NRNA 3rd Africa Regional Meeting

Event : NRNA 3rd Africa Regional Meeting
Location : Kampala, Uganda
Date : 29th & 30th December 2018
Host : NCC Uganda

Theme : "Sharing Development Experiences Together"

The Third Africa Regional Meeting of Non-Resident Nepali Association ( NRNA) will be held in Kampala, the capital of Uganda on December 29-30. 


'Development experiences exchange' is the theme for the meeting this year where African experts and Nepali experts living in Africa will exchange experiences of development activities of African countries. 


Working papers on experiences of African investors in Nepal, of African tourism industry and human trafficking will also be presented, said Sunil Karki, Regional Coordinator of NRNA-Africa. 


On the occasion, the predicaments facing Nepali workers in African countries will also be shared. 
The meeting would be attended by representatives from the National Coordination Council, International Coordination Council of 17 different countries of Africa as well as other countries in other continents. 


Nepali artists together with the African ones will show cultural performances during the meeting. According to the National Coordination Council, Uganda a seminar of Nepali language and literature will be held on the sidelines of the meeting. 

2018-12-28 - 2018-12-30

kampala uganda

event

गैरआवासीय नेपाली संघ अफ्रिकाको तेस्रो क्षेत्रीय बैठकद्वारा जारी
कम्पाला घोषणापत्र २०१८

