Latest News

news-img
NRNA Admin • 25 Jan 2026

परराष्ट्र मन्त्री बालानन्द शर्मासँग भेट

१२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा गैरआवासीय नेपाली संघले माननीय परराष्ट्र मन्त्री बालानन्द शर्मासँग भेटघाट गरेको छ। मन्त्रालयमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेत्तृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई भेटेर १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा हालसम्म भएका प्रगति विवरण जानकारी गराएको हो । एनआरएनएका प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई संघको १२औँ महाधिवेशनका लागि मूल आयोजक कमिटी गठनको प्रगतिबारे जिज्ञासा राखेको थियो । सो सम्बन्धमा मन्त्रालयको डायस्पोरा डिभिजनले काम गरिरहेको बताइएको छ । एनआरएनएको महाधिवेशनका लागि परराष्टमन्त्रीको अध्यक्षतामा नेपाल सरकार उच्चस्तरिय आयोजक समिति गठन गर्ने व्यवस्था छ। भेटका अवसरमा उपाध्यक्ष डा हेमराज शर्माले संघको १२औँ महाधिवेशन विशेषत: बृहत् एकतापछि आयोजना गर्न लागिएको महाधिबेशन सपन्न गर्न लागेको जानकारी गराउनुभयो । परराष्ट्र मन्त्रालयले ड्राफ्ट गरेको गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा मन्त्रालय र संघले मिलेर थप परिमार्जन गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । यस सम्बन्धमा एनआरएन विधेयकमा आवश्यक परिमार्जन गर्न मन्त्रालय र संघले सहकार्य गर्न सकिने बताइएको छ । भेटमा कोषध्यक्ष सुदन थापा, संघका सीइओ राजेन्द्र कुमार राउतको पनि उपस्थिति रहेको थियो ।

