आईसीसीका अध्यक्ष र महासचिवसँग क्षेत्रीय समन्वय परिषद् (Regional Coordination Committee) बीचको बैठक सम्पन्न भएको छ। बैठक जुम माध्यमबाट सम्पन्न गरिएको हो।
बैठकमा क्षेत्रीय गतिविधि समीक्षा, एनआरएनए–एनसीसी एकीकरण, आगामी आईसीसी बैठकका एजेन्डा, एनआरएनए ऐन, ग्लोबल नलेज कार्यक्रम, दोस्रो पुस्ता सम्मेलन, महिला सम्मेलन, क्षेत्रीय सम्मेलन तथा अन्य रणनीतिक विषयमा छलफल गरिएको थियो।
बैठकले एनआरएनएलाई पुनः ब्रान्डिङ गर्दै संगठनात्मक लक्ष्य र उद्देश्य हासिल गर्ने दिशामा अघि बढ्ने निष्कर्षसहित सम्पन्न भएको छ।