10 Aug 2025
मिति : २०२५ /०८/१०
श्री,
सम्पूर्ण पञ्जीकृत सदस्यज्यू,
विषय: Oct 11-14, 2025 काठमाण्डौमा हुने अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि आवेदन दर्ता गर्ने सम्बन्धमा
आदरणीय पञ्जीकृत सदस्यज्यू,
गैरआवासीय नेपाली संघ (NRNA) को २०२२ को विधानको धारा १३.७ अनुसार अन्तर्राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया अन्तर्गत, अन्तिम प्रतिनिधि सूची सम्बन्धित राष्ट्रिय समन्वय परिषद् (NCCs) हरूद्वारा पुष्टि गरी अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सचिवालयमा २०२५ अगस्ट ३१ भित्र पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।
यसै सन्दर्भमा, प्रतिनिधि आवेदन प्रक्रिया २०२५ अगस्ट १० देखि अगस्ट २० सम्म SMART NRNA मोबाइल एपमार्फत खुला गरिँदैछ । महाधिवेशन प्रतिनिधिको छनोट संघको विधानको दफा १३.७, अनुसूची ६ र ६(क), तथा महाधिवेशन प्रतिनिधि व्यवस्थापन नियमावलीमा व्यवस्था भएबमोजिम हुने जानकारी गराइन्छ।
अतः तोकिएको समयावधिभित्र SMART NRNA एपमार्फत आवेदन दर्ता गर्नुहुन सबै योग्य तथा इच्छुक पञ्जीकृत सदस्यहरूलाई अनुरोध गरिन्छ।
एनआरएनए ICC प्रतिनिधि बन्न आवेदन दिने प्रक्रिया:
१. SMART NRNA एप खोल्नुहोस् र लगइन गर्नुहोस्।
२. “Apply Delegates” सेक्सनमा जानुहोस्।
३. ड्रपडाउन मेनुबाट तपाईंले हालै सम्हालेको सर्वोच्च पद चयन गर्नुहोस्।
४. सो पदमा कार्य गरेको कार्यकाल (tenure) निर्दिष्ट गरिएको ढाँचामा उल्लेख गर्नुहोस्।
५. आफ्नो बारेमा थप जानकारी भए टिप्पणी (Remarks) लेख्नुहोस् (वैकल्पिक)।
सम्पूर्ण प्रक्रिया पूरा भएपछि, तपाईंको निवेदन राष्ट्रिय समन्वय परिषद्ले (NCC) रुजु गरी, संघको आधिकारिक वेबसाइटमा प्रतिनिधि नामावली प्रकाशन गरिनेछ।
संलग्न सन्दर्भ सामाग्रीहरु :
भवदीय,
अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC)