दोहोरो नागरिकताको विरोध गर्नुपर्ने कुनै आधार छैन: रामप्रताप थापा (नेपाल समाचारसंगको कुराकानी)
Source: NRNA

रामप्रताप थापा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदका उपाध्यक्ष हुन् । अहिले एनआरएनको तेस्रो अन्तराष्ट्रिय सम्मेलनको तयारी जोडतोडले शुरु भइसकेको छ साथै अब नेतृत्व कसले लिने भन्ने होडवाजी र अनुमान समेत शुरु भइसकेको छ । जनआन्दोलन २ को सफलतासंगै नेपाल राजनीतिक रुपमा कोल्टेफेर्ने प्रयासमा रहेका छन् भने यो संगैं ग्रैर अवासिय नेपालीहरु पनि आफ्नो मुद्धाहरु अब सुल्टने हो कि भन्ने आशामा रहेका छन् । ग्रैर आवासिय नेपाली ऐन, दोहोरो नागरिकता, सहज लगानीको वातावरण लगायतका मुद्धाहरु अझै थाति रहेको बेलामा अब भने कतै ति मुद्धा सुल्टीने होकि भन्ने आशामा रहेको पुर्वसुन्ध्यामा श्री थापासंग हामीले यही विषयमा केन्द्रित भएर कुराकानी गरेको छौं । प्रस्तुत छ नेपालसमाचार डटकमका लागी चिरन शर्माले गरेको कुराकानीको मुख्य अशं ।

कोरियाली कोटा जोगाउने उपाय: डा त्रिलोचन उप्रेती श्रोत: कान्तिपुर, २८ बैशाख २०६४
Source: NRNA

कोरिया नेपाली श्रमिकको आकर्षक श्रमबजार हो । पन्ध्रवर्षदेखि दसहजार नेपालीले त्यहाँ काम गरेका छन् । तत्कालीन सरकार र वैदेशिक रोजगार व्यवसायी बीच श्रमिक पठाउने विषयमा विवाद भएको र त्यो सर्वोच्च अदालतसम्म पुगेको थियो । परिणामस्वरूप कोरियाले नेपालबाट श्रमिक  नलैजाने निर्णय गर्‍यो । कारण श्रमिकलाई अत्यधिक शोषण हुने गरी ठूलो रकम लिनु -आठलाखसम्म) आदि थिए ।

Developing private enterprises: Issues and prospects - Ram Babu Nepal
Source: NRNA

Developing countries are facing the critical challenges of alleviating poverty and correcting inequalities in the distribution of income and opportunities, delivering the basic goods and services, stabilizing and sustaining the levels of growth and development achieved. Private enterprises can make meaningful contribution in facing these challenges in a number of ways including industrial development, increase in production and productivity, investment and trade and providing employment opportunities to the growing number of economically active population.

निष्पक्ष न्याय दिने क्षमता चुक्दै गएको छ � नेपाल साप्ताहिकको डा सूर्य सुवदीसंगको सम्वाद
Source: NRNA

डा सूर्य सुवेदी बेलायतको लिड्स विश्वविद्यालयमा कानूनका प्राध्यापक हुनुहुन्छ । उहाँ पछिल्लो समय नेपालका घटनाक्रमहरुलाई नजिकबाट नियालिरहनु भएको छ । प्रस्तुत छ, डा सुवेदीसंग किशोर नेपालको संवादः  वैशाख आन्दोलनपछि देशको अवस्थालाई कसरी नियाल्नु भएको छ - वैशाख आन्दोलनपछि आकांक्षा र अपेक्षाहरूको बाढी आएको छ । आकांक्षाहरू वास्तविक धरातलमा टिकेका छैनन् । मुलुकको साधन र स्रँेतले भ्याउन नसक्ने खालका आवश्यकताहरू देखापरेका छन् । आकाङ्क्ष्ँँ राख्ने सपना देख्ने र प्रगति गर्ने नैर्सर्गिक अधिकार हो मानिसको । नेपाली जनताले पनि महान् जनआन्दोलनपछि आफ्ना आकाङ्क्ष्ँाहरूलाई अभिव्यक्ति दिएका छन् भने यसलाई अस्वाभाविक भन्न मिल्दैन ।

नेपालीले अमेरिका छिचोल्दा नवराज रोस्यारा (श्रोत: कान्तिपुर, २२ बैशाख २०६४)
Source: NRNA

