गैरआवासीय नेपाली र दोहोरो नागरिकता - डा. उपेन्द्र महतो (श्रोत: कान्तिपुर, २० कार्तिक २०६३)
प्रवासी नेपालीलाई दोहोरो नागरिकता दिने विषयले जसरी समाजमा बहसको रूप लिँदै गएको छ, त्यसले हामीलाई उत्साहित बनाएको छ । नेपालमा भइरहेको राजनीतिक परिवर्तनको पृष्ठभूमिमा विदेशिएका नेपालीहरूको दोहोरो नागरिकताको चाहना वृद्धि हुनु स्वाभाविक छ । गैरआवासीय नेपालीको काठमाडौंमा आयोजित दोस्राे विश्व सम्मेलन, जर्मनीको बोन सहरमा आयोजित दोस्रो क्ष्ाेत्रीय सम्मेलन, टोक्यो, लन्डन, सिकागो वा मस्कोमा आयोजित स्थानीय सम्मेलन हुन् वा हालै काठमाडौंमा सम्पन्न एनआरएन दिवस सबै ठाउँमा विभिन्न देशबाट आएका प्रतिनिधिले दोहोरो नागरिकताको कुरालाई जोडदार ढङ्गले दोहोर्याइरहेका छन् । अन्तरिम संविधानको मस्यौदामा नपरेपछि हामीले यस विषयलाई अझ प्रभावकारी तरिकाले उठाउने आवश्यकताबोध गरेका छौं ।