्र्रिया कार्यक्रममा नेपाली सेनाको तर्फबाट सेनाको विपद् व्यवस्थापनमा भएको क्षमता, आवश्यक्ता र तयारी बारे जानकारी गराईएको थियो र यसमा गैरआवासीय नेपाली संघको तर्फबाट के कस्ता सहकार्य र सहयोग गर्न सकिन्छ भने बिचार बिर्मश भएको थियो । यसैगरी संघका तर्फबाट महासचिव डा. बद्रि केसीले संघका संरचना तथा गतिबिधि बारे अवगत गराउनु भएको थियो । उहाँले नेपाली सेनाले विपद्को अवस्थामा राष्ट्रलाई पुराउँदै आएको सहयोगको प्रशंसा गर्दै गैरआवासीय नेपाली संघ सेनासंग सहकार्य गरी राष्ट्रमा आईपर्ने विपद्को समय हातेमालो गर्न तयार रहेको औंलाउनु भयो । सो अवसरमा संघका अध्यक्ष शेष घलेले राष्ट्रलाई आईपर्ने हरेक जोखिमको लागि तयारी अवस्थामा रहन पर्ने र बिपद् व्यवस्थापनलाई न्यूनिकरण गर्न र विपद्को समय उद्दार गर्न नेपाली सेनासंग सहकार्य गर्न संघ आÏनो क्षमता अनुसार तयार रहेको जानकारी गराउँदै भुकम्प पछिको पुनर्निर्माणमा संघ र सेना बीच के कस्ता सहकार्य र सहयोग हुन सक्छ त्यस प्रति सजक रहन आवहान गर्नु भयो । & अध्यक्ष घलेले संघ आफैं बिकासको क्रममा रहेको र सिमित स्रोत साधनका वावजुत सेनालाई कसरी विपद् व्यवस्थापनमा दक्ष र सक्षम बनाउन सकिन्छ त्यसको लागि सक्दो सहयोग र समन्वय गर्न संघको संजाल परिचालन गर्ने जानकारी समेत गराउनु भयो । सेनाले विपद्को व्यवस्थापनमा संघलाई पुराएको सहयोगको लागि आभार प्रकट गर्दै विपद् व्यवस्थापनलाई सरलिकरण गर्ने परिपाटीको बिकासमा सहकार्य गर्न संघ तयार रहेको समेत वताउनु भयो । उहाँले संघ र सेना बीच विपद् व्यवस्थापनमा एकअर्कालाई सहयोग गर्दै सहकार्य गर्ने यस पवित्र चहानाको मर्म अनुकरणिय र उदाहरणिय भएको समेत औंलाउनु भयो । अन्त्यमा सेनाका व्यवस्था तथा युद्धकार्य महानिर्देशकले सेना गैरआवासीय नेपली संघ मार्फत गैरआवासीय नेपालीहरुसंग समन्वय गरी विपद् न्यूनिकरण र व्यवस्थापनमा सहकार्य गर्न तत्पर रहेको र यस कार्यशाला गोष्टीमा सहभागी भएकोमा धन्यवाद दिनु । अन्तराष्ट्रिय नेपाली विश्व युवा गोष्ठिमा संघका अध्यक्षको सहभागीता: अक्टोवर १ देखी २ सम्म विश्व युवा दिवस नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा भक्तपुरको बोडेमासम्पन्न भयो । यस सम्मेलनका प्रमुख अतिथि मा. उपप्रधान तथा अर्थ मन्त्री कृष्ण बहादुर महराले पानसमा बक्ति बाली उद्घाटन गर्नुका साथै सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्नु भयो । यस शत्रका सभापति माननीय युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईले युवा सम्मेलन बारे जानकारी दिनु भयो । त्यस्तै युवा तथा खेलुद सचिव महेश प्रसाद दाहालले स्वागत मन्तव्य गर्नु भयो । यसरी नै राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवाहरुको गतिविधिहरु बारे बताउनु भयो । त्यसरी नै संघका प्रमुख संरक्षक जीवा लामिछानेले विदेशमा रहेका युवाहरुको उद्यमशिलता बारे जानकारी गराउनु भएको थियो । यस सम्मेलनले देश र देश बाहिर रहेका युवाहरु एकै स्थलमा भेला गराई सम्मेलनका माध्यमबाट युवा विकासका लागि तत्कालिन र दिर्घकालीन रणनीति र कार्यदिशामा विशेष जोड दिएको थियो सम्मेलनमा गुणस्तरीय तथा व्ययवसायीक शिक्षा, रोजगारी र उद्यमशिलता, स्वास्थ्य र सामाजिक सुरक्षा, सहभागीता, परिचालन र नेतृत्व विकास र खेलकुद र मनोंरजन विषयहरुमा छलफल भई यसैमा आधारीत भएर घोषणा पत्र जारी गरिएको थियो । ४ अक्टोवरका दिन विश्व युवा