दोस्रो पुस्ता लक्षित ग्लोबल कन्क्लेव तयारीका लागि विचार–विमर्श बैठक सम्पन्न

NRNA Admin • 26 Apr 2026
news-img

अप्रिल २६ : दोस्रो पुस्ताका नेपाली युवाहरूलाई लक्षित गर्दै ग्लोबल कन्क्लेव आयोजना गर्ने तयारीस्वरूप 
भर्चुअल  विचार–विमर्श बैठक सम्पन्न गरिएको छ । बैठकमा कन्क्लेवको उद्देश्य, संरचना तथा विश्वभरका दोस्रो पुस्ताका नेपाली युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा प्रारम्भिक छलफल गरिएको थियो।
संघले नेपाली मूलका बुवा–आमाबाट विदेशमा जन्मिएका दोस्रो पुस्ताका युवाहरूलाई नेपाली पहिचान, संस्कृति र समुदायसँग जोड्ने उद्देश्यले यो अभियान अघि बढाएको हो।
सो अवसरमा विश्वभर रहेका गैरआवासीय नेपाली समुदायलाई आफ्ना सन्तानहरूलाई यस अभियानमा सहभागी गराउन पनि आग्रह गरेको छ।