Publications

  • Home
  • Publications
  • नेपाललाई सम्बृद्ध बनाउने सपना छ :डा.उपेन्द्र महतो

नेपाललाई सम्बृद्ध बनाउने सपना छ :डा.उपेन्द्र महतो



उपेन्द्र महतो एक आफैंमा एक पूर्ण परिचय बोकेको नाम हो । नेपालको सेवामा समर्पित एक नेपाली, उद्योगि अनी यस्तै यस्तै धेरै परिचय छन् उनको । हाल ग्रैर आवासिय नेपाली संघको अध्यक्षको रुपमा कार्यरत महतो नेपालको विकासका लागि नेपालबाहिर रहेका नेपालीको लगानी भित्र्याउन आवश्यक वातावरणको निर्माणमा लागेका छन् । उता, ग्रैर आवासिय नेपालीले कतै भोलिका दिनमा नेपाल नै विर्सने हुन् कि भनेर दोहोरो नागरिकता दिलाउन नेपालभित्रै संर्घषरत छन् महतो ।
यस्तै बेलामा हामीले यो अङ्गको अनौपचारिक कुराकानीमा उनै महतोको चयन गरेका छौं । जस्तो प्रश्न त्यस्तै उत्तर दिएर आफ्नो कुशलता देखाएका महतोसंगको अनौपचारिक कुराकानी अब आफैं पढ्नोस् हैत ।

नामः उपेन्द्र महतो
जन्म स्थानः करजन्हा, सिरहा, नेपाल ।
अध्ययनः पिएचडी, डिएससी।
पेशाः व्यवसाय, सामाजिक सेवा ।
१. तपाईको बाल्यकाल कसरी बित्यो ?
गाउँको वातावरणमा भैंसी चराउँदै, खेलकुद गर्दै र पढ्दै ।

२. जीबनको प्राय सम्झना भइरहने क्षण के हो ?
स्वर्गवासी आमाको सम्झना आइरहन्छ । अरु पनि थुप्रै घटना छन् खै के मात्र भन्ने ।

३. प्रारम्भमा तपाइ के बन्न चाहनुहुन्थ्यो ?
स्कुलमा पहिलो पटक जब मलाई �यो घर बनाउँदा कति ईंटा, बालुवा, सिमेन्ट लाग्छ त्यो पत्ता लाउने मान्छे ईन्जिनियर हो� भनेर चकित पारियो त्यसै दिन मैले ईन्जिनियर बन्ने अठोट गरेको थिएँ ।

४. विवाह कसरी भयो ?
सवै विवाह एरेञ्ज्ड नै हुन्छन् तर फरक यत्ति मात्र हो की प्रेम विवाहमा आफैं एरेञ्ज गर्नु पर्छ भने दोस्रो थरिको विवाहमा नातेदारहरुले एरेञ्ज गरिदिनु पर्छ । मेरो विवाह दोस्रो प्रकारको हो।

५. पहीलो दिन उनीसंग भेट्दा कस्तो लागेको थियो ?
दुवै हात पखेटामा परिणत भएर उडुँउडुँ लागेको थियो ।

६. श्रीमतिको सबै भन्दा बढी मन पर्ने बानी के हो ?
जति ढिलो आए पनि नरिसाउने र मन पर्ने कुरा मात्र गर्ने ।

७. मन नपर्ने बानी ?
जति ढिलो आए पनि नरिसाउने (रिसाउने गरे अलि चाँडो घर फर्किन्थें की?) ।

८. झगडा कत्तिको पर्छ नी ?
झगडा गर्ने निहुँ खोज्छु तर भेट्टाउँदै भेट्टाउँदिन ।

९. तपाइको विचारमा यौन के हो ?
हावा, पानी र अन्न जस्तै जीवनलाई नभइनहुने सुन्दर चिज, जसले दुई प्रेमीलाई सवै भन्दा नजीक ल्याइदिन्छ ।

१०.विवाह अगाडिको यौन सम्बन्ध तपाईको दृष्टिकोणमा जायज कि नाजायज र किन ?
मनले मान्यो भने जायज अन्यथा नाजायज ।

११. कत्तिको मदिरा पीउनु हुन्छ ?
कहिले काँहीं साथीभाइसँग रमाइलोको लागि ।

१२. मन पर्ने मदिरा ?
रुसमा बस्ने मान्छेले भोड्का बाहेक अरु कुन मदिराको नाम लिन्छ होला र ? ।

