प्रेस विज्ञप्ति : गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीको चौथो  बैठक महत्वपूर्ण छलफल र निर्णयहरू

06 Jan 2026

प्रेस विज्ञप्ति

मितिः ६ जनवरी २०२६

गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीको चौथो  बैठक मिति २०८२ साल पुस २०  गते (तदनुसार ४  जनवरी २०२६), आइतबार  सम्पन्न भएको  छ।  महासचिव बाबुराम (बी.आर.) लामाद्वारा सञ्चालित यस बैठकमा देहायबमोजिमका महत्वपूर्ण छलफल र निर्णयहरू गरिएका छन्  । 

मुख्य एजेन्डा

                                                       निर्णय

स्टेरिङ कमिटी सदस्य प्रतिवद्धता पत्र हस्ताक्षर

यस बैठकमा स्टेरिङ कमिटीका हस्ताक्षर गरि सबै सदस्यबाट प्राप्त  प्रतिवद्धता पत्र सम्बन्धमा छलफल र समिक्षा गरियो ।

 

HLC बाट MRS प्रणालीमा सदस्यता व्यवस्थापन प्रक्रिया

यस बैठकमा HLC बाट MRS प्रणालीमा सदस्यता व्यवस्थापन प्रक्रिया सम्बन्धमा छलफल गरि निम्नानुसार निर्णय गरिएको छ: 

  • हाल HLC (High Level Committee) प्रणालीअन्तर्गत रहेको सदस्यता विवरणलाई उचित प्रक्रिया अपनाएर MRS (Membership Registration System) प्रणालीमा स्थानान्तरण गरी व्यवस्थित गर्ने ।

  • सन् २०२६ को जनवरी १६ तारिकसम्म सदस्यता  समयावधि थप गर्ने ।

निर्वाचन प्रक्रिया / महाधिबेशन गर्ने स्थान  तथा अन्य व्यवस्थापन समिति

यस बैठकमा निर्वाचन प्रक्रिया / महाधिबेशन गर्ने स्थान  तथा अन्य व्यवस्थापन समिति सम्बन्धमा छलफल गरि निम्नानुसार निर्णय गरिएको छ: 

  • कानुनविद् तथा सबै अग्रजहरू तथा निर्वाचनमा भाग लिने सबै पक्षसँग छलफल गरी ११ तारिखसम्म  निर्वाचन प्रक्रिया सम्बन्धमा छलफल गर्ने र  प्राप्त सुझाबलाई छलफलका लागि एजेन्डाको रुपमा प्रस्तुत गर्ने ।

  • सदस्यता शुल्क उठाउन सम्बन्धित एनसीसीमा ताकेता गर्ने ।
  • १२ औँ महाधिवेशनका लागि स्थान छनोटसम्बन्धी प्रक्रिया सचिवालयबाट अघि बढाई अर्को बैठकमा एजेन्डाको रुपमा प्रस्तुत गरि  छलफल गर्ने ।
  • १२औँ महाधिवेशनका लागि विभिन्न समिति गठन, र ती समितिमा समाबेश हुने   पदाधिकारीका नाम आगामी साता छलफलका लागि प्रस्तुत गर्ने ।

     

 

 

                                                                                                           

                                                         

                                                                                                 

 

 

..............................

गौरीराज जोशी

महासचिव                              

 

     ..........................

   बी.आर.लामा

   महासचिव