विश्वको सबैभन्दा शक्तिशाली, विकसित र धनी राष्ट्र भएको छाप पार्न अमेरिकी सरकारलाई सफलता मिलिरहेको छ । त्यसैले गरिब मुलुकका नागरिकले अमेरिका पुग्ने सपना देख्नु अस्वाभाविक होइन । फरक यत्ति हो, कसैले त्यहा� पुगेर धनसम्पत्ति थुपार्ने सपना देख्छ भने कसैले त्यहा� पुगेर यथार्थ बुझ्ने । प्राध्यापक अभि सुवेेदीलाई समेत भिसा दिन अस्वीकार गरिएपछि अमेरिका पुगेर वास्तविकता बुझ्ने मेरो योजना झन् बलियो भएको थियो । त्यही सपना पूरा गर्न अमेरिकाको ६ हप्ते पर्यटक बन्ने योजनासाथ नेपाली कलाकारहरूले भरिएको बाल्टिमोरमा उत्रिएको थिए� म । आफ्नो देशको नवआगन्तुकलाई हरेक नेपालीले सहयोगी भावना दर्शाउ�दारहेछन् अमेरिकामा । 'काम भेट्टाइसक्नुभयो - नभए उता डाउन टाउनमै मेरो काम गर्ने ठाउ�, एकजना इन्डियनको सववे -फास्टफुड रेस्टुरा�) छ । भिजिट भिसामै आएको भए पनि त्यहा� काममा लगाइदिन सक्छु म तपाईंलाई ।'

एनआरएन एसिया प्यासिफिक क्षेत्रको हङकङ भेला उपलव्धीपूर्ण हुनेछ
Source: NRNA

डा. कुमार बस्नेतको जन्म काठमाडौंको थानकोट (वाड भञ्ज्याङ) सन् १९७४ मे ५ मा भएको हो । उहाँले सिद्धार्थ वनस्थलीबाट विद्यालयस्तरीय शिक्षा र जापानस्थित सोफिया विश्वविद्यालयबाट इलेक्टि्रकल इलेक्ट्रोनिक्स इञ्जिनियरिङमा स्नातक, स्नातकोत्तर र पीएचडी गर्नुभएको छ । विद्यार्थी जीवनदेखि नै सामाजिक कार्यमा अग्रसर हुँदै आउनुभएका डा. बस्नेतले जापानमा मात्र नभई विश्वव्यापी रुपमा विभिन्न संघ/संस्थाहरुको नेतृत्वदायी तहमा बसेर काम गरिसक्नु भएको छ ।

नयाँ नेपालमा बहुराष्ट्रिय कम्पनी ? प्रदीप खनाल(श्रोत: कान्तिपुर)
Source: NRNA

अन्ततः माओवादी अन्तरिम सरकारमा संलग्न भएर आफूलाई खुला राजनीतिक पार्टीको रूपमा दर्शाउन सफल भएका छन् । यस घटनाक्रमले नेपालमा राजनीतिक स्थिरता कायम गर्छ भन्ने आशा बढेको छ । साथसाथै हाल मधेसमा सल्किरहेको जातीय आगो निभाएर कुनै समस्याविना संविधानसभा निर्वाचन हुनसके अनि जनआन्दोलनले निर्देश गरेअनुरूप नेपाल लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित हुनसके राजनीतिक स्थायित्व कल्पना गर्न सकिन्छ ।

सन्दर्भ: लोकतन्त्र दिवस र युएई (लेखक: हरि खड्का)
Source: NRNA

२०६३ सालको लगातार १९ दिनको अनवरत संघर्ष पछि प्राप्त भएको लोकतन्त्रले एक बर्षपुरा गरेको खुशीयालीमा देश बिदेशमा लोकतन्त्र दिवस मनाएका समाचारहरु प्राप्त भईरहेका छन् । यसै सिलसिलामा युनाईटेड अरवर् इमिरेट्स (यु.र्एर्.इ) मा पनि नेपाली राजदूतावासको सक्रियतामा फुडल्याण्ड रेष्टुरेण्ट, आवुधावीमा युएइस्थित बिभिन्न संघ संस्था, व्यापारी, बुद्धिजिवी तथा पत्रकारहरुको व्यापक सहभागितामा भव्यताका साथ लोकतन्त्र दिवस मनाइयो । युएईका बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुलाई बक्ताकोरुपमा चयन गरिएको उक्त कार्यक्रममा लोकतन्त्र दिवसको बारेमा आआफ्ना धारणा राख्ने क्रममा प्रायः बक्ताले राजा, राजनैतिक नेता तथा राजदूतावासको खुलेर आलोचना गरी सच्चा लोकतान्त्रिक परिपाटीको बिकाश हुनुपर्नेमा जोड दिएको पाईयो भने राजदूतावासवाट पनि लोकतन्त्रकै अनुशरण गरी जनतामुखी हुने कुरामा सबैलाई बिश्वास दिलाई काँधमा काँध मिलाई जाने बचनबद्धता पनि व्यक्त गरियो ।