गैरआवासीय नेपाली संघ अफ्रिकाको तेस्रो क्षेत्रीय बैठक युगाण्डाको राजधानी कम्पालामा डिसेम्बर २९ र ३०, २०१८ (२०७५ पुस १४ र १५ गते) सफलताका साथ सम्पन्न भयो । बैठकमा अफ्रिका क्षेत्रका एक दर्जनभन्दा बढी मुलुकमा कार्यरत १५० जनाभन्दा बढी नेपालीको सहभागिता रहेको थियो । बैठकलाई उच्च प्राथमिकता दिंदै उद्घाटन सत्रमा इजिप्टस्थित नेपाली राजदूत झबिन्द्र अर्याल तथा युगाण्डा सरकारका सम्माननीय राष्ट्रपतिका प्रतिनिधि युगाण्डा रेजिडेन्ट डिस्ट्रिक्ट कमिश्नर श्रीमती हाइट हावा नामुजेनीको उपस्थिति रह्यो भने कार्यक्रममा कम्पाला नगर प्राधिकरण सम्बन्धी मन्त्री बेटी काम्या नामिसाग्यो र युगाण्डा सरकारका पर्यटन राज्यमन्त्री किवाण्डा गोडीफ्रे स्सुवी लगायत युगाण्डा सरकारका विभिन्न निकाय तथा संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति तथा प्रस्तुती रह्यो ।
दुईदिने यो सम्मेलन निम्न १२ बुँदे कम्पाला घोषणापत्र जारी गर्दछ ।
१. नेपालको पर्यटन, पूर्वाधार लगायतका क्षेत्रको विकासमा अफ्रिकी मुलुकको अनुभवबाट सिक्न सकिने भएकोले नेपाल र अफ्रिकाबीचको सहकार्यका लागि पहल गरिदिन नेपाल सरकार र एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई यो बैठक आग्रह गर्दछ ।
२. नेपालबाट अफ्रिकी मुलुक हुँदै अवैधानिक रुपमा युरोप र अमेरिकामा छिर्ने लोभले मानव बेचबिखनको समस्या बढ्दो छ । युरोप र अमेरिका जाने प्रलोभनमा अफ्रिकी मुलुकमा आएका त्यस्ता नेपालीले अनेक दुःखकष्ट भोग्नु परेको यथार्थ हाम्रा सामु छ । यो क्रम तत्काल रोक्नका लागि कडाई गर्दै सचेतना कार्यक्रम संचालन गर्न नेपाल सरकारलाई आग्रह गर्दछ ।
३. वैधानिक रुपमा अफ्रिकी मुलुक आउने नेपालीहरुलाई समेत नेपाल र भारतका विमानस्थलमा त्यहाँका कर्मचारीले अनावश्यक दुःख दिने गरेका छन् । वैधानिक रुपमा आउनेहरुलाई यसरी अनावश्यक दुःख दिने काम तत्काल बन्द गरी आवतजावत सहज बनाउन नेपाल सरकारसंग यो बैठक आग्रह गर्दछ ।
४ पछिल्लो समय अफ्रिकाका विभिन्न मुलुकमा रोजगारीमात्र नभई लगानीकर्ता र विज्ञका रुपमा नेपालीको उपस्थिति बढ्दो छ । तर हाल इजिप्ट र दक्षिण अफ्रिकामा मात्र नेपाली दूतावास रहेको हुँदा अन्य मुलुकमा कार्यरत नेपालीले समस्या भोग्नुपर्ने वाध्यता छ । यो यथार्थलाई ध्यानमा राखी पूर्वी र पश्चिम अफ्रिकी मुलुकमा कम्तीमा एक एक वटा दूतावास खोल्नका लागि नेपाल सरकारसंग आग्रह गर्ने र तत्काल ती र अन्य मुलुकमासमेत अवैतनिक महावाणिज्यदूत नियुक्त गर्नका लागि नेपाल सरकारसमक्ष यो बैठक अनुरोध गर्दछ । त्यसमा महावाणिज्यदूत छनौट गर्ने प्रकृयामा सघाउन संघ तयार रहेको छ ।
५. नेपाल र अफ्रिकामा आपसी लगानीका पर्याप्त संभावना रहेका छन् । ती संभावनालाई ध्यानमा राखेर नेपाल र अफ्रिकाबीच लगानीका लागि समन्वय तथा सहजीकरण गर्न सम्बन्धित सबैलाई आग्रह गर्दछ ।
६. एनआरएनएको पहलमा नेपालमा हुने एकीकृत लगानीका क्षेत्रमा अफ्रिकामा कार्यरत नेपालीहरु सहभागी हुने यो बैठक प्रतिबद्धता जनाउँछ । साथै, नेपालमा लगानीका लागि नेपाल सरकारसंग सहकार्य गर्न यो बैठक युगाण्डा तथा अन्य अफ्रिकी सरकारलाई आग्रह गर्दछ ।
७. अफ्रिकाका विभिन्न मुलुकमा कार्यरत नेपाली समुदायलाई आधिकारिक रुपमा मान्यता दिलाई उनीहरुको बसोबास सहज बनाउनका लागि त्यहाँका सरकारसंग पहल गरिदिन यो बैठक नेपाल सरकारलाई आग्रह गर्दछ ।
८. पछिल्लो समय अफ्रिकाका कतिपय मुलुक नेपालीका लागि रोजगारीको आकर्षक गन्तव्य भएका छन् । ती मुलुकमा सरकारी स्तरबाटै सहमति गरी रोजगारीमा पठाउने र रोजगारीमा जानेहरुको अधिकार सुनिश्चितताका लागि यो बैठक नेपाल सरकारलाई आग्रह गर्दछ ।
९. अफ्रिकी मुलुकसंग व्यापार प्रबर्द्धन गर्न DTAA, BIPPA जस्ता सन्धिका लागि पहल गर्न नेपाल सरकारसंग अनुरोध गर्दछ ।
१०. गैरआवासीय नेपाली संघले विगतदेखि नै जोड दिंदै आएको वैदेशिक रोजगारीमा आएकाहरुको सामाजिक सुरक्षा सुनिश्चित गर्ने “हजारे अभियान” संचालन सम्बन्धमा सरकारले कार्यदल बनाई काम अघि बढाएकोमा नेपाल सरकारलाई धन्यवाद दिंदै चाँडै यस्तो किसिमको सामाजिक सुरक्षा कार्यक्रम थालनी गर्न सरकार समक्ष यो बैठक अनुरोध गर्दछ ।
११. एनआरएनए अफ्रिकाको तेस्रो सम्मेलनको सहआयोजक इजिप्टस्थित नेपाली दूतावासको कदर गर्दै सम्मेलनको प्रमुख आतिथ्यता ग्रहण गरिदिनु भएकोमा नेपाली राजदूत झबिन्द्र अर्याल र नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गरियो ।
१२. एनआरएनए तेस्रो अफ्रिका सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नका लागि युगाण्डा सरकार र त्यहाँका जनताको सहयोग र सद्भावका लागि हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तरताको अपेक्षा गर्दछ। साथै, सम्मेलनमा सहभागी कम्पाला नगर प्राधिकरण सम्बन्धी मन्त्री मदाम बेटी काम्या नामिसाग्यो, युगाण्डा सरकारका पर्यटन राज्यमन्त्री किवाण्डा गोडीफ्रे स्सुवी लगायत युगाण्डा सरकारलाई यो सम्मेलन धन्यवाद ज्ञापन गर्दछ ।

कम्पाला, युगाण्डा