Press Release

  • Home
  • Press Releases
  • प्रेस विज्ञप्ति: अन्तर्राष्ट्रिय समन्वय परिषदको ८२ औं बैठक बारे

प्रेस विज्ञप्ति: अन्तर्राष्ट्रिय समन्वय परिषदको ८२ औं बैठक बारे


प्रेस विज्ञप्ति

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको ८२ औं बैठक अध्यक्ष कुमार पन्तको अध्यक्षतामा भर्चुअल माध्यमबाट ०२ मार्च २०२२ तारिखमा सम्पन्न भयो ।

संघको १० औं महाधिवेशन तथा नयाँ नेतृत्वको निर्वाचन, संरक्षक परिषद, उच्चस्तरीय समिति र पञ्जिकृत सदस्य शुल्क नतिर्ने राष्ट्रिय समन्वय परिषद (एनसीसी) का सम्बन्धमा घनिभूत छलफल गरी सर्वसम्मतले निम्नानुसारका निर्णयहरु गरिएको छ ।

१. पञ्जिकृत सदस्यता शुल्क नतिर्ने एनसीसी यूके, अमेरिका, अष्ट्रेलिया, जापान र क्यानाडालाई मार्च ६ तारिखसम्म शुल्क भुक्तानी गर्न अवसर दिइनेछ । उक्त मितिभित्र शुल्क भुक्तानी नगरेको खण्डमा विधानको दफा १७.७ अनुसार यी एनसीसीहरुको मान्यता स्वतः समाप्त हुनेछ । नयाँ एनसीसीको निर्वाचन गर्नको लागि एक तदर्थ समिति गठन गरिनेछ । संघका अध्यक्ष, महासचिव, क्षेत्रीय संयोजक, सहसंयोजक र क्षेत्रीय महिला संयोजक रहेको एक समितिले तदर्थ समितिको गठनबारे निर्णय गर्नेछ ।

२. महाधिवेशन प्रतिनिधिको निकासको सुझाव दिन गठित उच्चस्तरीय समितिलाई ३ मार्च साँझ ५ बजे सम्म (मतदाताको अन्तिम नामावाली प्रकाशन गर्नु पुर्व) सर्वसम्मत वा लोकतान्त्रिक पद्धति अनुसार प्रतिनिधिबारे सुझाव पेश गर्ने अन्तिम अवसर दिने । यस्तो अवस्था नरहेको खण्डमा आइसीसीको तर्फबाट अध्यक्षले निर्वाचन समितिलाई पेश गरेको प्रतिनिधिहरुबाट निर्वाचन अगाडि बढाइने छ र उच्चस्तरीय समिति स्वतः विघटन हुनेछ ।

३. निर्वाचन अनुगमन गर्न एक समितिको गठन गरिनेछ । हालको संरक्षक परिषद्लाई यसै बैठक देखि लागू हुने गरी सधन्यवाद विघटन गरिएको छ ।

४. पूर्वनिर्धारित मार्च २१ र २२ तारिखमा हुने निर्वाच र मार्च २६ र २७ तारिखमा काठमाडौँमा हुने १० औं अन्तर्राष्ट्रिय महाधिवेशन भव्य रुपमा सम्पन्न गर्न सबै पक्षलाई अनुरोध गरिन्छ ।

धन्यवाद ।