सूचना: मिति २०८२ भदौ ३० गतेदेखि (१५ सेप्टेम्बर २०२५) अर्को सूचना जारी नभएसम्मका लागि संघको सचिवालय अस्थायी रूपमा बन्द रहने बारे
सूचना
जेन-जी आन्दोलनको क्रममा बालुवाटारस्थित गैरआवासीय नेपाली संघको मुख्य सचिवालय रहेको भवन आंशिक रूपमा क्षतिग्रस्त भएको हुँदा यसको पुनर्निर्माण सम्पन्न नभएसम्म मिति २०८२ भदौ ३० गतेदेखि (१५ सेप्टेम्बर २०२५) अर्को सूचना जारी नभएसम्मका लागि संघको सचिवालय अस्थायी रूपमा बन्द रहने जानकारी गराइन्छ। यद्यपि, सचिवालयका सम्पूर्ण कार्यहरू घरबाट (Work From Home) सम्पादन गर्ने व्यवस्था गरिएको छ। यस व्यवस्थाबाट अत्यावश्क सेवा प्रवाहमा कुनै असर नपर्ने विश्वास दिलाउँदछौँ।
यस क्रममा पर्न सक्ने असुविधाप्रति क्षमा पार्थी छौं । सबैको सहयोगका लागि धन्यवाद ।
फणिन्द्र पन्त
प्रवक्ता
अन्तर्राष्ट्रिय समन्वय परिषद्
गैरआवासीय नेपाली संघ
१५ सेप्टेम्बर २०२५