Latest News

news-img
NRNA Admin • 28 Apr 2026

परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग

गैरआवासीय नेपाली संघ (NRNA) को तर्फबाट गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको विधेयक, २०८३ सम्बन्धमा आफ्ना विस्तृत सुझावहरू परराष्ट्र मन्त्रालयमा औपचारिक रूपमा पेश गरिएको छ। उक्त सुझावहरू उपाध्यक्ष एवं गैरआवासीय नेपाली कल्याण विभागकी प्रमुख तथा नागरिकता निरन्तरता समितिकी संयोजक रोजिना प्रधान राईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमार्फत पेश गरिएको हो। प्रतिनिधिमण्डलले विश्वभर रहेका गैरआवासीय नेपाली समुदायबाट संकलित सुझावहरू, सरोकारवाला निकायहरू तथा कानुनी विज्ञहरूसँग गरिएको बृहत् छलफल र परामर्शका आधारमा तयार पारिएको एकीकृत दस्तावेज मन्त्रालयसमक्ष बुझाएको हो l यसका साथै श्रम, आप्रवासन तथा नेपाली डायस्पोरा सम्बन्धी महाशाखामा समेत उक्त सुझाव बुझाइएको छ। सुझावपत्र उपसचिव मधुसुदन भट्टराईमार्फत माननीय मन्त्री शिशिर खनाललाई तथा महाशाखा प्रमुख पुष्पराज भट्टराईलाई हस्तान्तरण गरिएको हो । प्रतिनिधिमण्डलमा उपाध्यक्ष बुद्धिसागर सुबेदी र महिला उपाध्यक्ष राधिका टीका गुरुङको सहभागिता रहेको थियो। संघका अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा महासचिव डा. चिरञ्जीवी खड्का, उपाध्यक्ष रोजिना प्रधान राई, कोषाध्यक्ष कृष्ण तिमल्सिना, निवर्तमान अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठ, फोकल पर्सन सरोज दाहाल तथा सचिवालयको सक्रिय समन्वयमा उक्त मस्यौदाका लागि विश्वभरबाट सुझाव संकलन गरिएको थियो। संकलित सुझावहरूलाई पदाधिकारी, पूर्व अध्यक्षहरू, सल्लाहकार तथा कानुनी विज्ञहरूसँग विस्तृत छलफल र परामर्शपछि एकीकृत गर्दै अन्तिम रूप दिइएको हो। गत साता परराष्ट्र मन्त्रालयमा माननीय परराष्ट्र मन्त्रीको उपस्थितिमा सम्पन्न उच्चस्तरीय छलफलपछि बिदेशमा रहेका नेपाली समुदायबाट सुझाव संकलन कार्य अघि बढाईएको थियो l प्रस्तुत गरिएको सुझावहरूमा गैरआवासीय नेपालीहरूको नागरिकता, सम्पत्ति अधिकार, कर प्रणाली, लगानीमैत्री वातावरण तथा कानुनी स्पष्टतासँग सम्बन्धित विषयहरूलाई विशेष प्राथमिकतामा राखिएको छ। संघले गैरआवासीय नेपालीलाई राज्यसँग भावनात्मक मात्र नभई व्यावहारिक रूपमा पनि जोड्ने खालको कानुनी व्यवस्था आवश्यक रहेकोमा जोड दिएको छ। प्रस्तुत सुझावहरूलाई समेटी विधेयकलाई शीघ्र अन्तिम रूप दिई संसदमा दर्ता गराउन परराष्ट्र मन्त्रालयसँग आग्रह समेत गरिएको छ। साथै, आगामी प्रक्रिया तथा ऐन, कानून तथा नियमावली निर्माणमा संघलाई निरन्तर सहभागी गराई सहकार्यको वातावरण बनाउन पनि अनुरोध गरिएको छ।

