राहत तथा उद्धारका लागि सहयोगको अपिल

06 Oct 2025

राहत तथा उद्धारका लागि सहयोगको अपिल

लगातारको भारी वर्षाका कारण नेपालका  विभिन्न स्थानहरूमा बाढी र पहिरोका घटनाहरूले ठूलो जनधनको क्षति पुर्‍याएको छ। देशका धेरै ठाउँहरूमा घरबार विहीन भएका परिवारहरू, विस्थापित बालबालिका, वृद्धवृद्धा र गर्भवती तत्काल राहतको प्रतीक्षामा छन्।

यस विपतको घडीमा गैरआवासीय नेपाली संघ (NRNA) सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई मानवीय संवेदनाका साथ प्रभावित नागरिकहरूको राहत तथा उद्धारमा हातेमालो गर्न हार्दिक अपिल गर्दछ।

 सम्पूर्ण गैरआवासीय नेपालीहरू, संघका पदाधिकारी, अभियन्ता तथा शुभेच्छुकहरूलाई यस मानवीय अभियानमा सहभागी भई सहयोग गर्न हार्दिक अनुरोध गर्दछौं।

सहयोगका लागि तल उल्लेखित बैंक खाता नम्बर वा क्यूआर कोड प्रयोग गर्नुहुन अनुरोध गर्दछौं।

 

 

 Global IME Bank's Account number:

Account Number:   03407010441278                                   

Account Name:     NRNA Emergency Fund

Bank Name:        Global IME Bank Ltd.

Branch:           Tripureshwor

Swift Code:        GLBBNPKA