15 Dec 2025
प्रेस विज्ञप्ति
गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले आफ्नो कार्यलाई तीव्र गतिमा अघि बढाइरहेको छ। यसै सिलसिलामा कमिटीले मिति २०८२ साल मंसीर २८ गते (तदनुसार डिसेम्बर १४, २०२५), आइतबार दोस्रो बैठक आयोजना गरेको छ। उक्त बैठकमा संघको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनको मिति तय गर्नुका साथै विभिन्न समसामयिक विषयहरूमा घनीभूत छलफल गरिएको छ। बैठकले निम्न निर्णयहरू गरेको छः
निर्णयहरू:
१. राष्ट्रिय समन्वय समितिहरूको एकता सहजीकरण (NCC Unity Facilitation Committee) का लागि केन्द्रमा गंगाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय निम्नानुसार समिति गठन गर्ने।
क) संयोजक: गंगाधर गौतम
ख) सह-संयोजक: टीका गुरुङ (राधिका)
ग) सदस्य: चिरञ्जीवी खड्का
घ) सदस्य: नारायण काफ्ले
ङ) सदस्य: शनि ओली
२. गैरआवासीय नेपाली संघको १२औँ बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचन आगामी फेब्रुअरी २३, २४ र २५, २०२६ मा आयोजना गर्ने।
३. बृहत् एकतासम्बन्धी क्षेत्रीय अन्तरक्रिया तथा संवाद कार्यक्रम निम्नानुसार सञ्चालन गर्नेः
क) डिसेम्बर १९ : मध्यपूर्व तथा अफ्रिका क्षेत्र
ख) डिसेम्बर २० : एसिया प्रशान्त तथा ओसिनिया क्षेत्र
ग) डिसेम्बर २१ : अमेरिकाज तथा युरोप क्षेत्र
४. पाँच सदस्यीय membership समितिमा २ जना थप गरी ७ सदस्यीय बनाउने।
५. स्टेरिङ कमिटीका सम्पूर्ण सदस्यहरूले प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुपर्ने प्रावधानअनुसार आगामी स्टेरिङ कमिटी बैठकसम्म हस्ताक्षर गरिसक्नुपर्ने र हस्ताक्षर नगर्ने सदस्यहरूले आगामी बैठकमा सहभागिता जनाउन नपाउने ।
अन्त्यमा, बैठकले गैरआवासीय नेपाली संघका सम्बन्धित सबै पक्ष, राष्ट्रिय समन्वय परिषदहरू साथै विश्वभर छरिएका सम्पूर्ण गैरआवासीय नेपाली समुदायलाई संघको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनलाई ऐतिहासिक रूपमा सफल बनाउन आ–आफ्नो स्थानबाट जिम्मेवार र सक्रिय सहयोग गर्न आह्वान गरेको छ। महाधिवेशनको सफल आयोजना सुनिश्चित गर्न आवश्यक तयारी, समन्वय तथा कार्यान्वयनका कामहरू तत्काल सुरु गर्नसमेत बैठकले आग्रह गरेको छ।
१४ डिसेम्बर २०२५