news-img
NRNA Admin • 27 Apr 2026

प्रथम गैरआवासीय नेपाली अन्तराष्ट्रिय महिला सम्मेलनको तयारी तीव्र

प्रथम अन्तराष्ट्रिय महिला सम्मेलनका लागि सरोकारवालासँग सुझाव संकलन गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत अन्तराष्ट्रिय समन्यव परिषद्को महिला विभागले “महिला सशक्तिकरणको आधार, रोजगारी, उद्यम र व्यापार” भन्ने मूल नारासहित आयोजना गर्न लागेको प्रथम अन्तराष्ट्रिय महिला सम्मेलनको तयारी तीव्र बनाएको छ। राष्ट्रिय मानव अघिकार आयोगकी सदस्य लिली थापा, कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयकी राज्यमन्त्री माननीय राज्यमन्त्री शोभा चेम्जोंग,महिला आयोगकि अध्यक्ष कमला पराजुली संस्थापक अध्यक्ष डा उपेन्द्र महतो र पूर्व अध्यक्ष रबिना थापाको विशेष आतिथ्यतामा आज सम्मेलनको तयारीस्वरूप विभिन्न सरोकारवाला निकायसँग सुझाव संकलन गरिएको छ। सम्मेलन आगामी जनवरीमा काठमाडौंमा आयोजना हुने तयारी छ, जसको उद्देश्य विश्वभर रहेका नेपाली महिलाहरूलाई एउटै मञ्चमा ल्याई उनीहरूको अनुभव, चुनौती र सफलताका कथाहरू आदान–प्रदान गर्नु रहेको छ। महिला उपाध्यक्ष राधिका गुरुङ (टीका) को सभापतित्व,अध्यक्ष डा हेम राज शर्मा र महासचिव डा चिरन्जीवी खड्काको बिशेष सम्बोधन रहेको आज आयोजित हाइब्रिड सुझाव संकलन कार्यक्रममा सरकारी निकाय, गैरसरकारी संस्था, महिला अधिकारकर्मी, उद्यमी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले आ–आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए। सहभागीहरूले महिला सशक्तिकरणलाई प्रभावकारी बनाउन नीतिगत सुधार, सीप विकास, वित्तीय पहुँच र सुरक्षित वैदेशिक रोजगार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। त्यसका साथै सहभागीहरूले महिलामैत्री नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै स्थानीय तहदेखि संघीय स्तरसम्म समन्वय आवश्यक रहेको बताएका छन्। उनीहरूले महिलाहरूका लागि उद्यमशीलता प्रवर्द्धन गर्न सहुलियतपूर्ण ऋण, बजार पहुँच र प्रविधिमा पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। त्यसैगरी, सहभागीहरूले लैङ्गिक हिंसा न्यूनीकरणका लागि कडा कानुनी कार्यान्वयन, जनचेतना अभिवृद्धि र पीडितमैत्री सेवा विस्तार गर्नुपर्ने धारणा राखेका छन्। मानसिक स्वास्थ्यका विषयमा खुलेर छलफल गर्ने वातावरण सिर्जना गर्दै आवश्यक परामर्श सेवा गाउँ–गाउँसम्म पुर्‍याउनुपर्ने आवश्यकता पनि औंल्याइएको छ। कार्यक्रममा जलवायु परिवर्तनले विशेषगरी ग्रामीण महिलाहरूमा पार्ने प्रभावलाई ध्यानमा राख्दै उनीहरूको अनुकूलन क्षमता अभिवृद्धि गर्न लक्षित कार्यक्रम ल्याउनुपर्ने सुझाव दिइएको थियो। साथै, सबै जात, वर्ग र क्षेत्रका महिलाहरूको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्। त्यसैगरी, सहभागीहरूले विदेशमा रहेका सफल नेपाली महिलाहरूका अनुभव र सिकाइलाई स्वदेशसँग जोड्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले विभिन्न देशमा सफलता हासिल गरेका महिलाहरूका कथा, संघर्ष र उपलब्धिहरूलाई साटा साट गर्ने प्लेटफर्म तयार गर्नुपर्ने सुझाव दिएका छन्। यस्ता अनुभव आदान–प्रदानले स्वदेशमा रहेका महिलाहरूलाई प्रेरणा दिनुका साथै उद्यमशीलता, रोजगारी र नेतृत्व विकासमा ठोस मार्गदर्शन प्रदान गर्ने वक्ताहरूले बताएका छन् । साथै, विदेशमा रहेका नेपाली महिलाहरूको ज्ञान, सीप, प्रविधि र नेटवर्कलाई नेपालको आर्थिक तथा सामाजिक विकाससँग जोड्न विशेष बहस सुरु गर्नुपर्नेमा पनि जोड दिइएको छ। सहभागीहरूले अन्तर्राष्ट्रिय स्तरमा सफल भएका महिलाहरूलाई सम्मेलनमा आमन्त्रण गरी उनीहरूको प्रत्यक्ष अनुभव साझा गराउने, मेंटरशिप कार्यक्रम सञ्चालन गर्ने तथा दीर्घकालीन सहकार्यका लागि सञ्जाल निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। सहभागीहरूले प्रस्तुत गरेका सुझावहरूलाई सम्मेलनको एजेन्डामा समेट्दै ठोस कार्ययोजना निर्माण गरिने छ। सम्मेलनमा महिला सशक्तिकरण, उद्यमशीलता, वैदेशिक रोजगार, शिक्षा, स्वास्थ्य, मानसिक स्वास्थ्य, लैङ्गिक हिंसा, मानव अधिकार तथा जलवायु परिवर्तनजस्ता विषयमा व्यापक छलफल हुने बताइएको छ। विशेषगरी वैदेशिक रोजगारीमा रहेका महिलाहरूको अवस्था, जोखिम तथा पुनःएकीकरणका मुद्दालाई प्राथमिकताका साथ उठाइने छ। कार्यक्रममा विभिन्न विषयगत सत्रहरू सञ्चालन गरिनेछन्, जसमा महिला सशक्तिकरणका नीति तथा संरचना, वैदेशिक रोजगार, उद्यमशीलता, पर्यटनमा महिला सहभागिता, नेपाली उत्पादनको प्रवर्द्धन, सफल महिलाका अनुभव, मानसिक स्वास्थ्य, लैङ्गिक हिंसा तथा मानव बेचबिखन जस्ता विषय समेटिनेछन्। नेपालमा महिलाहरू अझै पनि सामाजिक, आर्थिक र सांस्कृतिक कारणले पछि परेको अवस्थामा यस्तो सम्मेलनले नीति निर्माण तहमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ। सम्मेलनमार्फत महिलाको आर्थिक पहुँच, सीप विकास, उद्यम प्रवर्द्धन तथा नेतृत्व विकासमा ठोस पहल हुने अपेक्षा गरिएको छ। यो सम्मेलनलाई महिला नेतृत्व विकास, अन्तर्राष्ट्रिय सहकार्य विस्तार तथा दिगो विकासका लक्ष्य हासिल गर्न महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ। साथै, सम्मेलनबाट प्राप्त सुझावका आधारमा नीतिगत सिफारिसहरू तयार पारेर सरकार तथा सम्बन्धित निकायलाई प्रस्तुत गरिने छ।