दिवसमा आयोजना गरिएका कार्यक्रम बारे एक पत्रकार सम्मेलन गरी सम्मेलन बारे जानकारी गराउनुका साथै घोषणा पत्र जारी गरिएको थियो । यस कार्यक्रममा संघका अध्यक्ष शेष घले लगायत अन्य पदाधिकारीहरुको सहभागीता रहेको थियो । गैरआवासीय नेपाली संघको पर्यटन प्रबद्धन समितिले आयोजना गरेको कार्यक्रममा अध्यक्षको सहभागीता ६ अक्टोवरका दिन पर्यटन सचिव शंकर प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा नेपालको प्रवद्र्धनमा गैरआवासीय नेपालीहरुको सहभागीता भन्ने एक कार्यशाला गोष्ठीको आयोजना गरियो । सो अवसरमा रुसका लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि सपिला राजभण्डारी तथा डेनमार्क लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि सोम सापकोटाले पर्यटन प्रवद्धाका लागि त्यस क्षेत्रहरुमा भएका गतिविधि तथा आगामी दिनहरुमा गर्न सकिने कार्यक्रमबारे प्रस्तुतिकारण गर्नु भएको थियो । संघको नेपाल प्रबद्र्धन समितिका सभापति भवन भट्टले नेपालको पर्यटन प्रबद्र्धनको लागि सन् २०१७ सम्म १६ लाख पर्यटन भित्र्याउने अभियान सुरु गरेको जानकारी गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि पर्यटन सचिव अधिकारीले यस कार्यमा नेपाल सरकार सरकारसंग सहकार्य गर्न सदैव तत्पर रहेको बताउनु भयो । यसै गरी संघका अध्यक्ष लगायत अन्य पदाधिकारीहरुले नेपाल पर्यटन प्रबद्र्धन बारे आआफ्नो मन्तव्य राख्नु भएको थियो । & संघका अध्यक्षको परोपकारी कार्यमा सहभागीता: ३ अक्टोवर २०१६ का दिन संघ अध्यक्षद्वारा चितवन अवस्थित श्री लक्ष्मी उच्च मा.वि लाई कम्प्युटर हस्तान्तरण र सोही दिन सोही जिल्लाको रामेश्वर पुस्तकालयको समुद्घाटन गर्नु भयो । & ८ अक्टोवर २०१६ का दिन संघका अध्यक्ष लगायत पदाधिकारीहरु सम्मिलित भएको एक प्रतिनिधि मण्डलले झापा स्थित जलथल इपुस्तकालयको समुद्घाटन कार्यक्रम र कृषि सूचना केन्द्रका दाताहरुलाई प्रमाण पत्र वितरण गर्‍यो । गैरआवासीय नेपाली संघका महासचिवको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले स्वास्थ मन्त्रीसंग भेट २०७३ असोज १० का दिन गैरआवासीय नेपाली दिवसको अवसर पारेर गैरआवासीय नेपाली संघका महासचिव डा. बद्री के.सी संग गएको एक प्रतिनिधि मण्डलले माननीय स्वास्थ्य मन्त्री गगन कुमार थापा संग भेटघाट गरी तपसील अनुसार उल्लेख भएका विषयहरुमा छलफल भयो । सर्वप्रथम त उहांलाई महासचिव डा. के.सीले स्वास्थय मन्त्रीको पदभार सम्हाल्नु भएकोमा बधाईका साथै उहाँको कार्यकालको सफलतको लागि हार्दिक शुभकामना व्यक्त गर्नु भयो । - बिदेशमा बैदेशिक रोजगारकै दौरानमा दुर्घटनामा परी घाइते या अपांग हुनेहरू तथा सहजै कम खर्चमा उपचार हुननसक्ने गम्भीर प्रकृतिका रोगीहरूको पहिचान गरी निजलाई सम्बन्धित मुलुकका दूतावासहरूको सिफारिस तथा प्रमाणिकरणका आधारमा परिचय पत्र उपलब्ध गराउने र सो परिचय पत्रका आधारमा निजहरूको स्वदेश फिर्ती पश्चात नेपालका सरकारी अस्पतालहरूमा निशुल्क उपचार सुविधा प्रदान गर्नुपर्ने । - वैदेशिक रोजगारमा जाने महिलाहरु गर्भवती भई नेपाल फकर्नु पर्ने अवस्थामा सो का लगि हुने खर्चहरु स्वास्थ्य विमाबाट व्यवस्था गरिदिनु पर्ने । माथिका यी दुई विषय लगायत हालै नेपालको नयां संविधानमा प्रावधन गरिएको राजनैतिक अधिकार बाहेकको गैरआवासीय नेपालीहरुलाई प्रदान गरिएको अधिकार बारे, स्वास्थ्य परिक्षणमा तोकेको भन्दा बढी शुल्क र गैरआवासीय नेपालीहरुका छोराछोरीको लागि नेपालका मेडिकल कलेजहरुमा आरक्षणका बारेमा छलफल भएको थियो । यस भेटघाट कार्यक्रममा महसचिव डा. बद्री के.