Press Release

  • Home
  • Press Releases
  • प्रेस विज्ञप्ती : संघको आगामी अन्तर्राष्ट्रिय महाधिवेशन सम्बन्धमा

प्रेस विज्ञप्ती : संघको आगामी अन्तर्राष्ट्रिय महाधिवेशन सम्बन्धमा


गैरआवासीय नेपाली संघको ८० औं अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक अध्यक्ष कुमार पन्तको अध्यक्षतामा १६ अक्टोर २०२१ शनिवारका दिन भर्रचुल माध्मबाट सम्पन्न भयो । बैठकले संघको १० औं कार्यसमितिको निर्वाचन तथा महाधिवेशन आगामी नोभेम्वर ३० तारिख, २०२१, भित्र गर्ने वातावरण मिलाउने निर्णय भएको छ । सो निर्वाचनलाई तोकिएको समयमा व्यवस्थित रुपमा सम्पन्न गर्न पराराष्ट्र मन्त्रालय लगायत बिभिन्न सरोकारहरुसंग छलफल गरि महाधिवेशनको वातावरण तयार गर्न अध्यक्ष कुमार पन्तलाई जिम्मा दिने निर्णय गरेको छ ।  

बैठकले गैरआवासीय नेपाली संघको विधानको धारा १३ को उपधार २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिनाको लागि थप गर्ने निर्णय गरेको छ । बैठकले संघको महाधिवेशन प्रतिनिधिहरुको सम्बन्धमा आएका गुनासाहरुलाई सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरुसंगको परामर्शमा टिओआर सहित एक स्वतन्त्र समिति गठन गर्ने र सो समितिको सुझावको आधारमा आएका प्रतिनिधिहरुको नामावलीलाई निर्वाचन समितिमा पठाउने निर्णय गरेको छ ।  

गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधिहरुका सम्बन्धमा आएका गुनासाहरुलाई सम्वोधन गर्न संघ सक्षम रहेको र संघको मुल्य, मान्यता र गरिमालाई उच्च राख्न छिटो भन्दा छिटो महाधिवेशन सम्पन्न गरि नेतृत्व हतान्तरण गर्न वर्तमान कार्यसमिति प्रतिबद्ध रहेको जानकारी गराईन्छ साथैं संघको महाधिवेशन सम्म संयमित हुन सबै पक्षप्रति आग्रह गर्दछौं ।  

डि.बि क्षेत्री  

प्रवक्ता 

 

मितिः १८ अक्टोवर २०२१