news-img
NRNA Admin • 24 Apr 2026

गैरआवासीय नेपाली संघ (NRNA) र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासंघ (IFRC) बीच समन्वय बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ (NRNA) र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासंघ (IFRC) बीच आपसी सहकार्य तथा मानवीय सहयोग सुदृढ गर्ने उद्देश्यसहित समन्वय बैठक सम्पन्न भएको छ। NRNA को केन्द्रीय कार्यालयमा सम्पन्न उक्त बैठकमा IFRC नेपालका प्रतिनिधि प्रमुख डेभिड फिशर तथा मानवीय कूटनीति तथा सम्पर्क प्रबन्धक कृष्ण कुमार के.सी.को सहभागिता रहेको थियो। NRNA को तर्फबाट उपाध्यक्ष रोजिना प्रधान राई, महिला उपाध्यक्ष टीका गुरुङ, एनसीसी संस्थापक अध्यक्ष कृष्ण पाण्डे तथा प्रमुख कार्यकारी अधिकृत (CEO) राजेन्द्र कुमार राउतको उपस्थिति रहेको थियो। बैठकमा विपद् व्यवस्थापन, आप्रवासी नेपालीहरूको हित संरक्षण, समुदाय सशक्तीकरण, साथै अभियान तथा सचेतना लगायतका मानवीय सहायता कार्यक्रमहरूमा आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो।

news-img
NRNA Admin • 23 Apr 2026

गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने तयारी

प्रस्तावित गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने तयारी गरिएको छ। यस सम्बन्धमा आज गैरआवासीय नेपाली संघ (NRNA) र परराष्ट्र मन्त्रालयबीच आयोजित अन्तरक्रिया कार्यक्रममा माननीय परराष्ट्र मन्त्री शिशिर खनालले उक्त जानकारी दिनुभयो। उहाँले संविधानका आकांक्षाहरूलाई अवधारणात्मक आधार र व्यावहारिक कार्यान्वयन दुवै दृष्टिकोणबाट अझ स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै, गैरआवासीय नेपालीहरूको अधिकार, भूमिका तथा योगदानलाई समेट्ने गरी ऐनलाई प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा संघका अध्यक्ष डा. हेमराज शर्मा, संस्थापक अध्यक्ष उपेन्द्र महतो, निवर्तमान अध्यक्ष डा. बद्री केसी, पूर्व अध्यक्ष कुल आचार्य, संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, उपाध्यक्ष रोजिना प्रधान राई, उपाध्यक्ष बुद्धि सुबेदी तथा फोकल पर्सन सरोज दाहाललगायतले मस्यौदा ऐनबारे सुझावहरू प्रस्तुत गर्नुभयो। उहाँहरूले नेपालको संविधानमा उल्लेखित सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारहरूसँग सामञ्जस्य कायम गर्दै गैरआवासीय नेपालीहरूको आकांक्षालाई पनि समेट्नुपर्ने आवश्यकता औंल्याउनुभयो। यसअघि परराष्ट्र सचिव अमृतबहादुर राईले मन्त्रालयले NRNA लाई विश्वासिलो साझेदारका रूपमा लिएको उल्लेख गर्दै आगामी दिनहरूमा यो सहकार्य अझ सुदृढ बनाइने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा उपाध्यक्ष खगेन्द्र न्यौपाने,उपाध्यक्ष चिन्तामणि सापकोटा, महिला उपाध्यक्ष राधिका टिका गुरुङ, उपमहासचिव बेदराज बस्नेत, सचिव अभिमन्यु बस्नेत, सचिव यज्ञ नारायण पौडेल, कोषाध्यक्ष कृष्ण तिमल्सिना, महिला संयोजक रश्मि थापा, क्षेत्रीय महिला उप संयोजक (युरोप) राधा सिग्देल, क्षेत्रीय उप-समन्वयक (एशिया) भविन्द्र बस्नेत, एनसीसी आयरल्याण्डका अध्यक्ष चेतराज ओली, हङकङका संस्थापक अध्यक्ष कृष्ण पाण्डे, तेजेन्द्र गिरी (कानुनी सल्लाहकार) र अनलराज भट्टराई (एनआरएन डेभलपमेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत) सहभागी हुनुहुन्थियो ।

