गैरआवासीय नेपाली संघको बृहत् एकता कार्यक्रम सम्पन्न

NRNA Admin • 30 Nov 2025
news-img

 गैरआवासीय नेपाली संघ (एनआरएन) को  बृहत् एकता कार्यक्रम सम्पन्न भएको छ । सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा  एघारौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा. बद्री केसी र एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष  महेश श्रेष्ठले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

कार्यक्रममा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले बृहत् एकताका लागि बधाई ज्ञापन गर्दै सबै मनोमालिन्यलाई  मेटाएर संघलाई एकसुत्रिय अभियानमा लैजाने क्रममा  कोशेढुँगा  भएको बताउनुभयो । उहाँले भन्नुभयो, भाइ फुटे गवार लुटे  भन्ने त थाहै छ, त्यसैले मिलेर जाँदा राम्रो सन्देश जान्छ फुटेर कतै पुगिन्न ।

 माननीय सूचना–सञ्चार मन्त्री जगदीश खरेलले एनआरएनलाई गैर–राजनीतिक बन्न आग्रह गर्दै ‘एकता कागजमा मात्र होइन, मन र मस्तिष्कमा पनि कायम होस्’ भन्नुभयो।”

 कार्यक्रममा अध्यक्षद्दय डा बद्री केसी र महेश श्रेष्ठले मुलुकमा फेरिएको परिस्थितिपछि विदेशमा रहेका नेपालीहरूको हक हित, र  अधिकारको संरक्षण तथा नेपालको समग्र समृद्धिमा योगदान पु¥याउन  र विश्वभरिका गैरआवासीय नेपालीहरु एकमत रहेको सन्देश दिने उद्देश्यले बृहत् एकता गरेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा  झण्डै डेढ सय एनआरएनए प्रतिनिधिको उपस्थिति रहेको थियो ।