Press Release

  • Home
  • Press Releases
  • बेल्जियमको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको निर्वाचनमा भएको घटना प्रति संघको गम्भीर ध्यानाकर्षण

बेल्जियमको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको निर्वाचनमा भएको घटना प्रति संघको गम्भीर ध्यानाकर्षण


प्रेस विज्ञप्ती ।

२५ जुलाई २०२१ का दिन गैरआवासीय नेपाली संघ, बेल्जियमको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको निर्वाचनमा बेल्जियमस्थित ७ वटैं निर्वाचन क्षेत्रहरुहरुमा निर्धारित समय विहान ९:०० वजेदेखि दिउँसो ५:०० वजेसम्म भौतिक रुपमा उपस्थित भएर निर्वाचन भईरहेको थियो । तर अकस्मात आन्त्र्वोपेन क्षेत्रमा लगभग ४:४५ वजे विदेशी मूलका मानिसहरु हलभित्र प्रवेश गरी मतपेटिका तानेर त्यसलाई फुटाल्दै भूईँमा छरपष्ट पार्दै मत पेटिका कव्जा गर्ने प्रयास गरे । त्यसको प्रतिकार गरी मतपेटिकालाई जोगाउनको लागि निर्वाचन स्थलमा उपस्थित गैरआवासीय नेपाली सदस्यहरु प्रतिकार गर्न जाँदा उहाँहरु माथि सांघातिक आक्रमण गरी घाईते समेत बनाईयो ।

वुथ कव्जाको शिलसिलामा आक्रमणकारी व्यक्तिहरुले तरल पदार्थ मतपेटिकामा खनाई पूर्व उपाध्यक्ष शारदा अर्याल, साधारण सदस्य मुना के.सीं, यस निर्वाचनमा कोषाध्यक्षको उमेदवार रहनु भएका पुष्प नेपाल माथि सांघातिक आक्रमण गरी घाईते बनाए । आक्रमणकारीलाई सम्झाउन जाँदा यस निर्वाचनका निर्वाचन आयुक्त लाई समेत आक्रमण गरी कुटपिट गरिएको थियो ।

मतपेटिका कव्जा गर्न खोजेता पनि त्यहाँ उपस्थित सचेत एनआरएनएका सदस्यहरुले त्यसको प्रतिकार गर्दै आन्त्र्वोपेन क्षेत्रको सवै मतपत्रहरु सुरक्षित राख्दै पुन अर्को मतपेटीकाको व्यवस्था गरी सुरक्षित राखिएको जानकारी प्राप्त भएको छ ।

यस निन्दनीय घटना प्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ । यो घटनामा संलग्नहरुलाई कानुनको दाहेरामा ल्याउने प्रकृया अगाडि बढि सकेको छ । यस घटनामा संलग्न ब्यक्तीहरु पहिचान भए पश्चात निजहरुलाई पञ्जिकृत सदस्यता नरहने गरी कार्वाही गर्ने संघको प्रतिवद्दता रहेको जानाकारी गराउदछौं ।

यस घटनाले गैरआवासीय नेपाली संघको पहिचान र छवी धमिल्याउने प्रयास भएको छ । विश्वमा रहेका सबै नेपालीहरु यस घटनाबाट मर्माहित भएका छन् । संघको संजलालाई खलबल्याउने काम भएकोमा सबै गैरआवासीय नेपालीहरु एकजुट भई यस प्रकारको घटनाको प्रतिकार गर्न आह्वान गर्दछौ र भविष्यमा यस प्रकारको घटना नदोहोर्याउनको लागि सबैलाई सचेत गर्न चाहन्छौ ।

डिबि क्षेत्री

प्रवक्ता

२६ जुलाई २०२१