१३. खाना बनाउन आउछ ?
खाना बनाउन मन पर्छ तर समय पाउँदिन । दाल-भात-तरकारी मिठै बनाउँछु । मासु धेरै मिठो बनाउँछु । आलुको चोखा र चुकौनी त झनै मिठो ।

१४. अरुले बनाएको खाना खाँदा र आफुले बनाएको खाना खाँदा कस्तो लाग्छ ?
खाना खाँदा कसले बनायो भनेर कहिलै हेर्दिन । मलाई पस्किएको जस्तोसुकै खाना मन पर्छ ।

१५. नेपाली फिल्म कत्तीको हर्ेर्नुहुन्छ ?
कहिलेकाँहीं । तर पछिल्लो समयमा कुनै पनि फिल्म हेर्न नभ्याएको धेरै भयो ।

१६. मन पर्ने नायिका ?
सवै सुन्दर र प्रतिभावान् नायिकाहरु मलाई मन पर्छन् ।

१७. गीतसंगीतमा कत्तिको रुची लाग्छ ?
धेरै । म राम्रो श्रोता हुँ ।

१८. आफुलाइ एकदम मन परेको कुनै गीत छ कि ?
�फूलको आँखामा फूलै संसार� � स्वरको माधुर्य र गीतको संदेशका कारण ।

१९. गीत पनि गाउनु हुन्छ कि ?
अवश्य ! तर म एक्लै भएको बेला ।

२०. पैसा त धेरै कमाउनु भयो रे नी ?
खान, लाउन, परिवार पाल्न एवं कहिलेकाहीं समाजसेवा गर्न पुगेकोछ ।

२१. जीवनमा पैसाको महत्व ?
�पैसा नै सबैकुरा होइन तर धेरै कुरा हो� भन्ने दर्शनसँग सहमत छु ।

२२. कतिवटा देश घुम्नु भयो ?
करीव चालिस जति ।

२३. मन पर्ने देश ?
अद्‍भूत साँस्कृतिक र प्राकृतिक सौन्दर्य भएको मातृभूमि नेपाल ।

२४.पढाइमा कत्तिको रुचि छ ?
निक्कै रुचि छ । तर समय अभावका कारण पछिल्लो समय पत्र-पत्रिकामा मात्रै भरपर्नु पर्ने स्थिति छ । कर्ण शाक्यको �सोच� निक्कै मन परेको पुस्तक हो ।

२५.राजनीतिमा कत्तिको रुचि छ ?
गर्ने होइन, बुझ्ने रुचि छ ।

२६. मन पर्ने कुनै राजनेता छन् ?
नेल्शन मण्डेला- त्याग, उदारता र �भिजन� का लागि । नेपालका त्यागी र इमान्दार नेताहरु पनि मलाई मन पर्छन् ।

२७. एकदिनको लागी तपाई प्रधानमन्त्री बन्नुभयो भने पहिलो काम के गर्नु हुन्छ ?
नजाने गाउँको बाटै नसोध्नु ।

२८. तपाईको परिभाषामा जीवन के हो ?
जीवन भनेको गति हो ।

२९. अनी मृत्यु नी ?
गतिशील जीवनले थकाए पछिको आरामरुपि चीरनिन्द्रा ।

३०.जीवनमा गर्न चाहेको तर अहिलेसम्म नसकेको कुनै काम छ कि ?
नेपाल जति सुन्दर छ त्यति नै शान्त र समृद्ध बनाउने सपना ।

३१.अन्तमा छुटेका केही छन् ?
विदेशमा जब मेरो मुल्याङ्कन व्यक्तिगत क्षमताको आधारमा होइन की मेरो नेपाली पासपोर्टको आधारमा गरिन्छ त्यसबेला देश-विदेशमा छरिएर रहेका सवै नेपालीहरुले हातेमालो गरेर हाम्रो देशलाई समृद्ध नबनाए सम्म नेपाली जातिले सधैं अपमानित भइरहनु पर्नेछ भन्ने लागेर आउँछ र म नेपाल चाँडै शान्त र समृद्ध भएको सपना देख्‍न थाल्छु । स्वदेश र विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुले निस्‍वार्थभावले मुलुकलाई केन्द्रमा राखेर अठोट गरे हाम्रो त्यो सपना अवश्य पुरा हुन सक्छ । मातृभूमिप्रतिको हाम्रो प्रेम र निष्ठामा निरन्तर बृद्धि गराइरहन नेपाल युके डट कम जस्ता नेपालीभाषी अनलाइन पत्रिकाहरुले ठूलो भूमिका खेलिरहेका छन् । तपाईंहरुको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना गर्दछु ।

प्रस्तुतीः चिरन – नेपालयुके डट कम