Publications

  • Home
  • Publications
  • बैदेशीक रोजगार, यसमा देखा परेको विद्यमान समस्या र हाम्रो दायित्त्व :निलन कुमार थेच्वमि(श्रोत: नेपाल)

बैदेशीक रोजगार, यसमा देखा परेको विद्यमान समस्या र हाम्रो दायित्त्व :निलन कुमार थेच्वमि(श्रोत: नेपाल)



“वास्तवमा समस्यालाई कोतार्दैमा यसको समाधान होला भन्नेकुरा नसोच्नुहोला, बरु यसलाई कसरी समाधान गर्ने हो भन्ने कुरा, समाधानको बाटो खोज्नु पनि सक्नु पर्दछ” । देशमा भईरहेको आन्तरिक द्वण्ड र दोहोरो मारमा पिल्सीएका नेपाली गाउँले दाजुभाईहरु ठूलो संख्यामा विदेशीने क्रम रोकिरहेको छैन् । दिन प्रतिदिन समस्याहरु थ्ापिंदै गईरहेको छंदा पनि नेपाली यूवाहरु रोजगारको लागि विदेशीने क्रम भने रोकेको छैन् ।

तर दुःखको कुरो, गरिब गाउँलेहरु, गाउँमा द्वीपक्षीय/त्रीपक्षीय शक्तिहरुबाट पिल्सीएर आफ्नो परिवारको लागि र स्वंयमको जिऊ ज्यान सुरक्षाको लागि केही कमाउँन उदेश्य बोकि नेपाली यूवाशक्तिहरु विदेशीनु क्रममा त्रि्रता आउँनु नै देशका बैदेशीक रोजगार व्यवसाय तथा मानव तस्करका व्यापारहरु फस्ताईरहनु र बैदेशीक रोजगारमा देखिएको समस्या नसुल्भिmकन झन झन जटिल भएर जानुको उपज हो । हामीले प्रत्यक्ष देखिरहेका छौं यो देश र जनताको लागि एकपक्ष विदेशी वितिय आर्जन तथा स्वदेशको आर्थीक बजेटमा टेवा पुग्नु हितकार्य नै हो तर यस्तै हित कार्यलाई मात्रै ध्यान दिएर जाने हो भने एकदिन राज्यले यस समस्याबाट ठूलो नोक्सान भोग्नु पर्नेछ । यस्तै वास्ता नगरि, “काग कराउँदै जान्छ, पिना सुक्दै जान्छ” भन्ने हो भने एकदिन राज्य पक्षले यसको ठूलो मूल्य चुकाउँनु पर्नेछ ।

वास्तवमा देशको आन्तरिक द्वण्डबाट पिल्सीएर बेरोजगार भएर बस्नु भन्दा, देश र परिवारको लागि केही आर्थीक उपार्जन गर्न विदेश पस्नु कुनै पनि देश र देशवासीको लागि अउपयुक्त नहोला । तर यसमा देखा परिरहेको समस्या सुल्झाउँन नसक्नु नै दुबै पक्ष कामदार र बैदेशीक रोजगार विभाग अथवा सरकारी पक्षलाई यो एउटा ठूलो देश र जनताकै विद्यमान समस्याको चुनौतिको रुपमा अहिले देखा परिरहेको छ । आज देशमा मात्रै हैन् नेपाली कामदारहरुले विदेशी भूमिमा पनि विभिन्न समस्याहरु झेल्नु परिरहेको छ । साथमा मानव तस्करहरुको राक्षसी नितिं, दाजुभाई मारा कार्य र यिनिहरु प्रति सरकारको दाईत्व फितल्लो भएको कारणले पनि आज देशमा बैदेशीक रोजगार प्रति विद्यमान समस्या उत्पन्न हुनु स्वाभाविक कुरो हो । तर राज्यपक्षले यस विषयमा किन गम्भिरता लिईराखेको छैन- कि उहाँहरुलाई यस विषयमा कस्तो माध्यमले कुन हिसावले अथवा कसरी समस्या समाधान गर्ने भन्नेबारे सोच विचार नपुगेको हो कि–

