अध्यक्ष भट्टद्वारा उद्योग वाणिज्य महासंघलाई धन्यवाद ज्ञापन

Published On: Source: NRNA

सन् २०१७ नोभेम्वर २४ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाबीच भेटघाट कार्यक्रम सम्पन्न भएको छ। नेपाल उद्योग वाणिज्य महासंघमा भएको भेटघाटको मुख्य उद्देश्य संघको सचिवालय नागपोखरीमा सर्न लागकेकोमा नेपाल उद्योग वाणिज्य महासंघलाई औपचारिका जानकारी गराउनु रहेको थियो। उक्त कार्यक्रममा अध्यक्ष भवन भट्टले महासंघ अध्यक्ष राणालाई हार्दिक धन्यवादको पत्रसहित टोकन अफ एप्रिसियसन प्रदान गर्नुभयो।