All News

news-img
NRNA • 01 Jan 2017

International Migrants Day Celebrated in Nepal

news-img
NRNA • 09 Dec 2016

NRNA Youth Ambassador Miss UK Nepal Miss Tenisa Rana

news-img
NRNA • 04 Dec 2016

नेपाल फेस्टिभल मेलबर्न सम्पन्न

news-img
NRNA • 23 Nov 2016

नेपाल फेस्टिभल सिड्नी भब्यताका साथ सम्पन्न

news-img
NRNA • 27 Sep 2016

गैरआवासीय नेपाली संघ प्रतिनिधि मण्डलको भेटघाट कार्यक्रम

news-img
NRNA • 20 Aug 2016

रियो ओलम्पिकमा एनआरएन अध्यक्ष सहभागी

news-img
NRNA Admin • 06 Aug 2016

NRN Day 2016

गैरआवासीय नेपाली संघका अध्यक्ष र सम्माननीय प्रधान मन्त्री बीच भेटघाट कार्यक्रम ५ अक्टोबर २०१६ का दिन संघका अध्यक्षले सम्माननीय प्रधान मन्त्री श्री पुष्प कमल दाहाललाई भेट गरी संघले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सहरी बिकास मन्त्रालय तथा गैरआवासीय नेपाली संघको त्रिपक्षिय सम्झौता अनुसार निर्माण गर्न लागिएको लाप्राक नमूना बस्तीको बारेमा जानकारी गराउँदै १३ औं गैरआवासीय नेपाली दिवसको उपलक्ष्यमा नमूना बस्तीको गुरुयोजनाको अनावरण गर्नुका साथै शिलान्यास गर्न अनुरोध गर्नु भयो । प्रधान मन्त्रीले यस कार्यको लागि संघलाई धन्यवाद दिंदै सो कार्याक्रम सहभागी हुने प्रतिवद्धता व्यक्त गर्नु भयो । सो भेटघाटमा मुख्य सचिव सोमलाल सुवेधिको समेत सहभागिता रहेको थियो । प्रधान मन्त्रीबाट लाप्राक नमूना बस्तीको गुरुयोजनाको अनावरण तथा शिलान्यास गैरआवासीय नेपाली दिवसको उपलक्ष्यमा ७ अक्टोवर २०१६ का दिन गैरआवासीय नेपाली संघले निर्माण गर्न लागेको गोर्खाको लाप्राकस्थित एकीकृत नमुना वस्तीको गुरुयोजनाको आवरण गर्नुको साथै शिलान्यास प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नु भयो । शुक्रबार बिहान लाप्राक पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले ४३५ घरसहितको नमुना वस्तीको शिलान्यास गर्नुभएको हो । सो अबसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र प्रधानमन्त्री प्रचण्डले एनआरएनले बनाएको गुरुयोजनाको संयुक्तरुपमा अनावरण गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो– ‘यो एकीकृत वस्ती मात्र हैन, नमुना वस्ती पनि हो, यसले देशलाई नै नयां सन्देश दिन सक्छ, अरु सयौं नमुना वस्तीहरु वन्न सक्छन ।’ गैरआवासीय नेपालीहरुको राष्ट्रभक्ति देखेर आफु निकै प्रभावित भएको भन्दै उहांले भन्नुभयो–‘ यो निकै चुनौतीपूर्ण काम हो, सजिलो छैन, तर, शेष घलेजीको परिचय त्यसै बनेको हैन, उहांहरुले आँटेपछि काम पुरा गर्नुहुन्छ भन्ने मलाई बिश्वास छ ।’ भूकम्पबाट घरबिहीन हुन पुगेका एक हजार परिवारलाई घर निर्माण गरिदिने गैरआवासीय नेपाली संघको घोषणा अन्र्तगत गोर्खाको लाप्राकमा एकीकृत नमुना वस्ती बनाउन लागिएको हो । यो वस्तीमा भएका सबै घरहरुको निर्माणका लागि सवै खर्च गैरआवासीय नेपाली संघले गर्ने छ । कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले वस्ती निर्माणको शिलन्याससंगै गैरआवासीय नेपाली र लाप्राकबासीको सपना पुरा हुन लागेको बताउनुभयो । ‘हामीले एक बर्ष पहिले नै वस्ती निर्माणको सुरुवात गर्न चाहान्थ्यौं, हामीले त्यसका लागि चाहिने सवै पैसा संकलन पनि गरिसकेका थियौं’ अध्यक्ष घलेले भन्नुभयो–‘प्राधिकरण बन्न ढिलाई हुनु र समयमै स्वीकृति पाउन नसक्नुका कारण पनि हामीले चाहेजस्तो छिटो गर्न सकेनौं, ढिलै भए पनि अब नमुना वस्ती विकाशको सपना पुरा हुने भएको छ ।’ लाप्राकमा ६ सय घर बनाउने योजना रहेकोमा हाल सरकारले उपलब्ध गराएको जग्गामा ४ सय ३५ घर मात्र अटने भएका छन् । बांकी घरहरुका लागि नयां ठाउंमा जग्गा खोज्नुपर्ने भएकाले सो जग्गा पनि उपलब्ध गराइदिन अध्यक्ष घलेले प्रधानमन्त्रीसंग अनुरोध गर्नुभयो । सम्बोधनका क्रममा प्रधानमन्त्रीले बांकी जग्गा पनि सरकारले नै उपलब्ध गराउने र गैरआवासीय नेपाली संघले ६ सय घर नै बनाउन पाउने आश्वासन दिनुभयो । लाप्राक एकीकृत वस्तीमा बिद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन, स्थानीय भेषभुषा र संस्कृति झल्कने संग्रहालय लगायतका संरचना बन्नेछन् । वस्तीमा होम स्टे र सामुदायिका गेष्टहाउस बनाइ गाउंलेलाई आम्दानीको स्रोतसमेत ब्यबस्था गरिदिने संघको योजना रहेको छ । कार्यक्रममा गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछाने, उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्त, महासचिव डा. बद्री के.सी, सचिव अर्जुन कुमार श्रेष्ठ लगायत बिभिन्न देशबाट आएका पदाधिकारीज्यूहरु, आइसिसि सदस्यज्यूहरु, एनसिसिका प्रतिनिधिहरुका साथै गैरआवासीय नेपालीहरुको उपस्थीति रहेको थियो । १३ औं गैरआवासीय नेपाली दिवसको उपलक्ष्यमा आयोजना गरिएको रात्रि भोजमा अध्यक्षको सहभागीता यसै दिन बेलुका होटेल सोल्टीमा गरिएको कार्यक्रममा लाप्राक नमुना वस्तिको शिलान्यास बारे विस्तृत रुपमा जानकारी गराईको थियो । यसका साथै यस कार्यकालमा संघले गरेका मुख्य गतिविधिहरु बारे भिडियो प्रदर्शनी गरिएको थियो । यस कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले संघले गरेका गतिविधिहरुको प्रशंसा गर्दै नेपाल सरकारले सदैव संघका महत्वपूर्ण कार्यहरुमा सहयोग गर्दै आएको र भविष्यमा पनि यसको निरन्तरता भईरहने बताउनु भयो । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले संघले आफ्नो कार्यकालमा गरेका प्रमुख गतिविधिहरु र लाप्राक नमूना वस्ति बारे प्रकाश पार्नु भएको थियो । साथै यस दिवसको उपलक्ष्यमा स्वदेश र विदेशमा रहनु भएका नेपालीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्नु भयो । यसै गरी संघका प्रमुख संरक्षक लगायत पदाधिकारीहरुले गैरआवासीय नेपाली दिवस र संघका गतिविधिहरुबारेमा आआफ्ना मन्तव्यहरु राख्नु भएको थियो । यस्तै नेपाली उद्योग वाणिज्य महासंघका अध्यक्ष, नेपाल उद्योग परिसंघका अध्यक्ष, राष्ट्रिय पुनर्निमाण प्राधिकरण र कर्मचारी संचय कोषका प्रमुखज्यूहरुले दिवसको बारेमा मन्तव्यहरु दिनु भएको थियो । यस कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष शेष गर्नु भएको थियो भने संचालन महासचिव डा. बद्री के.सीले गर्नु भएको थियो । गैरआवासीय नेपाली संघका अध्यक्ष र माननीय परराष्ट्र मन्त्री बीच भेटघाट कार्यक्रम ४ अक्टोवर २०१६ का दिन संघका अध्यक्ष शेष घले तथा उपाध्यक्ष कुमार पन्त तथा मध्यपूर्वका क्षेत्रिय संयोजक डि.बि. क्षेत्रिले माननीय परराष्ट्र मन्त्रीसंग भेट गर्नु भयो । मुख्यतया गैरआवासीय नेपाली दिवसमा आयोजना गरिने कार्यक्रमका बारे जानकारी गराउनुका साथै मध्यपूर्वमा संस्था दर्ता तथा संविधानले प्रावधान गरेको गैरआवासीय नेपाली नागरिक्ताका बिषयहरुमा छलफल भएको थियो । गैरआवासीय नेपाली संघका अध्यक्ष र माननीय शिक्षा मन्त्री बीच भेटघाट कार्यक्रम यसै गरी अध्यक्ष तथा उपाध्यक्ष कुमार पन्त तथा खुला विश्वविद्यालय कार्यदलका संयोजक डा. प्रमोदहाले माननीय शिक्षा मन्त्री, श्री धनीराम पौडेल, लाई भेट गरी ऐन पास भई सकेको अवस्थनमा अबका दिनहरुमा कसरी सहकार्य र समन्वय गरी अगाडि बढ्ने बिषयमा छलफल भएको थियो । संघका अध्यक्ष घलेले संघको लागि यो आधा उपलब्धी मात्र भएको र गैरआवासीय नेपालीहरुको खुला विश्वविद्यालयको नीति निर्माण र संचालनमा सकृयता र