08 Jan 2026
Press-release 48/023-25 मिति: ८ जनवरी २०२६
प्रेस विज्ञप्ति
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) बृहत् एकताको १२ औँ महाधिवेशन २३–२५ फेब्रुअरी २०२६ मा सम्पन्न गर्ने निर्णय गरी तयारी प्रक्रिया तीव्र रूपमा अघि बढाएको छ। संघको बृहत् एकतापश्चात् गठन भएको स्टेरिङ कमिटीले महाधिवेशनसम्बन्धी सम्पूर्ण प्रक्रिया पारदर्शी ढंगले तथा अघि बढाइरहेको छ । यसैक्रममा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) एकता तथा सहजीकरण समिति र सदस्यता व्यवस्थापन समिति गठन भई सक्रिय रूपमा कार्यरत रहेका छन्। गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद्हरुमा यसअघि Member Information System (MIS) र High Level Committee (HLC) को पोर्टल तथा राष्ट्रिय समन्वय परिषद्ले समानान्तर रुपमा बनाएका पोर्टलमार्फत सदस्य बनेका सबैको विवरणलाई प्रमाणीकरण गरि Members Registration System(MRS) मा समायोजन गरिनेछ।
हालसम्म कुनै पनि माध्यमबाट सदस्यता नलिनुभएका विश्वभर रहनु भएका गैरआवासीय नेपालीहरूलाई १६ जनवरी २०२६ भित्र Members Registration System (MRS) मार्फत सदस्यता दर्ता गरी महाधिवेशनमा सहभागी हुन हार्दिक अनुरोध गरिन्छ।
सदस्यता दर्ताका लागि निम्न एप प्रयोग गर्न सक्नुहुनेछः
APPstore : https://apps.apple.com/us/app/smart-nrna/id1544254635
Playstore : https://play.google.com/store/apps/details?id=com.respect.nrna&pcampaignid=web_share
अन्त्यमा, आपसी एकता र सहकार्यमार्फत १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनलाई ऐतिहासिक र सफल बनाउन हामी सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछौँ।
|
डा. बद्री केसी अध्यक्ष |
महेश कुमार श्रेष्ठ अध्यक्ष
|
