नेपालमा कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुने सम्बन्धमा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठक सम्पन्नः
Published On:
Source:
NRNA
प्रेस नोट
नेपालमा कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुने सम्बन्धमा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठक सम्पन्नः
२५ मार्च २०२० ।
आज सम्पन्न भएको बैठकले विश्वव्यापी रुपमा महामारी रुप लिएको कोरोना भाइरसको संक्रमण बाट नेपाली नागरिकलाई सुरक्षित गराउनको लागि नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ ।
बैठकमा संघका अध्यक्ष कुमार पन्तले कोरनोनाको संक्रमणबाट सुरक्षित हुनको लागि नेपाली नागरिकलाई रू १ करोड बराबरको स्वास्थ्य सम्बन्धि सुरक्षा उपकरणहरु नेपाल सरकारलाई हस्तान्तरण गर्ने बारे जानकारी गराउनु भयो । अध्यक्ष पन्तले संक्रमणको समयमा स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारको सुरक्षा उपकरण र परीक्षण किट संघले चीनस्थित नेपाली दूतावासमा उपलब्ध गराउने भएको जानकारी दिनु भएको छ । पन्तले स्वास्थ्य सामग्री नेपाल भित्राउन पहल गरिदिने सन्दर्भमा नेपाल सरकारलाई गैरआवासीय नेपाली संघको समुदायका तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ ।
बैठकमा महासचिव डा. हेम राज शर्माका अनुसार उक्त सामान खरिद गर्न एक कार्यदल गठन गरिएको र बुधवार बिहान बसेको संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले राष्ट्रिय समन्वय परिषद् चीनको प्रतिनिधी सहितको एक कार्यदल गठन गरेको छ ।
संघका उपाध्यक्ष तथा राहत सामग्री उपसमितिका संयोजक डा. बद्री केसीका अनुसार चीनबाट उक्त सामग्री संकलन गर्न नेपाल सरकार समक्ष आग्रह गरेको र ती सामग्री चीनबाट ल्याउने बन्दोबस्त सरकारले गर्ने बारे कुराकानी भएको र उक्त सामग्रीहरु संकलन गरेर नेपाल पठाउने जानकारी बैठकमा गराउनु भयो ।
बैठका कोरोना भाइरस बाट बच्न सुरक्षाका उपाय बारे छलफल भएको थियो ।
डिबी क्षेत्री
प्रवक्ता
अन्तर्राष्ट्रिय समन्वय परिषद्
गैरआवासीय नेपाली संघ ।