डा. हेमराज शर्माको नेतृत्वमा एनआरएनएको टोलीले महासंघसँग भेट, पूँजी–सीपलाई विकाससँग जोड्न आग्रह

NRNA Admin • 20 Mar 2026
news-img

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वको नवनिर्वाचित कार्यसमितिको टोलीले नेपाल उद्योग वाणिज्य महासंघसँग भेटघाट गरेको छ। उक्त भेटमा गैरआवासीय नेपालीहरूको पूँजी, सीप र अनुभवलाई नेपालको आर्थिक विकाससँग जोड्ने विषयमा महत्वपूर्ण छलफल भएको छ।

महासंघको सचिवालय, टेकुमा सम्पन्न भेटमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले गैरआवासीय नेपालीहरू नेपालको विकासमा साझेदार बन्न प्रतिबद्ध रहेको बताउनुभयो। “हामीले एकताको महाधिवेशनमार्फत डायस्पोरालाई एकजुट बनाएका छौं। अब हाम्रो ध्यान ज्ञान, सीप र पूँजीलाई नेपालको विकासमा लगाउनेतर्फ केन्द्रित छ,” उहाँले भन्नुभयो।

उहाँले एनआरएनए र महासंघबीच सहकार्य अझ सुदृढ गर्दै ठोस परिणाम दिने खालका कार्यक्रम अघि बढाइने समेत उल्लेख गर्नुभयो।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै एनआरएनएलाई लगानी तथा सहकार्यका लागि आह्वान गर्नुभयो। उहाँले महासंघको पहलमा नीतिगत तथा प्रक्रियागत सुधारहरू हुँदै गएको र लगानीका लागि वातावरण सहज बन्दै गएको धारणा राख्नुभयो।

“नीतिगत जटिलता न्यूनीकरण, वैदेशिक लगानी भित्र्याउन अनुकूल वातावरण निर्माण र प्रक्रियागत सरलीकरणका लागि हामीले नेपाल सरकारसँग निरन्तर पहल गरिरहेका छौं। सहकार्यलाई अझ प्रभावकारी बनाउन सके नेपाल र नेपालीका लागि ठूलो उपलब्धि हासिल गर्न सकिन्छ,” अध्यक्ष ढकालले भन्नुभयो।

उहाँले महासंघको पहलमा १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड’ स्थापना गरिएको जानकारी दिँदै ऊर्जा, पूर्वाधार, पर्यटन तथा अन्य उत्पादनशील क्षेत्रमा लगानी प्रवर्द्धन भइरहेको बताउनुभयो। साथै, उक्त कम्पनीमार्फत सहलगानीका लागि एनआरएनएलाई आग्रह गर्नुभयो।

भेटघाटमा पर्यटन, ऊर्जा, पूर्वाधार विकास, यातायात, सूचना प्रविधि लगायतका प्राथमिकता प्राप्त क्षेत्रमा लगानीका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो।