Projects

  • Home
  • Projects
  • “ गैरआवासीय नेपालीको प्रतिबद्दता,असहाय बालबालिकाको सहारा”

“ गैरआवासीय नेपालीको प्रतिबद्दता,असहाय बालबालिकाको सहारा”



अवधारणा ​

नेपालमा व्याप्त गरिबी, बेरोजगारी, अशिक्षा, चेतनाको कमी, घरेलु हिंसा र समाजमा व्याप्त विभिन्न कुरीति, कुसंस्कार जस्ता कारणका साथै सामाजिक, आर्थिक, राजनैतिक र साँस्कृतिक कारणले गर्दा बालबालिका आफ्नो परिवार छोडेर सडकमा आउने र त्यहीँ बस्ने गरेको पाइएको छ । एनआरएनए त्यस्ता बालबालिकाको संरक्षणका लागि केही हदसम्म भएपनि सहयोगका लागि अघि बढेको हो । 

को हुन् सडक बालबालिका ? ​

  • क) परित्याग गरिएका बालबालिका : परिवार र घर नभएको । ​
  • ख) सडक बालबालिका :  घरपरिवार भइकन पनि सडक मै रहनेबस्ने गरेका बालबालिका ।  ​
  • ग) सडकलाई नै आफ्नो कार्यक्षेत्र बनाई आफन्त र परिवारसित सडकमा रहने बालबालिका । ​
  • घ) उच्च खतरामा रहेका बालबालिका :  यस वर्गमा द्वन्द्व, भोकमरी, सहाराविहीन, घरपरिवारविहीन, जोखिमपूर्ण तथा दुःखदायी अवस्थामा रहेका बालबालिका पर्दछन् ।​

सडकमा  आश्रित बालबालिकाले सामना गर्नु परेका मुख्य समस्याहरू ​

  • भोकै बस्नुपर्ने, ​
  • स्वास्थ्य र शिक्षासम्बन्धी सुविधाको अभाव,​
  • सीप विकासको अभाव, ​
  • ठूला तथा पहिले सडकमा बस्ने गरेका बालबालिकाबाट शारीरिक तथा यौनशोषण पर्ने,​
  • सडकमा आश्रित बालबालिका लागूपदार्थको प्रयोग तथा अनैतिक, गैरकानुनी तथा असामाजिक कार्यतर्फ पनि अग्रसर हुने ​
  • एकातिर आफ्ना आधारभूत अधिकारबाट बञ्चित भएका हुन्छन् भने अर्कोतिर अरू व्यक्तिबाट हुनसक्ने शोषण, दुव्र्यवहार, भेदभाव आदिको जोखिममा रहने​

बालबालिका सडकमा आउने कारणहरु ​

  • १. पारिवारिक कलह,​
  •  २. बाबुआमा वा अन्य संरक्षकको अभाव, ​
  • ३. बहकावमा लाग्नु,​
  • ४. सहरीकरणको प्रभावमा पर्नु,  ​
  • ५. नयाँ कामको खोजी गर्नु, ​
  • ६. बालबिज्याइँ बदमासी गरी भाग्नु, ​
  • ७. लोभ, प्रलोभनमा फस्नु,​
  • ८. पैसा कमाएर सुखभोग गर्ने सोच हुनु, ​


एनआरएनले किन छान्यो त सडक बालबालिका ?​

गैरआवासीय नेपाली संघको महिला विभागले विभिन्न कामहरु गर्दै आएको छ । जसमा महिला दिदीबहिनीको उल्लेखनीय उपस्थिति रहने गरेको छ ।  उहाँहरुकै अगुवाईमा विभिन्न समाजिक तथा साङ्गठानिक कामको नेतृत्वमा सबै पक्षलाई समेटी नेपालमा  खुल्ला आकाशमुनी रात बिताउन बाध्य बेसाहारा सडक बालबालिकालाई संरक्षकत्व दिँदै उनीहरुको लालन–पालन देखि शिक्षा–दिक्षा समेत दिन महिला बिभाग प्रतिबद्ध छ  । सोही अवधारणा अनुसार हामीले अभियान नै सुरु गर्यौँ र आर्थिक रकम समेत संकलन गर्न थाल्यौँ । यस अभियानका लागि हामीले एक गैरआवासीय नेपालीको प्रतिबद्दता,एक असहाय बालबालिकाको सहारा” भन्ने नारासहित अघि बढीरहेका छौँ । ​

