गैरआवासीय नेपाली संघ अन्तरार्ष्ट्रिय समन्वय परिषदको प्रेस विज्ञप्ति

Published On: Source: NRNA

गैरआवासीय नेपाली संघको नयां कार्य समितिले विगतका कार्यकालमा भएका कार्यहरुको समीक्षा, संस्थागत लगायत अन्य सरोकारका विषयमा विस्तृत छलफल गर्दै आगामी २ वर्ष गर्नु पर्ने कार्यहरुको योजना तर्जुमा गर्न तीन दिने बैठकको आयोजना गरेको थियो । संघका अध्यक्ष भवन भट्टको सभापतित्वमा नोभेम्बर १५ देखि १७ सम्म भएको बैठकमा वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु संस्थापक अध्यक्ष डा उपेन्द्र महतो पूर्व अध्यक्ष जीवा लामिछाने पूर्व उपाध्यक्ष रामेश्वर साह पूर्व प्रवक्ता डा हेमराज शर्मा लगायतको उपस्थिति थियो ।