Publications

  • Home
  • Publications
  • नयाँ नेपालमा बहुराष्ट्रिय कम्पनी ? प्रदीप खनाल(श्रोत: कान्तिपुर)

नयाँ नेपालमा बहुराष्ट्रिय कम्पनी ? प्रदीप खनाल(श्रोत: कान्तिपुर)



अन्ततः माओवादी अन्तरिम सरकारमा संलग्न भएर आफूलाई खुला राजनीतिक पार्टीको रूपमा दर्शाउन सफल भएका छन् । यस घटनाक्रमले नेपालमा राजनीतिक स्थिरता कायम गर्छ भन्ने आशा बढेको छ । साथसाथै हाल मधेसमा सल्किरहेको जातीय आगो निभाएर कुनै समस्याविना संविधानसभा निर्वाचन हुनसके अनि जनआन्दोलनले निर्देश गरेअनुरूप नेपाल लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित हुनसके राजनीतिक स्थायित्व कल्पना गर्न सकिन्छ ।

बदलिएको राजनीतिक परिवेशमा नेपालका लागि सबैभन्दा महत्त्वपर्ूण्ा आर्थिक विकास हो । १२ वर्षेखिको आन्तरिक द्वन्द्वका कारण आर्थिक उन्नति ठप्पमात्र भएको छैन, भएका पर्ूवाधार पनि नष्ट भएका छन् । अस्तव्यस्त आर्थिक अवस्थालाई उन्नत दिशामा अघि बढाउनु सरकारको मुख्य उद्देश्य हुनु जरुरी छ । सिर्जनशील, साहसिला एवं व्यावहारिक आर्थिक नीतिबाट विकास निर्माण अघि बढाउनु र आम जनसमुदायमा रोजगारी अवसर सिर्जना गर्नु प्रमुख आवश्यकता हो ।

नया� नेपालको विकासमा सबैभन्दा महत्त्व दिइनर्ुपर्ने क्ष्ँेत्र सडक निर्माण हो । जबसम्म देशको हरेक कुनालाई सडकले छु�दैन, तबसम्म बृहत्तर नेपालको विकास कल्पना गर्न सकि�दैन । संसारका प्रँयः सबै विकसित मुलुकको आर्थिक मेरुदण्ड भनेको सडकै हो । अमेरिकामा जब देशव्यापी रूपमा सडक निर्माणको लहर छायो, तब देशको आर्थिक स्थिति मजबुत हुन गयो । सडक निर्माणस�गै अरू क्ष्ँेत्रको पनि क्रमिक विकास हु�दै जान्छ । नेपालको जस्तो भौगोलिक बनावट भएको देशका लागि सडक भनेको सामान्य आवत-जावतका अतिरिक्त सहज तरिकाले कृषिजन्य वस्तु ढुवानी गर्न एवं व्यवस्थित पर्यटन विकास गर्न अपरिहार्य हुन्छ ।

समग्र आर्थिक उन्नतिका लागि सडक निर्माण एवं अन्य भौतिक पर्ूवाधार विकास गर्नु प्रमुख आवश्यकता भए पनि आर्थिक नीतिमा बहुराष्ट्रिय कम्पनीको स्थापनालाई एउटा मुख्य अंश बनाउनु प्रतिस्पर्धी अर्थतन्त्रमा एकदमै महत्त्वपर्ूण्ा छ । बहुआयामिक सञ्चार प्रविधिको माध्यमले सा�घुरि�दै गएको संसारमा कुनै पनि मुलुक एकअर्कास�ग टाढा रहेन । यही विश्वव्यापीकरणको कारण विश्वका अनेकौं विकासोन्मुख मुलुकमा बहुराष्ट्रिय कम्पनीहरू स्थापित हुनथालेका छन् । भारत र चीन यसका प्रमुख उदाहरण हुन् । भारतले केही वर्षता वाषिर्क विकास दर झन्डै ८-९ प्रतिशत कायम गरेर निकै आर्थिक प्रगति गरिरहेछ । उच्च दरको पछाडि भारतको अग्रगामी अर्थनीति कारक छ । १० वर्षता भारतमा असंख्य बहुराष्ट्रिय कम्पनी स्थापित भएका छन् । माइक्रोसफ्ट, इन्टेल, आइवियन, डेलजस्ता अनेकौं उच्च प्राविधिक कम्पनीको आगमनले भारतमा अबौर्ं राजस्वमात्र बढेको होइन, लाखौं संख्यामा इन्जिनियरिङदेखि व्यवस्थापनसम्मका रोजगारीसमेत भित्रेका छन् । यसैको कारण भारतको अर्थतन्त्र सशक्त भएको छ ।