सहभागीता बढाउन विश्वविद्यालय सभामा गैरआवासीय नेपालीहरुको प्रतिनिधित्व बृद्धि गर्न पर्ने सुझाव दिनु भयो । माननीय मन्त्रीले खुला विश्वविद्यालयको हकमा गैरआवासीय नेपाली तथा सरकारका प्रतिनिधिहरुलाई समान रुपमा हेरिएको र पाठ्यक्रम बिकासमा गैरआवासीय नेपालीहरुको अहभ भूमिका रहने वताउनु भयो । गैरआवासीय नेपाली संघका अध्यक्ष र राष्ट्रिय पूनर्निर्माण प्रधाधिकारणका कार्यकारी अधिकृत संघका अध्यक्ष तथा उपाध्यक्ष कुमार पन्तले राष्ट्रिय पूनर्निर्माण प्रधाधिकारणका कार्यकारी अधिकृत शुशिल ज्ञवालीलाई भेट गरी संघले लाप्राकमा निर्माण गर्ने नमूना बस्तीको गुरुयोजनाको तयारीे अन्तिम अवस्थामा पुगेको तथा १३ औं गैरआवासीय नेपाली दिवसको उपलक्ष्यमा त्यसको अनावरण तथा शिलान्यास गर्ने कार्यक्रम समेत रहेको जानकारी गराउनु भयो । सो अवसरमा प्राधिकारणका कार्यकारी अधिकृतले गुप्सीपाखामा नमूना एकिकृत बस्ती निर्माणको लागि जिल्लाबाट सिफारिस भएर आएको तथा प्राधिकरणको बोर्डले समेत स्विकृत प्रदान गरेको तथा अपुग जग्गाको लागि जिल्लामा पत्रचार गरिसकेका जानकारी दिनु भयो ।े गैरआवासीय नेपाली संघ तथा नेपाली सेना बीच अन्तक्र्रिया कार्यक्रम उक्त अन्तक्र्रिया कार्यक्रममा नेपाली सेनाको तर्फबाट सेनाको विपद् व्यवस्थापनमा भएको क्षमता, आवश्यक्ता र तयारी बारे जानकारी गराईएको थियो र यसमा गैरआवासीय नेपाली संघको तर्फबाट के कस्ता सहकार्य र सहयोग गर्न सकिन्छ भने बिचार बिर्मश भएको थियो । यसैगरी संघका तर्फबाट महासचिव डा. बद्रि केसीले संघका संरचना तथा गतिबिधि बारे अवगत गराउनु भएको थियो । उहाँले नेपाली सेनाले विपद्को अवस्थामा राष्ट्रलाई पुराउँदै आएको सहयोगको प्रशंसा गर्दै गैरआवासीय नेपाली संघ सेनासंग सहकार्य गरी राष्ट्रमा आईपर्ने विपद्को समय हातेमालो गर्न तयार रहेको औंलाउनु भयो । सो अवसरमा संघका अध्यक्ष शेष घलेले राष्ट्रलाई आईपर्ने हरेक जोखिमको लागि तयारी अवस्थामा रहन पर्ने र बिपद् व्यवस्थापनलाई न्यूनिकरण गर्न र विपद्को समय उद्दार गर्न नेपाली सेनासंग सहकार्य गर्न संघ आÏनो क्षमता अनुसार तयार रहेको जानकारी गराउँदै भुकम्प पछिको पुनर्निर्माणमा संघ र सेना बीच के कस्ता सहकार्य र सहयोग हुन सक्छ त्यस प्रति सजक रहन आवहान गर्नु भयो । & अध्यक्ष घलेले संघ आफैं बिकासको क्रममा रहेको र सिमित स्रोत साधनका वावजुत सेनालाई कसरी विपद् व्यवस्थापनमा दक्ष र सक्षम बनाउन सकिन्छ त्यसको लागि सक्दो सहयोग र समन्वय गर्न संघको संजाल परिचालन गर्ने जानकारी समेत गराउनु भयो । सेनाले विपद्को व्यवस्थापनमा संघलाई पुराएको सहयोगको लागि आभार प्रकट गर्दै विपद् व्यवस्थापनलाई सरलिकरण गर्ने परिपाटीको बिकासमा सहकार्य गर्न संघ तयार रहेको समेत वताउनु भयो । उहाँले संघ र सेना बीच विपद् व्यवस्थापनमा एकअर्कालाई सहयोग गर्दै सहकार्य गर्ने यस पवित्र चहानाको मर्म अनुकरणिय र उदाहरणिय भएको समेत औंलाउनु भयो । अन्त्यमा सेनाका व्यवस्था तथा युद्धकार्य महानिर्देशकले सेना गैरआवासीय नेपली संघ मार्फत गैरआवासीय नेपालीहरुसंग समन्वय गरी विपद् न्यूनिकरण र व्यवस्थापनमा सहकार्य गर्न तत्पर रहेको र यस कार्यशाला गोष्टीमा सहभागी भएकोमा धन्यवाद दिनु । अन्तराष्ट्रिय नेपाली विश्व युवा गोष्ठिमा संघका अध्यक्षको सहभागीता: अक्टोवर १ देखी २ सम्म विश्व युवा दिवस नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा भक्तपुरको बोडेमासम्पन्न भयो । यस सम्मेलनका प्रमुख अतिथि मा. उपप्रधान तथा अर्थ मन्त्री कृष्ण बहादुर महराले पानसमा बक्ति बाली उद्घाटन गर्नुका साथै सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्नु