गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राष्ट्रिय समन्वय परिषद् (एनसीसी) एकता प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माले यूरोप भ्रमणका क्रममा एनसीसी एकताको शुभारम्भ फ्रान्सबाट गर्नुभएको हो।
काठमाडौंमा ‘फेस–टु–फेस’ बैठक सम्पन्न गरिसकेपछि अध्यक्ष शर्मा फ्रान्स पुग्नुभएको थियो। त्यहाँ लामो समयदेखि समानान्तर रूपमा सञ्चालन हुँदै आएका दुई समूहबीच सहमति जुटाउँदै एकीकृत कार्यसमिति गठन गरिएको छ। भेलाले दिलीप गुरुङको नेतृत्वमा एनआरएनए फ्रान्सको नयाँ कार्यसमिति चयन गरेको हो।
अध्यक्ष डा शर्मा ले “आईसीसी एकता पश्चात् एनसीसी एकता आफ्नो प्राथमिकतामा रहेको” उल्लेख गर्नुहुँदै फ्रान्सबाट सुरु भएको एकता प्रक्रिया अन्य देशहरूमा समेत क्रमशः विस्तार हुने विश्वास व्यक्त गर्नुभएको छ।