कार्यक्रमको उदेश्य​

  •  आगामी तीन वर्षको अवधीमा अधिकतम १०० सडक बालबालिकालाई संरक्षकत्व प्रदान गर्ने ।​
  • यस अभियानमार्फत संसारभरी छरिएर रहेका महिलाहरुलाई यस कार्यक्रममा आवद्ध गराउँदै सामाजिक अभियानमा जोड्ने !​

लक्षित वर्ग : नेपाल सरकारले सडकबाट व्यवस्थापन गरि विभिन्न संघसंस्थामार्फत संरक्षण गरिरहेका एक सय जना बालबालिकाहरु ।​

नेपाल सरकारबाट प्राप्त तथ्यांक अनुसार सडक बालबालिकाको संख्या ​

कार्यक्रम समायाअवधीः​

नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय बाल कल्याण समितिको निर्देशनमा सरोकारवाला साझेदार सामाजिक संघ-संस्था मार्फत आवश्यकता र प्राथमिकताको आधारमा बिभिन्न जिल्लाहरु (१ भन्दा बढी जिल्लाहरुमा) कार्यक्रम शुरु भएको ३ (तीन) वर्ष सञ्चालन गरिने छ ।​

कार्यक्रममा सहभागी​

  • मुलतः गैरआवासीय नेपाली संजालसंग आबद्ध तथा यसको शुभ-चिन्तक-शुभेच्छुकहरु ​
  • एनआरएनका लब्ध प्रतिष्ठित महिला ब्यक्तित्वहरु, एनआरएन आबद्ध र यस संजाल बाहिरका समेत ब्यक्तित्वहरु ( न्यूनतम १ (एक) बालबालिकाको संरक्षकत्व ग्रहण गर्ने ) ​

 आर्थिक सहयोग रकम संकलन ​

  • यसको लागि मासिक ५० (अमेरिकन डलर) को प्रतिबद्धता रहनेछ । जुन ३ बर्षको लागि २ लाख नेपाली रुपैयाँ हुने देखिन्छ । यसरी न्यूनतम १०० बालबालिकाको लागि २ करोड नेपाली रुपैयाँ ३ बर्षको अवधीमा जुटाउनु महिला बिभागको जिम्मेवारी हुनेछ ।​
  • बाँकी अन्य थप खर्चको लागि विभागले विभिन्न माध्यमबाट संकलनको गृहकार्य गरिनेछ ।​

कार्यक्रम व्यवस्थापनः​

  • यस कार्यक्रमको सम्पूर्ण ब्यबस्थापन तथा नेतृत्व एनआरएन महिला बिभागले गर्नेछ । सिंङ्गो बिभाग यस परियोजनाको नेतृत्वदायी अंग हुनेछ भने अन्तरार्ष्ट्रिय समन्वय परिषद पूर्णरुपमा अन्तिम निर्णयकर्ता र जवाफदेही हुनेछ। साथै कार्यक्रम संचालनार्थ नेपाल सरकारको सरोकारवाला मन्त्रालयको समन्वय र सहकार्यमा साझेदार संस्था (समुदायमा आधारित संस्था – गैरसरकारी संस्था) छनौट गर्नेछ ।​

साझेदारी​

  • नेपाल सरकार तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय ​
  • राष्ट्रिय महिला तथा बाल अधिकार परिषद्​

​हालसम्म उठेको रकम ​

​गैर आवासीय नेपाली संघ हङकङ महिला फोरम साथै नेपाली महिला संघ हङकङको संयुक्त आयोजनामा सम्मानिय उपसभामुख श्री इन्दिरा राना मगर ज्यु को प्रमुख आथित्यमा,विशिष्ट अथिती चाईनाको लागि राजदुत महामहिम श्री बिष्णु पुकार श्रेष्ठ ज्यु,साथै विशेष अथिती हङकङ नेपाली महाबाणिज्य दुत श्री उदय ब. राना मगर ज्यु को साथै  हङकङका विभिन्न संघ संस्था हरुका प्रतिनिधिज्यु हरु र हङकङ बासी दाजु भाइ दिदी बहिनीहरुको साथमा ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजित कार्यक्रममा चलाइएको आर्थिक संकलन अभियानमार्फत यसपरियोजनाका लागि  करीब १ करोड रुपैयाँ संकलन भइसकेको छ ।​