भयो । यस शत्रका सभापति माननीय युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईले युवा सम्मेलन बारे जानकारी दिनु भयो । त्यस्तै युवा तथा खेलुद सचिव महेश प्रसाद दाहालले स्वागत मन्तव्य गर्नु भयो । यसरी नै राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवाहरुको गतिविधिहरु बारे बताउनु भयो । त्यसरी नै संघका प्रमुख संरक्षक जीवा लामिछानेले विदेशमा रहेका युवाहरुको उद्यमशिलता बारे जानकारी गराउनु भएको थियो । यस सम्मेलनले देश र देश बाहिर रहेका युवाहरु एकै स्थलमा भेला गराई सम्मेलनका माध्यमबाट युवा विकासका लागि तत्कालिन र दिर्घकालीन रणनीति र कार्यदिशामा विशेष जोड दिएको थियो सम्मेलनमा गुणस्तरीय तथा व्ययवसायीक शिक्षा, रोजगारी र उद्यमशिलता, स्वास्थ्य र सामाजिक सुरक्षा, सहभागीता, परिचालन र नेतृत्व विकास र खेलकुद र मनोंरजन विषयहरुमा छलफल भई यसैमा आधारीत भएर घोषणा पत्र जारी गरिएको थियो । ४ अक्टोवरका दिन विश्व युवा दिवसमा आयोजना गरिएका कार्यक्रम बारे एक पत्रकार सम्मेलन गरी सम्मेलन बारे जानकारी गराउनुका साथै घोषणा पत्र जारी गरिएको थियो । यस कार्यक्रममा संघका अध्यक्ष शेष घले लगायत अन्य पदाधिकारीहरुको सहभागीता रहेको थियो । गैरआवासीय नेपाली संघको पर्यटन प्रबद्धन समितिले आयोजना गरेको कार्यक्रममा अध्यक्षको सहभागीता ६ अक्टोवरका दिन पर्यटन सचिव शंकर प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा नेपालको प्रवद्र्धनमा गैरआवासीय नेपालीहरुको सहभागीता भन्ने एक कार्यशाला गोष्ठीको आयोजना गरियो । सो अवसरमा रुसका लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि सपिला राजभण्डारी तथा डेनमार्क लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि सोम सापकोटाले पर्यटन प्रवद्धाका लागि त्यस क्षेत्रहरुमा भएका गतिविधि तथा आगामी दिनहरुमा गर्न सकिने कार्यक्रमबारे प्रस्तुतिकारण गर्नु भएको थियो । संघको नेपाल प्रबद्र्धन समितिका सभापति भवन भट्टले नेपालको पर्यटन प्रबद्र्धनको लागि सन् २०१७ सम्म १६ लाख पर्यटन भित्र्याउने अभियान सुरु गरेको जानकारी गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि पर्यटन सचिव अधिकारीले यस कार्यमा नेपाल सरकार सरकारसंग सहकार्य गर्न सदैव तत्पर रहेको बताउनु भयो । यसै गरी संघका अध्यक्ष लगायत अन्य पदाधिकारीहरुले नेपाल पर्यटन प्रबद्र्धन बारे आआफ्नो मन्तव्य राख्नु भएको थियो । & संघका अध्यक्षको परोपकारी कार्यमा सहभागीता: ३ अक्टोवर २०१६ का दिन संघ अध्यक्षद्वारा चितवन अवस्थित श्री लक्ष्मी उच्च मा.वि लाई कम्प्युटर हस्तान्तरण र सोही दिन सोही जिल्लाको रामेश्वर पुस्तकालयको समुद्घाटन गर्नु भयो । & ८ अक्टोवर २०१६ का दिन संघका अध्यक्ष लगायत पदाधिकारीहरु सम्मिलित भएको एक प्रतिनिधि मण्डलले झापा स्थित जलथल इपुस्तकालयको समुद्घाटन कार्यक्रम र कृषि सूचना केन्द्रका दाताहरुलाई प्रमाण पत्र वितरण गर्‍यो । गैरआवासीय नेपाली संघका महासचिवको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले स्वास्थ मन्त्रीसंग भेट २०७३ असोज १० का दिन गैरआवासीय नेपाली दिवसको अवसर पारेर गैरआवासीय नेपाली संघका महासचिव डा. बद्री के.सी संग गएको एक प्रतिनिधि मण्डलले माननीय स्वास्थ्य मन्त्री गगन कुमार थापा संग भेटघाट गरी तपसील अनुसार उल्लेख भएका विषयहरुमा छलफल भयो । सर्वप्रथम त उहांलाई महासचिव डा. के.