तपाईहरुलाई थाहा छ- खुल्ला आगनमा छरिरहेको कुखुराका चल्लाहरुलाई आकाशमा घुमिरहेका चील तथा गीद्धहरुले च्याप्प टीपेर लानु स्वाभाविक हो । तर घरको मालिकले सोच्नु पर्‍र्यो कि ती चल्लाहरुलाई चील तथा गीद्धहरुबाट कसरी बचाउँने भन्ने कुरा…। तर आजको स्थिति देख्दा घरको मालिकलाई यस बारे अट्तो पट्तो छैन् र साथमा केही मतलब छैन् भने खुल्ला रुपमा भेटेका ति चल्लाहरुलाई यी चील तथा गिद्धहरुका आहारा बन्नु स्वाभाविक हो ।

वास्तवमा देशको सरकारले यस बैदेशीक रोजगारमा देखा परेको समस्यालाई समाधान गर्ने उपाय तिर सोच्नु अत्यन्त जरुरी छ । रोग लागेर निको पार्नु भन्दा रोग नलाग्ने उपाए सिकाउँनु पर्यो । जसबाट आगनमा खेलिरहेका चल्लाहरुलाई चिल तथा गीद्धले च्याप्प च्याम्पेर लान नसकोस् । मेरो भन्नुको मतलब, हाल साउदी अरबमा बसेर अध्ययन अनुसन्धानबा निस्केको निस्कर्षाट के थाहापाईयो भने, यस बैदेशीक रोजगारमा आईपरेको समस्या, मात्र मानव तस्करहरुबाट उत्पन्न भएका समस्याहरु होईन् । यसमा करिब आदि प्रतिशत जसो बैदेशीक रोजगारमा जाने यूवाहरुको पनि गल्ति तथा असक्षमता देखा परेको भेटिएको पाईन्छ । वास्तवमा भन्नु पर्दा बैदेशीक रोजगार सम्बन्धी सूचना तथा संञ्चारको अभाव पनि प्रमुख कारण भएको खुल्न थालेको छ ।

मैले भन्न खोजेको मतलब, आजसम्म नेपालमा कुनै पनि सञ्चारका माध्यमहरुले नेपालका यूवायूवतीहरुलाई बैदेशीक रोजगारको बारेमा जानकारी दिन सकिरहेका छैन् । किन- नेपालमा यति धेरै सञ्चारका माध्यमहरुको विकास भएको देखिन्छ । तर देशकै ठूलो समस्याको रुपमा निस्किरहेको बैदेशीक रोजगारमा ठगी सम्बन्धी जल्दाबल्दा विद्यमान समस्याहरु देशकै सरकारी तथा गैर सरकारी क्षेत्रका सञ्चार माध्यमहरुले समस्या समाधानको विषयमा विचार पुर्‍याएका छैनन् किन- दर्ुइ शब्द कलमले समस्या खोतल्दै लेख्दैमा देशमा देखिएको विद्यमान समस्या समाधान होला भन्ने सम्पर्ूण्ा सञ्चार तथा प्रकाशनहरु र सरकार तथा बैदेशीक रोजगारका सम्बन्धीत पक्षहरुले नसोचेपनि हुन्छ । यस विषयमा देश विदेशमा रहेका, समस्या भोगेका र यस विषयमा जानकारी प्राप्त व्यक्तिहरुसंग समस्या उत्पन्न र यसको समाधानको विषयमा गम्भिर भएर लाग्नुपर्ने जस्तो मलाई लाग्दछ । किनकि, घाऊ भएको मान्छेले पो थाहा हुन्छ यो घाऊ कसरी भयो- कस्तरि पिडा हुन्छ र यसको समाधान तथा यसलाई कसरी निको पार्न सकिन्छ भन्ने कुरा ।