news-img
NRNA Admin • 09 Jan 2026

एनआरएनएको १२ औँ महाधिवेशन विधानअनुसार गर्नुस् : परराष्ट्रमन्त्री बालानन्द शर्मा

गत २०२५ नोभेम्बर ३० मा सम्पन्न बृहत् एकताको सहमतिअनुसार आगामी २०२६ फेब्रुअरी २३-२५ सम्म काठमाडौंमा आयोजना हुने १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा गैरआवासीय नेपाली संघले माननीय परराष्ट्र मन्त्री बालानन्द शर्मासँग भेटघाट गरेको छ। मन्त्रालयमा गैरआवासीय नेपाली संघका अध्यक्षद्वय डा बद्री केसी र महेश श्रेष्ठको नेत्तृत्वमा गएको प्रतिनिधिमण्डलसंगको भेटका क्रममा परराष्ट्रमन्त्री शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२ औँ महाधिवेशन विधानअनुसार सञ्चालन गर्दा उपयुक्त हुने सुझाव दिनुभएको छ। “नेपालमा भौतिक रूपमा गर्दा धेरै सकारात्मक पक्ष छन्, त्यसैले नेपालमै गर्नुहोस् भन्ने मेरो चाहना हो,” मन्त्री शर्माले भन्नुभयो, “तर हामीले मान्नुपर्ने नियम-कानुन हुन् यसर्थ तपाईंहरूको विधानले जे भन्छ, त्यहीअनुसार गर्नु राम्रो हुन्छ, किनकि नेपाल आउन नसक्ने सदस्यहरूलाई पनि मतदानबाट वन्चित गर्न मिल्दैन l"“संघको २००३ (२०२२) को संशोधित विधानको धारा १४ मा "महाधिवेशन तथा साधारण सभा अनलाइन अथवा भौतिकरुपमा उपस्थित भई गर्न सकिनेछ । भौतिक रुपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरुको लागि अनलाइन मार्फत साधारण सभामा भाग लिन र निर्वाचनमा मतदानको व्यवस्था गर्नु पर्नेछ ।" भनि उल्लेख गरिएको छ । यसैबीच एनआरएनएका प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई संघको १२औँ महाधिवेशनका लागि मूल आयोजक कमिटी गठन गर्न अनुरोध गरेको छ। एनआरएनएको महाधिवेशनका लागि परराष्टमन्त्रीको अध्यक्षतामा नेपाल सरकार उच्चस्तरिय आयोजक समिति गठन गर्ने व्यवस्था छ । भेटका अवसरमा अध्यक्ष महेश श्रेष्ठले संघको १२औँ महाधिवेशन विशेषत: बृहत् एकतापछि आयोजना गर्न लागिएको र एकता सुदृढ बनाउन आफुहरुले काम गरिरहेको जानकारी गराउनुभयो । हाल परराष्ट्र मन्त्रालयले ड्राफ्ट गरिरहेको एनआरएन एक्टको विधेयकमा मन्त्रालय र संघले मिलेर थप परिमार्जन गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । संघका अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आवश्यक सहजीकरण गरिदिन आग्रह गर्नुभयो। गैरआवासीय नेपाली नागरिकता जारी भइसकेको अवस्थामा पनि यसको कार्यान्वयनमा भइरहेको ढिलाइका कारण संविधानले प्रदान गरेको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न नसकिएको भन्दै अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली नागरिकता जारी भइसके पनि प्रयोगमा विभिन्न कानुनी जटिलता देखिएको उल्लेख गर्दै यससम्बन्धी स्पष्ट कानून निर्माणका लागि सम्बन्धित मन्त्रालयले सहजीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले भन्नुभयो, “ अहिलेसम्म हजारौँले नागरिकता प्राप्त भइसकेको भए पनि त्यसको प्रयोगमा कानुनी अस्पष्टता रहनु दुःखद हो। यसलाई व्यवहारमा लागू गर्न आवश्यक कानून निर्माणका लागि मन्त्रालयको सक्रिय र समन्यवकारी भूमिका आवश्यक छ।” उक्त अवसरमा पुर्व अध्यक्ष बिनोद कुँवरले नागरिकताको कार्यान्वयन नहुँदा भोग्नुपरेका कठिनाइबारे जानकारी गराउनुभएको थियो। यसै क्रममा पुर्व अध्यक्ष आर. के. शर्माले वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकहरूले सामना गर्नुपरेका विविध समस्याहरूको उल्लेख गर्दै गन्तव्य मुलुकस्थित नेपाली दूतावासहरूमा कानुन विज्ञको व्यवस्था गर्न अनुरोध गर्नुभयो। महिला उपाध्यक्ष रोजिना प्रधान राईले विदेशमा रहेका महिलाहरूले सामना गर्नुपरेका विविध समस्याहरूको उल्लेख गर्दै ती समस्या समाधानका लागि सरकारले विशेष नीति बनाएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। फरक प्रसङ्गमा नेपाल एनआरएन डेभलपमेन्ट फण्ड सञ्चालनका लागि सहजीकरण गर्न पनि अनुरोध गरिएको छ l भेटमा कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगाना, महिला संयोजक रश्मि थापा र प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको उपस्थिति रहेको थियो ।

news-img
NRNA Admin • 08 Jan 2026

प्रेस विज्ञप्ति : आर्थिक रूपमा विपन्न तर शैक्षिक रूपमा सक्षम दुई जना नेपाली विद्यार्थीलाई निःशुल्क एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने विषय

