Publications

  • Home
  • Publications
  • गैर आबासीय नेपाली संघका प्रबक्ता डा.जुगल भुर्तेल र सम्पादक बिचको अनलाईन कुराकानी (श्रोत: यूरोनेपालअन)

गैर आबासीय नेपाली संघका प्रबक्ता डा.जुगल भुर्तेल र सम्पादक बिचको अनलाईन कुराकानी (श्रोत: यूरोनेपालअन)



रुसमा रहनु भएका गैर आबासीय नेपाली सङ्घका प्रबक्ता डा.जुगल भुर्तेल र यूरोनेपाल अनलाईनका प्रधान सम्पादक केजिन राई बीच हिजो अनलाईनमा बिबिध बिषयहरु माथि भएको अनलाईन कुराकानीको केही अश।

Kejin Says : नमस्ते! आराम, कुशल हुनुहुन्छ ?
Dr.Jugal Says: नमस्ते ! सबै ठिकै छ। एकदम चिसो छ बाहिर । रातिको १२.३० बज्न लाग्यो।

Kejin Says: माफ गर्नु होला, केही समय अहिले कुराकानी गर्न म तपाईको समय लिन सक्छु?
Dr.Jugal Says:हुन्छ ,के भो र अलिकति कुरा गर्न के गार्हो भो
र?

Kejin Says: एनआरएनले बर्तमान नेपालको आन्दोलन र घटनालाई कसरी मुल्यान्कन गरी रहेको छ? मधेश आन्दोलन लगायतका सवालहरुमा? एनआरएनको प्रबक्ताको हैसियतले के भन्नु हुन्छ?

Dr.Jugal Says: यस्तो आन्दोलन हुनु मुलुकको लागि कहिलै पनि हितकर हुन्न । यो स्थितिमा एनआरएनको नाताले नभई सामान्य नागरिकको हैसियतले भन्नु पर्दा सवै सरोकारवाला पक्षहरु सुरुमै गम्भिर नभएर घटना झन्-झन् चर्किंदै गएको हो जस्तो लाग्छ। हामी सबैले समस्याको गहनतालाई समय मै चिन्न सक्नु पर्छ र त्यसै अनुरुप गम्भिरतापूर्वक सवै पक्षलाई समावेश गरी समाधानका उपाय पत्ता लगाउनु पर्छ ।

Kejin Says :आन्दोलनलाई कसरी हेर्नु भएको छ?
Dr.Jugal Says: यस्तो लाग्छ, मानौ देश! विदेशमा बस्नेलाई मात्र चाहिएकोछ । लोकतन्त्रमा आफ्नो समुदायको अधिकारकोलागि आन्दोलन नै गर्नुपर्छ भन्ने छैन । अब सवै प्रकारका आन्दोलनहरुलाई रोकेर एउटै ठाऊमा बसेर समस्यालाई केलाउनु पर्छ र समाधान गरिनु पर्छ। देश सबैको हो भन्ने सोच्नु पर्यो। देश रहे मात्र हामी नेपाली हौ भन्न सक्छौ। हामी सवैको मिलन विन्दु नेपालको राष्ट्रीय अखण्डताप्रतिको प्रतिबद्धता हो भन्ने कुरालाई कसैले पनि बिर्सनु हुन्न ।

Kejin says:सबै हिसालाई शान्त पार्न के गर्नु पर्छ?
Dr.Jugal says:हिसाले सत्तामा जान सकिन्छ भन्ने नराम्रो सन्देशको कारण अब बेला बेलामा यस्ता समस्याहरु आई नै रहन्छ की जस्तो लाग्छ । तर हिंसा कुनै पनि समस्याको समाधान हुँदै हैन भन्ने कुरा हामीले पटक-पटक देखी भोगी आएका हौं । आन्दोलनकारी, सरकार सबै पक्ष एउटै टेबुलमा बसेर कुराकानी गरे जुनसुकै गाह्रो समस्याको पनि समाधान निस्कन्छ ।

Kejin Says:समाधानको उपाय के त?
Dr.Jugal Says:सम्बिधान संसोधन हुनुपर्छ भन्ने आन्दोलनकारीको चाहानालाई सरकारले सम्बोधन गरिसकेकोछ । हामीले परदेशमा बसेर नेपालमा यसो हुनु पर्छ त्यसो हुनु हुन्न भनेर भन्न मिल्दैन। समाधानका उपायहरु पत्ता लगाउन सक्षम मान्छेहरु नेपालमै छन् । सबै मिलेर टेबलमा बसेर बार्ता गरे अबस्य समाधानको बाटो निस्कन्छ। कतिपय सवालमा कोही तल झुक्नु पनि पर्ने हुन्छ। सबै बसेर कुराकानी गर्ने हो भने जुनसुकै समस्याको पनि समाधानको बाटो निस्कन्छ। माओबादी समस्या त्यसरी नै समाधान भएको होइन र? कत्रो ठूलो समस्या थियो त्यो? तर बार्ता बाटै भयो नि समाधान। सन्सारमा यस्ता ठूला -ठूला समस्या बार्ताबाट साम्य भएको इतिहास र यथार्थलाई हामीले कहिल्यै भुल्नु हुन्न।