मैले जाने बुझे अनुसार, यहाँको वातावरण र विभिन्न ठाउँमा गएर विभिन्न नेपाली कामदार तथा साथीहरुमाझ कुराकानी गर्दा, अन्तरवार्ता लिंदा निश्केको निश्कर्षअनुरुप बैदेशीक रोजगारबारे विदेशीन लागेका नेपाली यूवाहरुलाई बैदेशकीक रोजगार सम्बन्धि जानकारी नभएर पनि यस्ता घटनाहरु घटिरहेको पाईएको छ । विदेश जान भिषा आयो भन्नासाथ नेपालीहरु जति पनि पैसा तिरेर हत्तारमार् इनारमा हाम फाल्छन् । तर उसले पहिला बुझेको हुंदैन कि विदेशमा के कस्तो छ- काम गर्ने वातावरण कस्तो हुन्छन्- यहाँबाट अथवा नेपालबाट ठूलो प्लेनमा चढेर रमेर गईसके पछि, विदेशी भूमिमा के कस्ता समस्याहरु संग लड्नु पर्छ के कस्ता काम कुराहरु सिक्नु पर्छ भन्ने कुरा त्यस व्यक्तिले सिकेका हुंदैन् । जसको कारण नेपाली यूवाहरुले विदेशमा गएर दुःख भोग्नु पर्ने हुन्छ । घरमा बसेर कहिल्य नभोगेको कष्ट र पिडाहरु सहनु पर्ने हुन्छ । त्यो किन भयो- भन्दा नेपालमा बैदेशीक रोजगार बारे अहिले सम्म कुनै पनि ठाउँमा, कुनै पनि शिक्षण सस्थान तथा सञ्चार माध्यमहरुमा यस बैदेशीक रोजगार बारे कसैले कसैलाई जानकारि गराएका छैनन् र सकिरहेका छैनन् पनि ..। एग्रीमेन्ट पेपरमा सहिछाप गरिसकेपछि, औपचारिक्ताको नाउँमा मेनपावर तथा दलालहरुले थोरबहुत देखावति ट्रेनिङ्ग तथा जानकारि दिदैमा बेरोजगारी नेपाली यूवाहरुले विदेशी भूमिमा गएर त्यहाँको काम कार्य तथा वातावरण संग घुलमिल होलान तथा काम गर्न सक्लान भनेर तपाई कस्तो अनुमान लिनुहुन्छ- जहाँ १ वर्षएउटै कक्षामा दिनहु पढेर पनि मानिसहरु जाँचमा फेल हुन्छन् भने के बैदेशीक रोजगारको लागि २ दिन तालिम दिएर पठाएर हुन्छ- यसको परिणाम जुन आज देश तथा राष्ट्रले विद्यमान समस्याको रुपमा भोगिरहेको छ ।

देशमा कयौं ट्रनिङ्ग सेन्टरहरु खुलिरहेका छन् जसको संख्या हातका औंलामा गिन्ति गर्न नसक्ने अवस्था आईसक्यो तर देशकै समस्याको रुपमा आईरहेको बैदेशीक रोजगारको समस्या समाधान प्रति किन राष्ट्र तथा जिम्बेवार व्यक्तिहरु तथा सस्थाहरुले ध्यान पुर्‍याएका छैनन्-