गैरआवासीय नेपाली संघ (Non-Resident Nepali Association – NRNA) स्थापना कालदेखि नै विश्वभर रहेका गैरआवासीय नेपालीहरूलाई एकताबद्ध गर्दै निरन्तर रूपमा परोपकारी तथा समाजसेवामूलक कार्यहरू गर्दै आइरहेको छ। “नेपालीका लागि नेपाली” भन्ने मूल भावनालाई आत्मसात गर्दै, संघले नेपाल र नेपालीको हितका लागि शिक्षा, स्वास्थ्य, आपतकालीन राहत, सीप विकास, लगानी प्रवर्द्धन तथा सामाजिक उत्थानका विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। NRNA को प्रमुख उद्देश्य गैरआवासीय नेपालीहरूको हकहित संरक्षण गर्नु, नेपालमा सामाजिक सेवा र विकासका कार्यमा योगदान पुर्‍याउनु तथा नेपाललाई समृद्ध राष्ट्र बनाउने अभियानमा सक्रिय साझेदार बन्नु हो। सामाजिक उत्तरदायित्व, राष्ट्रिय एकता र दिगो विकासलाई केन्द्रमा राख्दै, NRNA ले विश्वभर फैलिएका नेपालीहरूको ज्ञान, सीप र पूँजीलाई नेपालको विकासमा उपयोग गर्ने दिशामा निरन्तर प्रयास गरिरहेको छ। यसै सन्दर्भमा, गत मार्च महिनामा थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय युवा तथा पिएनो सम्मेलनको अवसरमा गैरआवासीय नेपाली संघ (NRNA) र एसियन इन्टरनेशनल युनिभर्सिटी (Asian International University–AIU) बीच आर्थिक रूपमा विपन्न तर शैक्षिक रूपमा सक्षम दुई जना नेपाली विद्यार्थीलाई निःशुल्क एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने विषयमा समझदारीपत्र (MoU) सम्पन्न भएको थियो। उक्त समझदारीअनुसार आज सोही सहकार्यलाई कार्यान्वयन गर्दै योग्य नेपाली विद्यार्थीहरूका लागि एमबीबीएस छात्रवृत्ति औपचारिक रूपमा घोषणा गरिएको हो। यस कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षा आयोगद्वारा लिइएको Common Entrance Exam (CEE) २०८२ मा उत्तीर्ण भएका, शैक्षिक रूपमा सक्षम तथा आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीहरूमध्ये एनआरएनए र एसियन इन्टरनेशनल युनिभर्सिटीद्वारा आयोजित एमबीबीएस छात्रवृत्ति प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने दुई जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको छ। छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा लुम्बिनी प्रदेश, कपिलवस्तु जिल्ला, शुद्धोदन गाउँपालिका वडा नं. ६ निवासी भुद्दुर कोहारका नाति तथा माधव प्रसाद कोहारका छोरा २१ वर्षीय सचिन कुमार प्रजापति तथा बागमती प्रदेश, चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं. १८ निवासी ईश्वरी दत्त रेग्मीकी नातिनी तथा यमुना रेग्मीकी छोरी २१ वर्षीया भावना रेग्मी रहनुभएको छ। एमबीबीएस छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, होस्टल शुल्क, भोजन शुल्क, भिसा शुल्क, बीमा शुल्क तथा नेपालबाट उज्बेकिस्तान प्रारम्भिक यात्रा र अध्ययन सम्पन्न भएपछि नेपाल फर्किने हवाईजहाजको भाडा (एक पटकका लागि) एसियन इन्टरनेशनल युनिभर्सिटीले व्यहोर्ने व्यवस्था गरिएको छ। अध्ययन अवधिमा कुनै पनि परीक्षामा अनुत्तीर्ण भएमा छात्रवृत्ति स्वतः रद्द हुने र त्यसपछिका सम्पूर्ण खर्च सम्बन्धित विद्यार्थी स्वयंले व्यहोर्नुपर्नेछ। साथै, छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले एसियन इन्टरनेशनल युनिभर्सिटी, उज्बेकिस्तानबाट अध्ययन सम्पन्न गरेपछि नेपाल सरकारले उपलब्ध गराएमा वा तोकेको स्थानमा अनिवार्य रूपमा दुई (२) वर्ष सेवा गर्नुपर्ने शर्त राखिएको छ। यस सम्पूर्ण प्रक्रियालाई सफल बनाउन महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्नुहुने आइसीसी सदस्य आदरणीय डा किसान भण्डारीज्यूलाई विशेष धन्यवाद दिन चाहन्छौं । उहाँको निरन्तर पहल, प्रतिबद्धता र नेतृत्वबिना यो ऐतिहासिक अवसर सम्भव हुने थिएन। साथै यस प्रक्रियामा युनिभर्सिटीका सम्माननीय रेक्टर एस.एस. देखकानोयज्यू सहित एसिया इन्टरनेशनल युनिभर्सिटी (AIU) प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्न चाहन्छौं । अन्त्यमा, यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान दिनुहुने सम्पूर्ण संघका पदाधिकारीज्यूहरू, आयोजक टिम, सहयोगी हातहरू तथा सञ्चारकर्मी मित्रहरूलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछु। मिति : २०८२ पुस २४ तदनुसार ८ जनवरी २०२६

