एनआरएनए आईसीसी उपाध्यक्ष तथा कार्यकारी बैठक सम्पन्न

NRNA Admin • 15 May 2026
news-img

गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको उपाध्यक्ष तथा कार्यकारी बैठक सम्पन्न भएको छ। बैठकको सहजीकरण महासचिवले गर्नुभएको थियो।

बैठकमा संस्थागत समन्वय, रणनीतिक योजना, विभागीय प्रतिवेदन, अन्तर्राष्ट्रिय सहकार्य, सदस्यता प्रमाणीकरण, एनसीसी एकीकरण, लगानी तथा व्यापार, महिला सशक्तिकरण, कल्याणकारी कार्यक्रम तथा ECOSOC दर्ता प्रक्रिया लगायतका विषयमा छलफल गरिएको थियो।

बैठकले संगठनात्मक गतिविधिलाई थप प्रभावकारी, पारदर्शी र कार्यान्वयनमुखी बनाउने निर्णयसहित सम्पन्न भएको छ।