गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीको चौथो  बैठकका महत्वपूर्ण छलफल र निर्णयहरू

29 Dec 2025

प्रेस विज्ञप्ति

मितिः २९  डिसेम्बर २०२५

गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीको चौथो  बैठक मिति २०८२ साल पुस १३   गते (तदनुसार डिसेम्बर २८ २०२५), आइतबार  सम्पन्न भएको  छ।  श्रम, आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा प्रमुख पुष्पराज भट्टराई, परराष्ट्र मन्त्रालयका उपसचिव कृष्ण कुमार सुबेदी तथा उपसचिव राजाराम दाहाल आमन्त्रित बैठकमा गैरआवासीय नेपाली संघको आगामी १२औँ बृहत् महाधिवेशन, संघको विधान  तथा निर्वाचन प्रक्रियासँग सम्बन्धित विषयमा घनिभूत छलफल भयो । महासचिव बाबुराम (बी.आर.) लामाद्वारा सञ्चालित यस बैठकमा देहायबमोजिमका महत्वपूर्ण छलफल र निर्णयहरू गरिएका छन् । 

मुख्य एजेन्डा

                                                       निर्णय

एनआरएन विधान तथा आगामी निर्वाचन प्रक्रिया

यस बैठकमा एनआरएनए  विधान तथा आगामी निर्वाचन प्रक्रिया सम्बन्धमा छलफल गरि निम्नानुसार निर्णय गरिएको छ: 

  • एनआरएनए (विधान), २०२२ लाई पालना गरि १२ औँ महाधिबेशन  सम्पन्न गर्ने l

  • यस सम्बन्धमा बृहत् एकतापछिको बिधानत: केही जटिलता भए कानुनी विज्ञहरुसंग परामर्श लिने  र प्राप्त  परामर्श स्टेरिङ  कमिटीमा ल्याई छलफल गर्ने  र अन्ततः  परराष्ट्र मन्त्रालयमा पत्राचार गर्नेl   

एनसीसी एकता सहजिकरण समिति तथा सदस्यता व्यवस्थापन समितिमा थप सदस्यको नामावली सम्बन्धमा

यस बैठकमा एनसीसी एकता सहजिकरण समिति तथा सदस्यता व्यवस्थापन समितिमा थप गरिएका सदस्य सम्बन्धमा छलफल गरि निम्नानुसार निर्णय गरिएको छ: 

  • दुवै अध्यक्षहरूको सिफारिसअनुसार एनसीसी एकता सहजिकरण समिति तथा सदस्यता व्यवस्थापन समितिमा थप गरिएका २ /२ जना  सदस्यहरुको नामावली अर्को बैठक सम्ममा पेश गर्नेl

स्टेरिङ कमिटी सदस्यको  प्रतिवद्धता पत्र हस्ताक्षर कार्यान्वयन

यस बैठकमा स्टेरिङ कमिटी सदस्य प्रतिवद्धता पत्र हस्ताक्षर कार्यान्वयन सम्बन्धमा छलफल गरि निम्नानुसार निर्णय गरिएको छ: 

  • स्टेरिङ कमिटीका सम्पूर्ण सदस्यहरूले प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नु अनिवार्य हुने प्रावधान अनुसार, आगामी स्टीयरिङ कमिटी बैठकसम्म सबै सदस्यहरूले हस्ताक्षर गरिसक्नु पर्ने l

                                                                                                                                            

गौरीराज जोशी                                                                                                बी.आर लामा

महासचिव                                                                                                           महासचिव