news-img
NRNA Admin • 04 Jan 2026

एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी

गैरआवासीय नेपाली संघ (एनआरएनए) र एशियन इन्टरनेशनल युनिभर्सिटी (एआइयु) बीचको सहकार्यमा सञ्चालन भएको एमबीबीएस छात्रवृत्ति कार्यक्रम अन्तर्गतको छनोट परीक्षा शनिबार सम्पन्न भएको छ। इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस, ललितपुरमा आयोजित उक्त परीक्षामा ९० जना विद्यार्थी सहभागी भएका थिए। परीक्षाअघि परीक्षार्थीहरूलाई शुभकामना दिन एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठ तथा महिला उपाध्यक्ष रोजिना प्रधान परीक्षा केन्द्रमा पुग्नुभएको थियो। यस कार्यक्रमअन्तर्गत उज्वेकिस्तानमा ६ वर्षे एमबीबीएस अध्ययनका लागि २ जना नेपाली विद्यार्थीलाई एनआरएनएले पूर्ण छात्रवृत्ति प्रदान गर्नेछ। छात्रवृत्तिका लागि लिइएको छनोट परीक्षा चिकित्सा शिक्षा आयोगको पाठ्यक्रममा आधारित रहेको छ। कार्यक्रमका अवसरमा एशियन इन्टरनेशनल युनिभर्सिटीका डिन डा. किसन भण्डारीले नेपाली विद्यार्थीलाई चिकित्साशिक्षा प्रदान गर्दै नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्न पाउँदा खुसी लागेको बताउनुभयो। सो अवसरमा चिकित्सक संघका अध्यक्ष अनिल कार्कीको पनि उपस्थिति रहेको थियो। एनआरएनएका अनुसार लिखित परीक्षाको नतिजा सार्वजनिक भएपछि अन्तर्वार्ता प्रक्रिया सञ्चालन गरिनेछ र अन्ततः छनोटमा परेका २ जना विद्यार्थीको नाम पत्रकार सम्मेलनमार्फत चाँडै सार्वजनिक गरिनेछ।