भारतले पाएको आर्थिक सफलता नेपालमा भित्र्याउन सकिन्छ । भौगोलिक एवं वातावरणीय हिसाबले उपयुक्त नेपालमा दर्ीघकालीन राजनीतिक स्थायित्व कायम हुनसके त्यस्ता कम्पनीका लागि हामी आकर्ष गन्तव्यस्थल बन्न सक्छौं । केही वर्षता नेपालमा पनि विभिन्न अध्ययन संस्थानहरूले हजारौं सक्ष्ँम जनशक्ति उत्पादन गरिरहेछन् । प्रायः स्कुल एवं क्याम्पसमा अंग्रेजी माध्यममा पढाइ हुने भएकाले पनि नेपालीका लागि यस्ता बहुराष्ट्रिय कम्पनीमा काम असहज हु�दैन । नेपाली कम्प्युटर विज्ञानका अतिरिक्त इन्जिनियरिङमा समेत संसारभरि दक्ष्ँता देखाउन सफल भइसकेका छन् । यसरी उच्च प्रँविधिक कम्पनी नेपालमा भित्र्याउनसके यी उत्पादित जनशक्तिले नेपालमै स्तरीय रोजगारीका अवसर पाउनेमात्र होइन, रोजगारी खोजीमा भौंतारि�दै विदेशिनु पर्दैन ।

विकसित मुलुकका कम्पनीहरू व्यावसायिक रूपमा सफल हुन आफूलाई विकासोन्मुख मुलुकमा विस्तार गर्न चाहन्छन् । अमेरिका, बेलायत जस्ता विकसित मुलुकको तुलनामा एकदमै कम तलब वा खर्चमा चीन, भारतजस्ता विकासोन्मुख मुलुकमा कामदार पाइने भएकाले यी कम्पनीलाई आर्थिक रूपमा निकै नाफा हुन्छ । नेपालमा पनि भारत, चीनमा जस्तै कम आर्थिक लगानीमै कामदार सजिलै पाइन्छन् । यसरी नेपालीमा विदेशी कम्पनी स्थापित गराउन सकियो भने काम पाउने नेपाली अनि काम दिने यी कम्पनी दुवैलाई दोहोरो फाइदा हुन्छ ।

भौगोलिक दृष्टिले नेपाल भारत र चीनजस्ता विशाल आर्थिक शक्तिकेन्द्रबीच हुनु पनि आर्थिक एवं क्ष्ँेत्रीय सन्तुलनको हिसाबले बहुराष्ट्रिय कम्पनीका लागि आकर्षाको विषय बन्न सक्छ । दूरीको हिसाबले चीन र भारत नेपालबाट धेरै टाढा छैनन्, त्यसैले पनि भारत र चीनबाट नेपाल आवत-जावत गर्न गाह्रो हु�दैन । साथसाथै नेपालको प्रँयः वर्षभरि आनन्द महसुस गराउने हावापानी अर्काे आकर्षा हो ।

काठमाडौं उपत्यकाका अतिरिक्त बनेपा, धुलिखेल, पोखरा, चितवन आदिजस्ता स्थान विदेशी कम्पनी स्थापनाका लागि उचित छन् । यस्ता कम्पनीले रोजगारी बढाउनुका साथै देशको गर्ँहस्थ उत्पादन बढाउन पनि सहयोग पुर्‍याउ�छन् । राजस्व बढ्नुको अतिरिक्त बाटो, बिजुली, खानेपानी आदिजस्ता पर्ूवाधार पनि विकास हु�दै जान्छ । सूचना प्रविधि एवं अन्य क्ष्ँेत्र सम्बन्धित पछिल्ला विकासको आफ्नै देशमा प्रत्यक्ष्ँदर्शी एवं प्रयोगकर्ता हुन पाउ�दा आमनेपालीको जीवनस्तर माथि उकासिन्छ ।

यी सबै योजनाले मर्ूतरूप लिन सरकारी अर्थनीतिको मुख्य हात हुन्छ । यस्ता कम्पनीस�ग सरकारी स्तरबाट सम्बन्ध बढाएर उनीहरूलाई भित्रिन प्रोत्साहित गर्ने विभिन्न योजना लागू गर्नर्ुपर्छ । भरपर्दाे सुरक्ष्ँा स्थिति, सहज करनीति अनि विदेशी आगमनसम्बन्धी कानुन खुकुलो बनाउनु कार्यान्वयन गर्नर्ैपर्ने केही बु�दा हुन् । त्यस्ता कम्पनी आकषिर्त पार्न विमानस्थ्ल विस्तार, खानेपानी सुव्यवस्था, फोहोर-मैला उचित व्यवस्थापनलाई समेत प्राथमिकता दिनर्ुपर्छ । विदेशी बहुराष्ट्रिय कम्पनीहरूलाई आकषिर्त गर्न सके नेपाल स्वयम्ले आर्थिक उन्नति गर्छ नै, विश्वको मानचित्रमा आफूलाई उभ्याउन पनि सक्ष्ँम हुन्छ । नया� नेपालको विकास योजनामा यो एउटा सफल खुडकिलो हुन सक्छ । नया� नेपालको नया� सरकारले यस्तो अग्रगामी एवं व्यावहारिक अर्थतन्त्रलाई प्रँथमिकता देओस् ।

(लेखक अमेरिकाको अस्टिनस्थित युनिभर्सिटी अफ टेक्सासमा इलेक्टि्रकल इन्जिनियरिङ पढ्दैछन् ।)

Posted on: 2007-04-29 23:16:59