गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद हङ्कंगको सहयोगबाट प्राप्त स्वास्थ्य सुरक्षा उपकरण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण

NRNA • 10 May 2020
news-img
आज १० मई २०२० का दिन  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् हङ्कंगको सहयोगमा प्राप्त भएको स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरणहरु आइआर थर्मामिटर ५० थान र केएन नाइन्टी फाइव मास्क ४००० थान नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आज एक समारोह वीच संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखका निर्देश भोगेन्द्र राज डोटेललाई हस्तान्तरण गर्नु भयो । यस समारोहमा गैरआवासीय नेपाली संघ एशिया प्रशान्तका क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठको सहभागीता रहेको थियो ।
यसै सन्दर्भमा संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरण उपलब्ध गराई सहयोग गरेकोमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् हङ्कंगलाई हार्दिक आभार प्रकट गर्नु भयो ।
सचिवालय
गैरआवासीय नेपाली संघ
१० मई २०२०