Press Release

  • Home
  • Press Releases
  • हार्दिक समवेदना

हार्दिक समवेदना


 

विज्ञप्ति

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाको खवरले गैरआवासीय नेपाली संघ (एनआरएनए) स्तब्ध भएको छ ।

 

यस दुखद् र त्रासदीपूर्ण दुर्घटनाको तत्कालै प्रभावकारी रुपमा उद्दार कार्य अघि बढाउन र दुर्घटनाको तत्तकाल छानविन गर्नको लागि नेपाल सरकारसँग अनुरोध गर्दछौं । साथै, आगामि दिनमा हवाई दुर्घटना हुन नदिन अनिवार्यरुपमा प्राविधिक अनुगमन गर्न र हवाई उड्डयन क्षेत्रको सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्दछौं ।

 

यस घटनाबाट निधन भएका व्यक्तिहरुको परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दैछौं । साथै दिवगंत आत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछौं ।

 

रविना थापा                                            डा बद्री केसी                                           कुल आचार्य

कार्यकारी अध्यक्ष                                    अध्यक्ष                                                  अध्यक्ष

 

 

मितिः २०७९ माघ १ तदानुसार १५ जनवरी २०२३