सीले स्वास्थय मन्त्रीको पदभार सम्हाल्नु भएकोमा बधाईका साथै उहाँको कार्यकालको सफलतको लागि हार्दिक शुभकामना व्यक्त गर्नु भयो । - बिदेशमा बैदेशिक रोजगारकै दौरानमा दुर्घटनामा परी घाइते या अपांग हुनेहरू तथा सहजै कम खर्चमा उपचार हुननसक्ने गम्भीर प्रकृतिका रोगीहरूको पहिचान गरी निजलाई सम्बन्धित मुलुकका दूतावासहरूको सिफारिस तथा प्रमाणिकरणका आधारमा परिचय पत्र उपलब्ध गराउने र सो परिचय पत्रका आधारमा निजहरूको स्वदेश फिर्ती पश्चात नेपालका सरकारी अस्पतालहरूमा निशुल्क उपचार सुविधा प्रदान गर्नुपर्ने । - वैदेशिक रोजगारमा जाने महिलाहरु गर्भवती भई नेपाल फकर्नु पर्ने अवस्थामा सो का लगि हुने खर्चहरु स्वास्थ्य विमाबाट व्यवस्था गरिदिनु पर्ने । माथिका यी दुई विषय लगायत हालै नेपालको नयां संविधानमा प्रावधन गरिएको राजनैतिक अधिकार बाहेकको गैरआवासीय नेपालीहरुलाई प्रदान गरिएको अधिकार बारे, स्वास्थ्य परिक्षणमा तोकेको भन्दा बढी शुल्क र गैरआवासीय नेपालीहरुका छोराछोरीको लागि नेपालका मेडिकल कलेजहरुमा आरक्षणका बारेमा छलफल भएको थियो । यस भेटघाट कार्यक्रममा महसचिव डा. बद्री के.सी लगायत महिला संयोजक सपीला राजभण्डारी, युवा उपसंयोजक लोकराज शर्मा, मध्यपूर्वका क्षेत्रीय संयोजक डि.बि क्षेत्री, वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितिका संयोजक इ. धरम के.सी, सल्लाहकार डा. हेम राज शर्मा, आइसिसि सदस्य गोविन्द प्रसाद गौंतम, पूर्व आइसिसि सदस्य सुरेन्द्र श्रेष्ठ र गैरआवासीय नेपाली संघ सचिवालयका कार्यकारी निर्देशकको सहभागीता रहेको थियो । मध्यपूर्वका क्षेत्रीय संयोजक डि.बि क्षेत्री संग गएका प्रतिनिधिहरुले माननीय श्रम तथा रोजगार मन्त्रीसंग भेट २०७३ असोज ११ का दिन मध्यपूर्वका क्षेत्रीय संयोजक डि.बि क्षेत्री संग गएका प्रतिनिधिहरुले माननीय श्रम तथा रोजगार मन्त्री श्री सुर्य बहादुर गुरुङ र सचिव लक्ष्मण मैनाली संग वेग्ला वेग्लै भेट गर्‍यो । यस भेटघाट कार्यक्रममा मुख्यतया मध्यपूर्वमा विद्यमान रहेका समस्याहरुको समाधानको लागि सुझावहरु पढेर सुनाउनका साथ ध्यानाकर्षण पत्र हस्तान्तरण गरियो । यस ध्यानाकर्षणमा रहेका कतिपय विषयहरु सम्माननीय प्रधानमन्त्रीज्यूको सम्बोधनमा परिसकेका छन् । अब यसलाई कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिइएको थियो । यसको प्रति उत्तरमा सचिवज्यूले सबै मागहरु जायज भएको र कतिपय मागहरुबारे छलफल पनि भईरहेको जानकारी गराउनु भयो । यसमा समावेशमा भएका कतिपय सुझावहरु बोर्डमा राखेर छलफल गरिने र सो छलफलमा परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिहरुलाई पनि समावेश गरिने बताउनु भयो । प्रस्तुत गरिएका मागहरुमा बजेट निकै लाग्ने र यस बारे बैकल्पिक बाटोहरुको उपाय पनि खोज्ने बारे अवगत गराउनु भयो । सो छलफल कार्यक्रममा वैदेशिक रोजगारमा जानेहरुको लागि तालिमको व्यवस्था केन्द्रमा मात्र सिमित नराखी सबै जिल्लामा लानु पर्ने, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको करिकुलम बनाउनु पर्ने, मध्यपूर्वमा कस्तो खाले सीपकाो बढी माग छ पत्ता लगाउनु पर्ने, वैदेशिक रोजगारमा जानेहरुको तथ्यांक राख्न, वैदेशिक राहत कोषलाई कार्यान्वयनमा ल्याउने आदि विषयहरुमा छलफल भएको थियो । यस कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणि भूर्तेल, वैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुघन प्रसाद पुडासैनी, संघका तर्फबाट मध्यपूर्वका क्षेत्रीय संयोजक डि.बि क्षेत्री लगायत युवा उपसंयोजक लोक राज शर्मा, वैदेशिक रोजगार तथा आप्रवासीय कामदार कल्याण समितिका संयोजक इ. धरम के.सी र सचिवालयका कार्यकारी निर्देशकको सहभागीता रहेको थियो ।

news-img
NRNA • 30 Jul 2016

१३ बुदे घोषणापत्र जारी गर्दै, एनआरएनको नवौ यूरोपेली बैठक सम्पन्न