मैले बुझे अनूसार सरकार तथा राज्य पक्षले विभिन्न सञ्चार माध्यमबाट बैदेशीक रोजगार सम्बन्धी विभिन्न कार्यक्रमहरु राख्नु पर्‍र्यो जसले विदेशीन लागेका बेरोजगार यूवाहरुलाई बैदेशीक रोजगारबारे राम्रो जानकारी पाईयोस् । जसलाई खुल्ला आकाश तथा जमिनमा उड्ने जनताको पसिना तथा मासु लुछ्ने चिल तथा गीद्धहरुबाट बच्न सकोस् । हो यस बैदेशीक रोजगार तथा समस्या संग सम्बन्धीत व्यक्ति तथा सस्था र राट्रबाट यस्तो प्रकारको शिक्षाहरु प्रदान गर्न सक्नु पर्यो । जसबाट रोग निको पार्नु भन्दा रोगै लाग्न बाट बचाउँन सकिन्छ । उदाहरणको लागि विदेशको काम कार्य सम्बन्धी निति नियम, भाषा सम्बन्धी जानकारी, काम सम्बन्धी जानकारी, देशको भौगोलिक अवस्था र विदेशमा गएर विभिन्न समस्याहरु पाएमा यस समस्याहरुका समाधान विषय, अनि नेपालमा पनि मेनपावर र दलालहरु संग डिलगर्ने तरिका, सम्बन्धित काम तथा कार्य विषयमा गोष्ठी तथा जानकारी, तलब र सुविधा अनि कम्पनी सम्बन्धि जानकारी, विदेश जाँदा यरपोर्ट तथा प्लेन भित्र सिक्नु पर्ने गर्नुपर्ने कार्य सम्बन्धि जानकारी, मेनपावरमा विभिन्न एग्रीमेन्ट पेपरमा सहिछाप गर्दा ध्यान दिनु पर्ने कुराहरु सम्बन्धि जानकारी का साथै र्सव प्रथम विदेशको र अर्न्तराष्ट्रिए भाषा सम्बन्धी विस्तृत जानकारी बारे सरकारले ध्यान दिएर एउटा छुट्टै प्याकेज तयार पारेर देशको विभिन्न सञ्चार माध्यमहरुबाट नेपालीहरुको घर दैलोदैलोमा पुर्‍याउँन सक्यो भने आशा छ नेपाली यूवाहरुले र राष्ट्र, राज्यपक्षले अबको केही वर्षा यि विद्यमान समस्याबारे छुट्कारा पाउँन सक्नु हुनेछ । भन्नुस, यस बारे जानकारी तथा कार्यक्रम सञ्चालनको विषयमा आवश्यक जानकारी चाहिएमा हामी कोर्षतथा प्याकेज बनाएर सहयोग गर्न सक्छौं । तर यसको विषयमा सरकारले जिम्बेवारी पर्ूवक आफ्नो समस्याको समाधानको लागि तत्परताका साथ लाग्नुपर्‍यो तथा अत्ति सिरेस भएर समस्या समाधान तिर लाग्नु पर्‍यो या लगाउँनु पर्यो ।

वास्तवमा सरकारबाट यस विषयमा चासो नराखेको भनौ या जानकारी नभएको भनौ ..हो यस्ता समस्याहरुबाट, यस्ता जानकारीहरुको अभावका कारण बैदेशीक रोजगारमा नेपालीहरु फसिनु र बैदेशीक रोजगारमा विभिन्न जतिल समस्याहरु उत्पन्न भएको हो ।

भन्नुस तपाईहरु हामी कुनै पनि संघ सस्था तथा सरकार राष्ट्रलाई सहयोग गर्न तयार छौं । जसले राष्ट्र र जनताको समस्या समाधान होस् । र सरकारले पनि यस्तै खाले कार्यक्रमहरु जनता समक्ष लगेर हाल देखा परेको समस्या सजिलै समाधान गर्न सकिन्छ । वास्तवमा यस विषयमा दलाल तथा मेनपावर र यूवा बेरोजगारहरुले एकले अर्कालाई दोष मात्रै थुपारेर हुंदैन् । त्यस्ता देाष र समस्या कहाँ बाट उत्पन्न भए र यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा समाधान गर्ने तर्फलाग्नु अत्यन्त जरुरी थान्दछु । यस समस्या समाधानकोलागि सञ्चारका माध्यमहरुले बैदेशीक रोजगार प्रति साक्षरता कार्यक्रम सञ्चालन गर्दै नेपालका गाउँघर घरदैलोमा कार्यक्रम विस्तार गर्नु अत्यन्त जरुरी थान्दछु ।

धन्यबाद ।