नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा गैरआवासीय नेपाली संघको सहभागीता १ जनवरी २०२०

NRNA • 01 Jan 2020
news-img
सम्माननीय राष्ट्रपतिज्यूको प्रमुख आतिथ्यतामा आयोजना भएको नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा गैरआवासीय नेपाली संघको तर्फबाट निवर्तमान अध्यक्ष तथा संरक्षक भवन भट्ट, उपाध्यक्ष सोनाम लामा लगायतको टोलीको सहभागीता रहेको थियो । उक्त टोलीले सो समारोहमा संघको झण्डा लिएर मार्च पास गरेको थियो ।
अष्ट्रेलिया टोलीलाई स्वागतः
यसै दिन बिहान ११ बजे तिर नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० योजना सफल बनाउन एनआरएन अस्ट्रेलियाको एक टोली नेपाल आएको छ ।
विदेशी र नेपाली मुलका अस्ट्रेलियन नागरिक लिएर उक्त टोली नेपाल आईपुगेको हो। यो टोलीको संयोजन एनसिसि अष्ट्रेलियाका सदस्य खेम शर्मा र गैरआवासीय नेपाली संघका पुर्व युवा संयोजक विजय पोखरेलले गरेका छन्।
त्रिभुवन विमानस्थलमा उक्त टोलीलाई एनआरएनका भ्रमण वर्ष संयोजक तथा निर्वतमान अध्यक्ष भवन भट्टले फुलमाला र खादा लगाएर स्वागत गरेका थिए। संसारका करिब ८१ राष्ट्रमा फैलिएको गैरआवासीय गैरआवासीय नेपाली संघले विश्वभरी छरिएर रहेका नेपालीहरुलाई एनसिसिहरु मार्फत स्थानीय राजदूतावाससँग मिलेर जनवरीको पहिलो साता भ्रमण वर्षको शुभारम्भ कार्यक्रम गर्न लागेको समेत निवर्तमान अध्यक्ष भट्टले जानकारी दिनु भएको छ ।
गैरआवासीय नेपाली संघ ।