गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अघि सारेको विश्व ज्ञान सम्मेलन–२०२७ आयोजना तथा दोहोरो कर प्रणाली (Double Taxation) हटाउने सम्बन्धी को प्रस्तावप्रति नेपाल सरकार सकारात्मक देखिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यी दुवै विषय नेपालको आर्थिक विकास, ज्ञान हस्तान्तरण र वैदेशिक लगानी प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै आवश्यक सरकारी सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसै सन्दर्भमा एनआरएनएको प्रतिनिधिमण्डलले डा. स्वर्णिम वाग्लेसँग भेट गरी चौथो विश्व ज्ञान सम्मेलन–२०२७ को अवधारणापत्र हस्तान्तरण गर्दै सम्मेलनलाई नेपाल सरकारको सहकार्यमा आयोजना गर्न अनुरोध गरेको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना मन्त्री डा. विक्रम तिमल्सिनासँग भेट गरी चौथो विश्व ज्ञान सम्मेलन–२०२७ (4th NRNA Global Knowledge Convention 2027), ज्ञान तथा प्रविधि हस्तान्तरण, कृत्रिम बौद्धिकता (AI), लगानी प्रवर्द्धन तथा गैरआवासीय नेपालीसँग सम्बन्धित समसामयिक विषयमा छलफल गरेको छ ।
काठमाडौं, साउन १२। गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. गुणाकर भट्टसँग भेट गरी चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ (4th NRNA Global Knowledge Convention 2027) को अवधारणापत्र प्रस्तुत गर्दै ज्ञान, सीप, प्रविधि, नवप्रवर्तन तथा लगानीमार्फत नेपालको विकासमा सहकार्य गर्ने विषयमा विस्तृत छलफल गरेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष तथा कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समिति (CNC) संयोजक रोजिना प्रधान राईको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयमा माननीय महान्यायाधिवक्ता नारायणदत्त कँडेलसँग शिष्टाचार भेट तथा छलफल गरेको छ।
अस्ट्रेलियामा क्षेत्रीय बिज्ञ सम्मेलन सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ओसेनिया क्षेत्रको आयोजनामा सीडनीमा प्रथम क्षेत्रीय बिज्ञ तयारी सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ । ओसेनिया क्षेत्रले यस क्षेत्रमा छरिएर रहेका बिज्ञहरुलाई समेटेर उनिहरुले सिकेको शिप र ज्ञानलाई नेपालसम्म पुर्याउने प्रयास स्वरुप पहिलो पटक अस्ट्रेलियाको सीडनीमा एक दिने तयारी बिज्ञ सम्मेलनको आयोजना गरेको हो । अस्ट्रेलिया र न्युजिल्यान्ड जस्तो बिकसीत मुलुकमा महत्वपुर्ण भुमिकामा रहेका नेपाली बिज्ञहरुलाई एकैथलोमा भेला पारेर यहा सिकेको र आर्जेको ज्ञानलाई नेपालमा कसरी हस्तान्तरण गर्न सकीन्छ भन्ने सोचका साथ आयोजना गरिएको कार्यक्रममा केहि महत्वपुर्ण कार्यपत्रहरु प्रस्तुत भएका थिए । यस क्षेत्रमा