शिघ्र स्वास्थ्य लाभको कामना

Published On: Source: NRNA
संघीय गणतन्त्र नेपालका सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यूको आज त्रिवि शिक्षण अस्पतालमा सफल रुपमा मृगौला प्रत्यारोपणको भएको खबरले हामी समस्त गैरआवासीय नेपालीलाई खुशी तुल्याएको छ । गैरआवासीय नेपाली संघ परिवार उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दीर्घायु एवं सुस्वास्थ्यको कामना गर्दछ । सम्माननीय प्रधानमन्त्रीज्यूको समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न साथ दिने प्रण समेत गर्दछौं ।
 
कुमार पन्त
अध्यक्ष
अन्तर्राष्ट्रिय समन्वय परिषद्
गैरआवासीय नेपाली संघ ।
 
४ मार्च २०२०