Publications

  • Home
  • Publications
  • एनआरएनका चुनौती (श्रोत: युरोपमा नेपालीपत्र साप्ताहिक, सम्पादकीय)

एनआरएनका चुनौती (श्रोत: युरोपमा नेपालीपत्र साप्ताहिक, सम्पादकीय)



२२ जुलाईमा एनआरएन आइसिसी र एनसिसीको युरोपियन सम्मेलन भएको छ । अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाण्डौमा हुने तेश्रो अन्तराष्ट्रिय विश्व सम्मेलनकै तयारी स्वरुप सो बैठक डाकिएको आयोजकले बताएका छन् । सम्मेलन स्थल थियो पोर्टस इन्टरनेशनल होटल, अर्ल्र्डसट । विभिन्न एजेन्डा तय गर्न र ठोस सुझाव संकलनमा बैठक केन्द्रित रहेको बताइएको छ । सम्मेलनले गैर आवासीय नेपाली संघले अब स्थापनाको चार बर्षलामो यात्रा तय गर्दैछ भन्ने सन्देश पनि दिएको छ। यस अवधिमा विश्वभर गैर आवासीय नेपालीहरुको सन्जाल फैलिएको छ । ३६ राष्ट्रमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति गठन हुनु चानचुने होइन । सोहृ लाख गैर आवासीय नेपाली अटेको साझा सस्थाको लोकप्रियता दिनप्रतिदिन बढ्दै जानुमा उसको स्वदेशप्रतिको माया सद्भाव नै हो । विदेश बस्दा बटुलेको केही ज्ञान, सीप र पू�जी स्वदेशमा लगाउन खोज्ने उत्सुकता पनि लोकप्रियताको अर्को कारण हुनसक्छ । एक दशक लामो हत्या-हिंसा र अशान्तिले मुलुक आक्रान्त भइरह�दा पनि देशको आर्थिक दुरावस्था जोगाउन गैर आवासीय नेपालीहरु लागिरहे, वैदेशिक विप्रेषण मार्फत होस् वा धेरेथोर लगानी गरेर होस् । एनआरएनले विदेशमा निर्माण गरेको सन्जाल, नेपालमा लगभग तीन सय मिलियन डलरको लगानी, क्रियापुत्री भवन, वृद्धाश्रम निर्माण जस्ता कार्य सर्‍हानीय छन् । अझ पचहत्तरै जिल्लामा सिप वृद्धि गराउने स्कुल, एक जिल्ला एक बस्तु प्रवर्द्धन तथा सय मिलियन डलर कोष खडा गर्ने जस्ता कार्यक्रम कार्यान्वयन पछि संघको गरिमा अरु वृद्धि हुने निश्चित छ । एनआरएनले सस्थागत विकासका क्रममा थप चुनौती पनि सामना गर्नुपर्ने देखिन्छ । नेपाल सरकार र नेपालीहरुको आशाको केन्द्र रहेको यस सस्था वैधानिक रुपमा दर्ता हुन नसकिरहेको अवस्था छ । गैर आवासीय नेपालीहरुको द्वैध नागरिकताबारे संघले उठाएको मुद्दा पनि किनारा लाग्न सकिरहेको छैन । यसले ‘व्यापारीहरुको संस्था र राजनीतिबाट प्रेरित’ भन्ने आरोप पनि बेलाबेला सहनुपरेको छ, यसमा संस्था चनाखो हुनुपर्छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय समन्वय समितिबीच समन्वय र प्रतिवद्धता गरिएका योजना कार्यान्वयन गर्ने तर्फजोड दिनु एनआरएनको प्रमुख आवश्यकता देखिन्छ ।