छरिएर रहेका नेपाली समाजका अगुवाहरुलाई आमन्त्रीतगर्दै गरिएको कार्यक्रममा बिशेषगरी कृषी तथा खाद्य सुरक्षा, स्वास्थ र शिक्षा अनि पुर्वाधार बिकासमा केन्द्रित रहेको थियो । काठमाडौमा अक्टोबर १३ र १४ मा आयोजना हुने गैरआवासीय नेपाली संघको प्रथम बिश्व बिज्ञ सम्मेलनमा यहाँ प्रस्तुत गरिएका महत्वपुर्ण कार्यपत्रहरुलाई समेटिने आयोजक ओसेनियाका क्षेत्रिय संयोजक धर्मराज अधिकारीले बताए । हाम्रो मुख्य उद्देस्य भनेको एक पटकका नेपाली सधैको नेपाली नै हो । बिज्ञ सम्मेलनका उद्देश्य बिदेशमा बस्ने बिज्ञहरुको ज्ञान र शिपलाई नेपालसम्म पुर्याउनु नै हो । जे जे भने पनि गरेपनि हामीले मुलुकमा लगानी गर्न सक्यौ भने मात्र देश बन्ने छ । त्यसका लागि एनआरएनले लगानीको नया बाटोको पहिचान गर्ने बिषयको थालनी गर्ने बिश्वास लिएको छु, संयोजक धर्मराज अधिकारीले बताए । कृषी तथा खाध्य सुरक्षा, पुर्वाधार निमार्ण तथा रेलवे, सुरुङ मार्ग, स्वास्थ तथा शिक्षा जस्ता उपयुक्त बिषयमा केन्द्रित हुन सके यस्ता कार्यक्रम परिणाममुखी बन्ने हुनाले त्यस्ता बिषयलाई ध्यान दिएको अधिकारीले सुनाए । बिज्ञताको कुनै कसी हुदैन , बिदेशमा बसेर गमलामा साग फलाउन सिक्ने पनि बिज्ञ हुन अनि अस्ट्रेलियामा बसेर मुटु फेर्ने डाक्टर कुमुद धिताल सम्म हाम्रो परिप्रेक्षमा बिज्ञ हुन,त्यसैले मुलुक सुहाउदो प्रविधी र लगानी लान सके यस्ता कार्यक्रम सफल हुने कुरामा बिश्वस्त रहेको अधिकारी बताउछन । कार्यक्रममा युवा वर्गलाई केन्द्रित गरेर नेपाली बिध्यार्थीहरुको बिषयमा समेत केहि कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । जसमा काउन्सिल अफ इन्टरनेशन स्टुडेन्ट अस्ट्रेलियाका केन्द्रिय अध्यक्ष विजय सापकोटाले अस्ट्रेलिया नेपाली बिध्यार्थीहरुका लागि कठिन गन्तब्य बन्दै आएको सन्दर्भमा केहि महत्वपुर्ण बिषय उठान गरेका थिए । निकै सहज रुपमा बिध्यार्थीहरुलाई अध्यन भिषा दिएपनि लाखौ डलर खर्च गरेर पढिसकेपछि स्थायीत्वको समस्या कठिन बन्दै गएको परिप्रेक्षमा नेपाल सरकार र बिध्यार्थी तथा अभिभावकले सोच्नुपर्ने बेला आएको सापकोटाले बताए । उनले अहिले अन्तराष्ट्रिय बिध्यार्थीहरुमा १६ प्रतिशत मात्र पीआर पाएको तथ्याकं सार्वजनिक गर्दै भने बिश्वबिद्यालयमा पढेर शिक्षा आर्जन गर्छु भनेर आउने हो भने त्यो ठिकै छ तर पीआर पाउने सोच बनाएर आउने हो भने अस्ट्रेलिया कठिन बनेको छ, सापकोटाले भने । लाखौं खर्च गरेर नेपाली बिध्यार्थी अस्ट्रेलिया आएपनि सो अनुसारको उपलब्धी हुन नसकेकोमा विजयले चिन्ता ब्यक्त गरे । सो सत्रमा पीजे श्रेष्ठ, जेसिका तामाङ, तिर्थराज कार्कीले यहाँको सन्दर्भमा बिध्यार्थीको समसामयीक समस्या र त्यसका चुनौतीका बिषयमा आआफना धारणा राखेका थिए । यस्तै कार्यक्रममा राजु अधिकारी डा. सिताराम घिमिरे, न्युजिल्यान्डका बाबुराजा महर्जन, अमित भट्टराइ, भुपेन्द्र केसी, डा. डिल्ली बन्जाडे, डा. कुशराज श्रेष्ठ, जगदिश तिम्सीना, राम राज ओली लगायतले आ-आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रस्तुत गरिएका कार्यपत्रहरुमा ब्रिसबेनका पार्थ पराजुली र अनन्त कार्कीको नेपालको रोड सेफ्टी र ट्राफीक ब्यबस्थापन अनि डा. केशव कडेंलको आलुको आधुनिक बिउ उत्पादन र संभावना बिषयक कार्यपत्र निकै चाखलाग्दो रहेको थियो । कार्यक्रममा सरसफाइ सम्वन्धी बिषयमा खेम शर्मा जस्ता जोशिला युवाले मुलुकको मुहार फेर्ने बिषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । कार्यक्रममा अस्ट्रेलियाको लागि नेपाली राजदुत लक्की शेर्पाले यस्ता कार्यक्रमहरु देशका लागि निकै महत्वपुर्ण रहने बताउदै मुलुकको बिकासका लागि आर्थिक ब्यबस्थापनसँगै प्राविधिक शक्तीको पनि आवश्यकता रहेको औल्यानु भयो । राजदुत शेर्पाले यतिखेर मुलुकमा युवा शक्तीको खाँचो देखिएको परिप्रेक्षमा दक्ष जनशक्तीले देशको निमार्णका लागि स्वदेश फर्कने अभियानको थालनी गर्नु पर्ने बताउनु भयो । राजदुत शेर्पाले अस्ट्रेलिया नेपाली बिध्यार्थीहरुको आकर्षक गन्तब्य बनेपनि नेपालको गुणस्तर शिक्षाको बिषयमा अभिभावक र बिध्यार्थी गम्भीर नभएको र त्यसमा शैक्षिक निकायहरु पनि जिम्मेबार भएको जानकारी पनि गराउनु भयो । उहाँले बिध्यार्थीहरुमा कठिनाइ उत्पन्न हुदै जाँदा त्यसका जिम्मेबार निकायहरु प्रोभाइडर र परामर्शदाताहरु पनि जिम्मेबार हुनेहुँदा यसतर्फ गम्भीर हुन संकेत गर्नु भयो । कार्यक्रमका बिशेष अतिथी गैर आवासिय नेपाली संघका केन्द्रिय महासचिब डा. बद्री केसीले संसारभर फैलिएको एनआरएन अभियान मुलुकको उन्नती र प्रगतीसँग जोडिएको हुँदा यस्ता बिज्ञ सम्मेलनहरुको निष्कर्षले महत्वपुर्ण उपलब्धी हासिल हुने बिश्वस ब्यक्त गर्नु भयो । डा. केसीले यतिखेर संसारभर फैलिएका गैरआवासीय नेपालीहरुको हक र हितका लागि परेको एनआरएन अभियान देशको मुहार फर्ने अभियानमा लागि परेको छ । राज्यले गैरआवासीय नेपाली नागरिकताको ब्यवस्था र सर्बोच्च अदालतले देश बाहर बस्ने एनआरएनका लागि मताधिकारीको हक प्रदान गरेकोमा खुसी ब्यक्त गर्नु भयो । कार्यक्रममा महासचिब केसी र क्षेत्रिय संयोजक अधिकारीले काउन्सिल अफ इन्टरनेशन स्टुडेन्ट अस्ट्रेलियाका केन्द्रिय अध्यक्ष विजय सापकोटालाई नेपाल र नेपालीको प्रतिष्ठा अभिबृद्धी गरेकोमा एनआरएनकोतर्फवाट सम्मान गर्नु भएको थियो । कार्यक्रममा आइसिसि सदस्यहरुले पनि आआफ्नो मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा एनआरएनको प्रस्तावित बिधानमा छलफल समेत भएको थियो । ओसेनिया क्षेत्र ।