Kejin Says:अब के हुनु पर्ला के होला त?
Dr.Jugal Says: प्रधानमन्त्रीको हार्दिक अपिल, उच्चस्तरीय बार्ता टोली गठन हुनु र सम्बिधान संसोधन हुने प्रतिबद्धताले बास्तबमा सरकार अब गम्भिर भएको सन्देश दिएको छ। आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारमा ध्यान दिनु पर्छ र मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिनु पर्छ र बिस्तारै घाऊमा मलम लगाउनु पर्छ । देशलाई माया गर्ने हो भने सबै पक्ष बार्तामा बस्नु पर्छ।

Kejin Says: दरबारिया र अतिबादीहरुको घुसपैठको कारण बार्तामा अडचन रहेको पनि सुनिन्छ नि?
Dr.Jugal Says: अलिअलि घुसपैठ जुनसुकै आन्दोलनमा पनि हुन्छ। अहिले पनि त्यो भएको होला तर मुल कारण भने त्यो होइन। तराईको शोषण भएको कुरा तथ्याङ्कले प्रमाणित गरिसकेकोछ । सताब्दियौं सम्म तराईको उपेक्षा भएकोछ । त्यही उपेक्षाको प्रतिकार हो अहिलेको आन्दोलन ।

Kejin Says: तथ्यकुरा गर्नु पर्दा आन्दोलनकारी तराईबासीले मुलुकको हितको लागि के सोच्नु पर्छ अब! अनि सरकारले कसरी जानु पर्छ अगाडी ?
Dr.Jugal Says: हिसालाई रोक्नु पर्छ र आन्दोलन शान्तिपूर्ण हुनुपर्छ । शान्तिपूर्ण ढङ्ले मात्र मधेश र मधेशीले आफ्नो अधिकार पाउन सक्छन् । यो आन्दोलनले उठान गरेको मुद्धाहरु तराईको जल्दाबल्दा समस्याहरु हुन् जसमा सवैको सहानुभूति छ । अब राज्यले पनि सबै क्षेत्रमा समाबेशी हुनु आवश्यक छ । समाबेशीकरण नारामा मात्र सिमित रहेको दुष्परिणाम हो यो।

Kejin Says:खुल्ला सीमा क्षेत्रको कारण गैर नेपालीले पनि नेपाली नागरिकता दावी गरेको पनि सुनिन्छ नि? उनिहरुले उठाएका सवालहरु सबै सही हुन त?
Dr.Jugal Says: हेर्नुस, मधेशको जनसंख्याको समस्या सही हो। आफ्नै नागरिकलाई बिना नागरिक्ता पुस्तौ पुस्ता राखिएका घटनाहरु सुनिएका देखिएका छन् । नागरिकता बितरणमा दुरुपयोग हुन नदिनु र त्यसो भएको छ भने पत्ता लगाएर कारवाही गर्नु राज्यको दायित्व हो । तर त्यही कारण देखाएर नागरिकलाई गैरनागरिक बनाएर राख्न लोकतान्त्रीक समाजमा मिल्दैन ।

Kejin Says:अलिकति कुरा मोडौ,सम्बिधानसभाको चुनावमा अब हामी प्रवासी नेपालीहरुले भोट हाल्न नपाउने नै भईयो होइन ?
Dr.Jugal Says: अनौपचारिक, लिखित हामीले सुझाव दिएका हौ। सबै दलका नेताहरुसँग पनि आफ्ना कुरा राखेका हौ । प्राविधिक कारण देखाएर हामीलाई हाम्रो अधिकारबाट बन्चित गरिनु सरकारको न्यायपूर्ण कार्य भने होइन । हाम्रो नैसर्गिक अधिकार हनन गर्दा बास्तवमा मुलुकलाई नै ठूलो घाटा छ । सरकारले यस्ता गल्ती फेरि फेरि नगरोस भन्ने हाम्रो चाहाना छ। सम्बिधानसभा पश्चात पनि हाम्रा आकाक्षा र राष्ट्रीय आबश्यकता बिधिवत रुपमा समायोजित हुदै जाने कुरालाई हामीले महत्वपूर्ण मानेका छौं । त्यस्ले पूर्णता पाउने बिश्वास हामीमा रहेकोछ ।

Kejin Says: बर्तमान मुलुकको नबिन परिबेशमा प्रबासीहरुको भूमिका कस्तो हुनु पर्छ?
Dr.Jugal Says: एक पटकका नेपाली सधैको नेपाली,नेपालीका लागि नेपाली भन्ने भावना हरेक प्रबासीमा जिवन्त हुनुपर्छ। गैर आबासीय नेपालीको दायित्व राष्ट्र निर्माणमा देशभित्र बस्ने नेपालीको भन्दा एकरत्ति कम छैन। कहालीलाग्दो यो सक्रमणकाललाई चाडैं समाप्त गर्दै मुलुकको आर्थिक-सामाजिक रुपान्तरणको लागि स्वदेश-बिदेश सवैतिरका नेपालीहरुले एकत्र भएर हातमा हात मिलाएर अग्रपथमा लम्कनु बर्तमानको माग हो। हामी मुलुकको मुहार फेर्न भौतिक र नैतिक रूपमा लाग्नु पर्दछ।

Kejin Says:धन्यबाद !
Dr.Jugal Says:धन्यबाद