सी लगायत महिला संयोजक सपीला राजभण्डारी, युवा उपसंयोजक लोकराज शर्मा, मध्यपूर्वका क्षेत्रीय संयोजक डि.बि क्षेत्री, वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितिका संयोजक इ. धरम के.सी, सल्लाहकार डा. हेम राज शर्मा, आइसिसि सदस्य गोविन्द प्रसाद गौंतम, पूर्व आइसिसि सदस्य सुरेन्द्र श्रेष्ठ र गैरआवासीय नेपाली संघ सचिवालयका कार्यकारी निर्देशकको सहभागीता रहेको थियो । मध्यपूर्वका क्षेत्रीय संयोजक डि.बि क्षेत्री संग गएका प्रतिनिधिहरुले माननीय श्रम तथा रोजगार मन्त्रीसंग भेट २०७३ असोज ११ का दिन मध्यपूर्वका क्षेत्रीय संयोजक डि.बि क्षेत्री संग गएका प्रतिनिधिहरुले माननीय श्रम तथा रोजगार मन्त्री श्री सुर्य बहादुर गुरुङ र सचिव लक्ष्मण मैनाली संग वेग्ला वेग्लै भेट गर्‍यो । यस भेटघाट कार्यक्रममा मुख्यतया मध्यपूर्वमा विद्यमान रहेका समस्याहरुको समाधानको लागि सुझावहरु पढेर सुनाउनका साथ ध्यानाकर्षण पत्र हस्तान्तरण गरियो । यस ध्यानाकर्षणमा रहेका कतिपय विषयहरु सम्माननीय प्रधानमन्त्रीज्यूको सम्बोधनमा परिसकेका छन् । अब यसलाई कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिइएको थियो । यसको प्रति उत्तरमा सचिवज्यूले सबै मागहरु जायज भएको र कतिपय मागहरुबारे छलफल पनि भईरहेको जानकारी गराउनु भयो । यसमा समावेशमा भएका कतिपय सुझावहरु बोर्डमा राखेर छलफल गरिने र सो छलफलमा परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिहरुलाई पनि समावेश गरिने बताउनु भयो । प्रस्तुत गरिएका मागहरुमा बजेट निकै लाग्ने र यस बारे बैकल्पिक बाटोहरुको उपाय पनि खोज्ने बारे अवगत गराउनु भयो । सो छलफल कार्यक्रममा वैदेशिक रोजगारमा जानेहरुको लागि तालिमको व्यवस्था केन्द्रमा मात्र सिमित नराखी सबै जिल्लामा लानु पर्ने, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको करिकुलम बनाउनु पर्ने, मध्यपूर्वमा कस्तो खाले सीपकाो बढी माग छ पत्ता लगाउनु पर्ने, वैदेशिक रोजगारमा जानेहरुको तथ्यांक राख्न, वैदेशिक राहत कोषलाई कार्यान्वयनमा ल्याउने आदि विषयहरुमा छलफल भएको थियो । यस कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणि भूर्तेल, वैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुघन प्रसाद पुडासैनी, संघका तर्फबाट मध्यपूर्वका क्षेत्रीय संयोजक डि.बि क्षेत्री लगायत युवा उपसंयोजक लोक राज शर्मा, वैदेशिक रोजगार तथा आप्रवासीय कामदार कल्याण समितिका संयोजक इ. धरम के.सी र सचिवालयका कार्यकारी निर्देशकको सहभागीता रहेको थियो ।

news-img
NRNA • 30 Jul 2016

१३ बुदे घोषणापत्र जारी गर्दै, एनआरएनको नवौ यूरोपेली बैठक सम्पन्न

news-img
NRNA • 26 Jul 2016

एनआरएनको हजार घरनिर्माण अभियानमा, स्विटजरल्याण्डबाट ९३ लाख रुपैयाँ सहयोग

news-img
NRNA • 24 Jun 2016

गैरआवासीय नेपाली संघ र कर्मचारी सञ्चय कोषवीच समझदारी पत्रमा हस्ताक्षर

news-img
NRNA • 22 Jun 2016

एनआरएनको सुझाव– बैदेशिक रोजगारीका लागि बेग्लै सञ्चय कोष बनाउँ

news-img
NRNA • 18 Jun 2016

चोभारमा गैरआवासीय नेपालीको चासो

news-img
NRNA • 17 Jun 2016

कर्मचारी सञ्चय कोषका पदाधिकारीहरुसंग महासचिवको छलफल

news-img
NRNA • 17 Jun 2016

एनआरएनए अध्यक्ष र अर्थमन्त्रीवीच भेटवार्ता