रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला सुरु

NRNA Admin • 18 Apr 2026
news-img
गैरआवासीय नेपाली संघ (NRNA) र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को सहकार्यमा चार दिने आवासीय रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला सुरु भएको छ। यस कार्यशालामा मध्यपूर्वका देशहरू सहित मलेसिया(राष्ट्रिय समन्वय समिति) का पदाधिकारीहरूको सहभागिता रहेको छ।
कार्यशालाको मुख्य उद्देश्य NRNA अन्तर्गतका NCC तथा सचिवालयका कर्मचारीको समेत क्षमता अभिबृद्दि गरि समग्र संरचनालाई थप सुदृढ, सक्षम र प्रभावकारी बनाउनु रहेको छ। यसमार्फत संस्थागत क्षमता विकास, नेतृत्व सुदृढीकरण तथा समन्वय प्रणालीलाई अझ व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।