All News

news-img
NRNA • 25 Oct 2018

कृषि प्रवर्धन उपसमिति अन्तर्गत Project Planning को बैठक सम्पन्नः

news-img
NRNA • 14 Oct 2018

गैरआवासीय नेपाली दिवस

news-img
NRNA Admin • 13 Oct 2018

एनआरएन क्षेत्रीय बिज्ञ सम्मेलन अस्ट्रेलिया

अस्ट्रेलियामा क्षेत्रीय बिज्ञ सम्मेलन सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ओसेनिया क्षेत्रको आयोजनामा सीडनीमा प्रथम क्षेत्रीय बिज्ञ तयारी सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ । ओसेनिया क्षेत्रले यस क्षेत्रमा छरिएर रहेका बिज्ञहरुलाई समेटेर उनिहरुले सिकेको शिप र ज्ञानलाई नेपालसम्म पुर्याउने प्रयास स्वरुप पहिलो पटक अस्ट्रेलियाको सीडनीमा एक दिने तयारी बिज्ञ सम्मेलनको आयोजना गरेको हो । अस्ट्रेलिया र न्युजिल्यान्ड जस्तो बिकसीत मुलुकमा महत्वपुर्ण भुमिकामा रहेका नेपाली बिज्ञहरुलाई एकैथलोमा भेला पारेर यहा सिकेको र आर्जेको ज्ञानलाई नेपालमा कसरी हस्तान्तरण गर्न सकीन्छ भन्ने सोचका साथ आयोजना गरिएको कार्यक्रममा केहि महत्वपुर्ण कार्यपत्रहरु प्रस्तुत भएका थिए । यस क्षेत्रमा छरिएर रहेका नेपाली समाजका अगुवाहरुलाई आमन्त्रीतगर्दै गरिएको कार्यक्रममा बिशेषगरी कृषी तथा खाद्य सुरक्षा, स्वास्थ र शिक्षा अनि पुर्वाधार बिकासमा केन्द्रित रहेको थियो । काठमाडौमा अक्टोबर १३ र १४ मा आयोजना हुने गैरआवासीय नेपाली संघको प्रथम बिश्व बिज्ञ सम्मेलनमा यहाँ प्रस्तुत गरिएका महत्वपुर्ण कार्यपत्रहरुलाई समेटिने आयोजक ओसेनियाका क्षेत्रिय संयोजक धर्मराज अधिकारीले बताए । हाम्रो मुख्य उद्देस्य भनेको एक पटकका नेपाली सधैको नेपाली नै हो । बिज्ञ सम्मेलनका उद्देश्य बिदेशमा बस्ने बिज्ञहरुको ज्ञान र शिपलाई नेपालसम्म पुर्याउनु नै हो । जे जे भने पनि गरेपनि हामीले मुलुकमा लगानी गर्न सक्यौ भने मात्र देश बन्ने छ । त्यसका लागि एनआरएनले लगानीको नया बाटोको पहिचान गर्ने बिषयको थालनी गर्ने बिश्वास लिएको छु, संयोजक धर्मराज अधिकारीले बताए । कृषी तथा खाध्य सुरक्षा, पुर्वाधार निमार्ण तथा रेलवे, सुरुङ मार्ग, स्वास्थ तथा शिक्षा जस्ता उपयुक्त बिषयमा केन्द्रित हुन सके यस्ता कार्यक्रम परिणाममुखी बन्ने हुनाले त्यस्ता बिषयलाई ध्यान दिएको अधिकारीले सुनाए । बिज्ञताको कुनै कसी हुदैन , बिदेशमा बसेर गमलामा साग फलाउन सिक्ने पनि बिज्ञ हुन अनि अस्ट्रेलियामा बसेर मुटु फेर्ने डाक्टर कुमुद धिताल सम्म हाम्रो परिप्रेक्षमा बिज्ञ हुन,त्यसैले मुलुक सुहाउदो प्रविधी र लगानी लान सके यस्ता कार्यक्रम सफल हुने कुरामा बिश्वस्त रहेको अधिकारी बताउछन । कार्यक्रममा युवा वर्गलाई केन्द्रित गरेर नेपाली बिध्यार्थीहरुको बिषयमा समेत केहि कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । जसमा काउन्सिल अफ इन्टरनेशन स्टुडेन्ट अस्ट्रेलियाका केन्द्रिय अध्यक्ष विजय सापकोटाले अस्ट्रेलिया नेपाली बिध्यार्थीहरुका लागि कठिन गन्तब्य बन्दै आएको सन्दर्भमा केहि महत्वपुर्ण बिषय उठान गरेका थिए । निकै सहज रुपमा बिध्यार्थीहरुलाई अध्यन भिषा दिएपनि लाखौ डलर खर्च गरेर पढिसकेपछि स्थायीत्वको समस्या कठिन बन्दै गएको परिप्रेक्षमा नेपाल सरकार र बिध्यार्थी तथा अभिभावकले सोच्नुपर्ने बेला आएको सापकोटाले बताए । उनले अहिले अन्तराष्ट्रिय बिध्यार्थीहरुमा १६ प्रतिशत मात्र पीआर पाएको तथ्याकं सार्वजनिक गर्दै भने बिश्वबिद्यालयमा पढेर शिक्षा आर्जन गर्छु भनेर आउने हो भने त्यो ठिकै छ तर पीआर पाउने सोच बनाएर आउने हो भने अस्ट्रेलिया