गैरआवासीय नेपाली संघले नवनियुक्त प्रधानमन्त्रीज्यु लाई दिएको शुभकामना सन्देश ।

13 Sep 2025

हार्दिक बधाई तथा शुभकामना

 

नेपालको ४२औँ तथा पहिलो महिला प्रधानमन्त्रीको रूपमा नियुक्त भई देश र जनताको सेवा गर्ने गौरवपूर्ण अवसर प्राप्त गर्नु भएकोमा सम्माननीय सुशीला कार्कीज्यूलाई गैरआवासीय नेपाली संघ र विश्वभरका गैरआवासीय नेपाली हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछौं । 

 

ऐतिहासिक जेन–जी आन्दोलनको मर्मअनुरूप, जनताको हितमा जनताको म्यान्डेटलाई पूरा गर्न यहाँको नेतृत्वमा गठन भएको अन्तरिम सरकार सफल हुनेमा हामी विश्वभरिका गैरआवासीय नेपालीहरू पूर्ण विश्वास राख्दछौं।

 

 नेपाललाई पुनः समृद्ध, शान्त र सुन्दर बनाउने साझा लक्ष्यमा, हामी विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरू नेपाल सरकारसँग हातेमालो गर्दै पूर्ण सहयोग गर्न तत्पर छौं भन्ने प्रतिवद्धता पनि सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष व्यक्त गर्न चाहन्छौं।

 

अन्त्यमा, देशलाई समृद्धिको मार्गमा दृढताका साथ अघि बढाउन विकसित परिस्थितिलाई सहर्ष स्वीकार गर्दै, नवनिर्वाचित सम्माननीय प्रधानमन्त्रीज्यूलाई सबै सरोकारवालाहरूले सहयोग र समर्थन गरिदिनुहुन गैरआवासीय नेपाली संघ हार्दिक अनुरोध गर्दछ।

 

डा. बद्री के.सी.अध्यक्ष 

एवं

गैरआवासीय नेपाली संघ परिवार

मिति: १३ सेप्टेम्बर २०२५

Event document