पत्रकार सम्मेलन: १२ औं विश्व सम्मेलन एवम् एकता महाधिवेशनलाई ऐतिहासिक र भव्य रूपमा सम्पन्न गर्न भइरहेका पछिल्ला तयारीहरू, कार्यतालिका र मुख्य एजेन्डाहरू बारे

13 Mar 2026

नमस्कार !

 

गैरआवासीय नेपाली संघ  आफ्नो स्थापनाकालदेखि नै "नेपालीका लागि नेपाली"भन्ने मूल मन्त्रका साथ विश्वभर छरिएका नेपालीहरूलाई जोड्ने र मातृभूमिको समृद्धिमा योगदान पुर्‍याउने कार्यमा निरन्तर क्रियाशील छ। यसै सन्दर्भमा, संघको आगामी १२ औं विश्व सम्मेलन एवम् एकता महाधिवेशनलाई ऐतिहासिक र भव्य रूपमा सम्पन्न गर्न भइरहेका पछिल्ला तयारीहरू, कार्यतालिका र मुख्य एजेन्डाहरूबारे आम सञ्चारमाध्यममार्फत सबैमा जानकारी गराउनका लागि पत्रकार सम्मेलन आयोजना गरिएको छ।

उक्त कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।

 

कार्यक्रमको विवरण

 मिति :  २०८२ फागुन २९ गते, शुक्रबार

 समय : अपरान्ह ४  बजे

 स्थानः  होटेल सोल्टी, सुरसुधा हल, काठमाडौँ।