१८ मे : राष्ट्रिय समन्वय परिषद (एनसीसी) आयरल्याण्डका पदाधिकारीहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल सरकारसँग भएका नीतिगत बैठकहरू, गैरआवासीय नेपाली नागरिकताको मस्यौदामा दिइएका सुझावहरू, प्रवासी नेपालीहरूका अधिकार तथा सरोकारका विभिन्न विषयमा विस्तृत छलफल र जानकारी आदानप्रदान गरिएको थियो। भेटघाटका क्रममा १७ औँ युरोप क्षेत्रीय सम्मेलनको तयारी, संगठनको सुदृढीकरण तथा आगामी कार्ययोजनाहरूबारे पनि गहन छलफल भएको थियो। साइडलाइन कार्यक्रम अन्तर्गत राष्ट्रिय समन्वय परिषद (एनसीसी) आयरल्याण्ड र गरिमा मेमोरियल फाउण्डेसनको संयुक्त आयोजनामा डब्लिनमा क्यान्सर रोकथाम तथा नियन्त्रण सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ।
प्रवासमा रहेका नेपाली समुदायको स्वास्थ्य सुरक्षाका लागि नियमित सचेतनामूलक तथा स्वास्थ्य शिविर कार्यक्रमहरू आवश्यक रहेको धारणा राखिएको छ l
सो अवसरमा एनसीसीआयरल्याण्डद्वारा सञ्चालित नेपाली भाषा तथा संस्कार कक्षाको अवलोकन गरिएको थियो। सो अवसरमा उहाँले विदेशमा हुर्कंदै गरेका दोस्रो पुस्ताका नेपाली बालबालिकाहरूमा मातृभाषा, संस्कार र सांस्कृतिक पहिचानको संरक्षण अत्यन्त महत्वपूर्ण रहेकोमा जोड दिइएको छ l