हार्दिक अनुरोध
गैरआवासीय नेपाली संघ (NRNA) र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को संयुक्त सहकार्यमा प्रवासमा रहेका नेपाली श्रमिकहरूलाई लक्षित गर्दै भर्चुअल माध्यमबाट मनोसमाजिक परामर्श कार्यक्रम आयोजना गर्न लागिएको छ। यस कार्यक्रमको उद्देश्य प्रवासमा रहेका नेपाली श्रमिकहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी सहयोग, सचेतना तथा परामर्श प्रदान गर्नु रहेको छ।
प्रवासमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस कार्यक्रममा सहभागी भई लाभान्वित हुन हार्दिक अनुरोध गर्दछौं।
कार्यक्रमको विवरण:
मिति: नोभेम्बर १४, २०२५ (शुक्रवार)
समय: साँझ ५ बजे (नेपाली समय)
माध्यम: भर्चुअल (Zoom)
2025-11-14 - 2025-11-14