कठिन बनेको छ, सापकोटाले भने । लाखौं खर्च गरेर नेपाली बिध्यार्थी अस्ट्रेलिया आएपनि सो अनुसारको उपलब्धी हुन नसकेकोमा विजयले चिन्ता ब्यक्त गरे । सो सत्रमा पीजे श्रेष्ठ, जेसिका तामाङ, तिर्थराज कार्कीले यहाँको सन्दर्भमा बिध्यार्थीको समसामयीक समस्या र त्यसका चुनौतीका बिषयमा आआफना धारणा राखेका थिए । यस्तै कार्यक्रममा राजु अधिकारी डा. सिताराम घिमिरे, न्युजिल्यान्डका बाबुराजा महर्जन, अमित भट्टराइ, भुपेन्द्र केसी, डा. डिल्ली बन्जाडे, डा. कुशराज श्रेष्ठ, जगदिश तिम्सीना, राम राज ओली लगायतले आ-आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रस्तुत गरिएका कार्यपत्रहरुमा ब्रिसबेनका पार्थ पराजुली र अनन्त कार्कीको नेपालको रोड सेफ्टी र ट्राफीक ब्यबस्थापन अनि डा. केशव कडेंलको आलुको आधुनिक बिउ उत्पादन र संभावना बिषयक कार्यपत्र निकै चाखलाग्दो रहेको थियो । कार्यक्रममा सरसफाइ सम्वन्धी बिषयमा खेम शर्मा जस्ता जोशिला युवाले मुलुकको मुहार फेर्ने बिषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । कार्यक्रममा अस्ट्रेलियाको लागि नेपाली राजदुत लक्की शेर्पाले यस्ता कार्यक्रमहरु देशका लागि निकै महत्वपुर्ण रहने बताउदै मुलुकको बिकासका लागि आर्थिक ब्यबस्थापनसँगै प्राविधिक शक्तीको पनि आवश्यकता रहेको औल्यानु भयो । राजदुत शेर्पाले यतिखेर मुलुकमा युवा शक्तीको खाँचो देखिएको परिप्रेक्षमा दक्ष जनशक्तीले देशको निमार्णका लागि स्वदेश फर्कने अभियानको थालनी गर्नु पर्ने बताउनु भयो । राजदुत शेर्पाले अस्ट्रेलिया नेपाली बिध्यार्थीहरुको आकर्षक गन्तब्य बनेपनि नेपालको गुणस्तर शिक्षाको बिषयमा अभिभावक र बिध्यार्थी गम्भीर नभएको र त्यसमा शैक्षिक निकायहरु पनि जिम्मेबार भएको जानकारी पनि गराउनु भयो । उहाँले बिध्यार्थीहरुमा कठिनाइ उत्पन्न हुदै जाँदा त्यसका जिम्मेबार निकायहरु प्रोभाइडर र परामर्शदाताहरु पनि जिम्मेबार हुनेहुँदा यसतर्फ गम्भीर हुन संकेत गर्नु भयो । कार्यक्रमका बिशेष अतिथी गैर आवासिय नेपाली संघका केन्द्रिय महासचिब डा. बद्री केसीले संसारभर फैलिएको एनआरएन अभियान मुलुकको उन्नती र प्रगतीसँग जोडिएको हुँदा यस्ता बिज्ञ सम्मेलनहरुको निष्कर्षले महत्वपुर्ण उपलब्धी हासिल हुने बिश्वस ब्यक्त गर्नु भयो । डा. केसीले यतिखेर संसारभर फैलिएका गैरआवासीय नेपालीहरुको हक र हितका लागि परेको एनआरएन अभियान देशको मुहार फर्ने अभियानमा लागि परेको छ । राज्यले गैरआवासीय नेपाली नागरिकताको ब्यवस्था र सर्बोच्च अदालतले देश बाहर बस्ने एनआरएनका लागि मताधिकारीको हक प्रदान गरेकोमा खुसी ब्यक्त गर्नु भयो । कार्यक्रममा महासचिब केसी र क्षेत्रिय संयोजक अधिकारीले काउन्सिल अफ इन्टरनेशन स्टुडेन्ट अस्ट्रेलियाका केन्द्रिय अध्यक्ष विजय सापकोटालाई नेपाल र नेपालीको प्रतिष्ठा अभिबृद्धी गरेकोमा एनआरएनकोतर्फवाट सम्मान गर्नु भएको थियो । कार्यक्रममा आइसिसि सदस्यहरुले पनि आआफ्नो मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा एनआरएनको प्रस्तावित बिधानमा छलफल समेत भएको थियो । ओसेनिया क्षेत्र ।

news-img
NRNA • 12 Oct 2018

विधानसभा भव्यतापूर्वक सम्पन्न

news-img
NRNA • 09 Oct 2018

Health Camp by Women Forum

news-img
NRNA • 08 Oct 2018

नेपालको पर्यटन प्रवद्र्धन गर्न एनआरएनएको ’नमस्ते क्याम्पेन’

news-img
NRNA • 08 Oct 2018

शंखमुल घाटमा एनआरएनद्वारा पार्क निर्माण

news-img
NRNA • 07 Oct 2018

एनआरएनएद्वारा लोपोन्मुख खेल डन्डीबियोको आयोजना