Publications

  • Home
  • Publications
  • लगानीनिम्ति अनुकूल वातावरण (सम्पादकिय/बिचार)

लगानीनिम्ति अनुकूल वातावरण (सम्पादकिय/बिचार)



जनआन्दोलन २ को सफलतापश्चात् मुलुकमा थोरै अवधिभित्रै अनेक ऐतिहासिक, युगान्तकारी राजनीतिक परिवर्तन हुँदैआएका छन् । दिगोशान्ति तथा पर्ूण्ा लोकतन्त्रको संस्थागत विकासका लागि अनिवार्य उपयुक्त संविधान ँसंविधानसभा�का माध्यमबाट नै बन्नु र्सवथा श्रेयस्कर हुनेभएकाले यतिखेर सबैको ध्यान संविधानसभाको निर्वाचनतर्फनै मोडिएको देखिन्छ । संविधानसभाको निर्वाचनका लागि शर्ीष्ास्थ आठ राजनीतिक दलद्वारा विश्लेषणात्मक अध्ययन, छलफलपछि छिटै निष्कर्षआउनेभएको छ । आठदलको सहमति, मेलमिलाप र एकताको बल मुलुकमा देखिएका तमाम समस्या तथा चुनौतीलाई पर पन्छाउँदै समुचित निकास दिन सक्षम रहेकाले सबै क्षेत्रमा आशाको किरण देखिएको हो । राजनीतिकरूपमा अनेक शुभलक्षण देखापर्दै गएअनुसार मुलुकको आर्थिक क्षेत्रमा पनि युगान्तकारी भूमिका अहिलेको परम आवश्यकता बनेको देखिन्छ । लामो द्वन्द्वका कारण यहाँका उद्योगव्यापार आदि क्षेत्र अति पीडित बन्दैआएको कसैबाट लुकेको छैन । मुलुकमा यसै पनि एक्काइसौँ शताब्दीको गति अनुकूल उद्यमव्यवसाय नरहेको र झन् त्यसमाथि दसवर्षो द्वन्द्वको कुप्रभाव पर्नाले स्थिति ज्यादै दयनीय हुनपुग्नु स्वाभाविकै हो । बितेका वर्षा कैयन् राम्रा उद्योग बन्द हुनपुगेका र कैयन् धराशयीतुल्य बनेका र कैयन्ले जेनतेन प्राण धानिरहेको स्थिति देखिन्छ । सानातिना कुरामा पनि पटक-पटकको बन्द, धर्ना, चक्काजाम, हडताल, आन्दोलन आदिले उद्योगव्यवसायमाथि कुठाराघात गर्दै आएकामा शड्ढा रहन्न । यस्तो अवस्थामा भएका उद्योगव्यवसायको नियमित सञ्चालन नै टाउकोदुःखाइको विषय बनेको थियो भने नयाँ उद्योगव्यवसाय बढ्ने सम्भावना क्षीण थियो । स्वदेशी लगानीकर्तालाई नै उत्साहित तुल्याउन नसकिएको वस्तुस्थितिमा विदेशी लगानीकर्ताको चर्चा केवल मुखसुखको विषय मात्रै बन्दैआउनु अस्वाभाविक होइन ।

यतिखेर द्वन्द्व अन्त्य भई मुलुक उन्नतिको शिखरमा उक्लनलागेकाले आर्थिक क्षेत्रमा पनि आशाको सञ्चार भएको देखिन्छ । राजनीतिक परिवर्तनलगत्तै आर्थिकक्रान्ति अपरिहार्य रहेकाले अब सबै पक्षको ध्यान आर्थिकक्षेत्रको विकासमै सोहोरिनुपर्नेमा विमति नहोला र मुलुकमा शान्ति, सुरक्षाको अवस्था सुदृढ पार्दै भएका उद्योगव्यवसायलाई नवीन ऊर्जा प्रदान गरी स्वदेशी तथा विदेशी लगानी अभिवृद्धिका लागि कम्मर कसेर लाग्नुपर्ने देखिएको छ । लगानीमैत्री वातावरण बनाउन सरकार क्रियाशील रहेको अर्थमन्त्री डा. रामशरण महतको अभिव्यक्तिले अपेक्षाकृत दिशामा सोच, संलग्नता र सक्रियता बढ्नथालेको प्रतीत हुन्छ । अर्थमन्त्रालयद्वारा म�लबार आयोजना गरिएको ँविदेशी लगानीकर्ताका समस्या र आगामी बजेटमा उनीहरूको सुझाव� विषयक छलफल कार्यक्रममा अर्थमन्त्री महतले संयुक्त लगानीमा नेपालमा सञ्चालित उद्योगका समस्या अन्त्य गर्न सरकार लागिपरेको जानकारी दिनुभएको स्मरणीय छ । लगानी अभिबृद्धिका लागि मुलुकमा शान्ति, सुरक्षाको बलियो बन्दोबस्त हुनुपर्ने, दोहोरो भन्सारप्रणाली खारेज हुनुपर्ने, तेस्रो मुलुकबाट आयात गरिने कच्चापदार्थ र अन्य सामान छुटाउन भन्सारप्रक्रिया सरल र सहज बनाउनुपर्ने, मजदुरका समस्या समाधान गर्न आवश्यक प्रयास हुनुपर्नेलगायतका सुझाउमा गम्भीर चिन्तन तथा अग्रगामी कदम अहिलेको आवश्यकता बनेको देखिन्छ । मुलुकको राजनीतिक परिवर्तनमा जस्तै आर्थिक क्षेत्रको विकासमा पनि अन्तर्रर्ााट्रय समुदायले गहिरो चासो राखेको पाइन्छ । यस चासोलाई व्यावहारिक धरातलमा र्सार्थक तुल्याउन ढिलाइ गर्नैनहुने देखिएको छ । खासगरी यहाँको जलस्रोतका क्षेत्रमा लगानी गर्न अनेक मुलुकले अभिरुचि राखेका पर्रि्रेक्ष्यमा उदार तथा लचिलो नीतिका साथ स्वागत गरिनु वाञ्छनीय छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग स�ठन-र्सार्क)का सदस्यराष्ट्रबाट पनि जलविद्युत्का क्षेत्रमा लगानी गर्न उत्साह देखाइएको पाइन्छ भने अन्य कतिपय मुलुकले लगानीको वचनसमेत दिएका छन् । यस्तो सकारात्मक तथा उत्साहवर्द्धक वस्तुस्थितिलाई अर्थपर्ूण्ा तुल्याउन र्सवप्रथम सबै पक्षले मुलुकको शान्ति, सुरक्षा र लगानीको अनुकूल वातावरणका लागि इमानदारीसाथ कर्तव्यपरायण हुनु जरुरी देखिएको छ ।