Press Release

  • Home
  • Press Releases
  • प्रेस विज्ञप्ती : जनगणनामा सहभागी हुनको लागि हार्दिक अपिल

प्रेस विज्ञप्ती : जनगणनामा सहभागी हुनको लागि हार्दिक अपिल


नेपाल सरकारले यस वर्ष देखी जन गणनामा विदेशमा रहेका नेपालीहरुलाई पनि समेटेको हुँदा संघ नेपाल सरकार प्रति हार्दिक आभार प्रकट गर्दछ ।
संघले सुरु देखि नै विदेशमा रहेका नेपालीहरुको आधिरिक तथ्यांक संकलन गर्नको लागि नेपाल सरकार समक्ष पहल गर्दै आएको थियो ।
संघ संग आबद्ध भएका सदस्यहरुको मात्र आधिकारी तथ्यांक रहेको छ र यस बाहेक नेपाल बाहिर कति नेपाली रहेका छन् त्यसको आधिरिक तथ्यांक नरहेको हुनाले यस जनगणनाले विदेशमा रहेका गैरआवासीय नेपालीहरुको आधिकारीक तथ्यांक प्राप्त गर्न ठूलो सहयोग पुग्ने छ । ८५ मुलुकमा राष्ट्रिय समन्वय परिषदहरु स्थापना भए पनि किटानीसँग कति नेपाली देश बाहिर छन् भन्ने तथ्याङ्क निकाल्न सकिएको छैन ।
अहिले नेपालमा बाह्रौँ जनगणना हुँदै छ । यही कार्तिक २५ देखि मंसिर ९ गते सम्म हुने यो गणनामा गणकहरु प्रत्येक घरमा पुग्नेछन् । व्यक्तिगत पारिवारिक गरी ८० वटा प्रश्नहरु सोधिने छन् । यसैको आधारमा देशको सबै क्षेत्रको गुरु योजनाहरू निर्माण हुने गर्दछ । अबको दश वर्ष यही तथ्यांक प्रयोग हुने हुँदा सकेसम्म सबैले सहभागी हुने र सही तथ्याङ्क दिन आवश्यक छ ।
सरकारले सोधेको सबै प्रश्नको जवाफ दिंदा आफूलाई पछि केही समस्या पर्छ कि भन्ने शंका हुनु स्वाभाविक हो तर गणनामा प्राप्त कुनै पनि विषय सम्बन्धित व्यक्तिको विरुद्ध प्रमाणको रूपमा प्रयोग गर्न नपाउने कानुनी व्यवस्था तथ्यांक ऐन २०१५ ले गरेको हुँदा यो भ्रमलाई चिर्दै यथार्थ तथ्याङ्क दिन दिलाउन आवश्यक छ ।

धेरै विषयमा सोधिने प्रश्नहरुमध्ये हामी विदेशमा बस्नेहरुको बारे पनि एउटा छुट्टै खण्ड राखिएको छ । मुख्य प्रश्नावलीमा परिचयात्मक खण्डबाट शुरू हुन्छ । एउटा खण्डमा अनुपस्थित विवरण राखिएको छ । प्रश्न नं १६ मा ‘तपाईंको परिवारका कुनै अनुपस्थित सदस्य हाल विदेश गएका छन्’ मा ‘छन्’ भन्ने जवाफ दिनेले प्रश्न १७ को जवाफ दिनपर्ने छ । जसमा विदेश जानेको नाम, लिंग, जाँदाको उमेर, शिक्षा, कहिले गएको, विदेश जानुको कारण, देशको नाम भर्नपर्ने हुन्छ । यी विवरणहरू सबैले नछुटाई भर्न सकियो भने हामीले अन्दाजमा सधैं अस्सी लाखभन्दा बढी नेपालीहरु विदेशमा छौं मात्रै भनिरहन पर्दैन । कुन देशमा कति के गरेर बसेका भन्ने तथ्याँक प्राप्त हुनेछ । प्रत्येक गाउँ टोल जिल्लाबाट के कति मानिसहरू विदेश गएका छन् भन्ने तथ्याङ्क सजिलै तयार पार्न सकिने छ ।
तसर्थ यस जनगणनामा आफ्नो सहि विवरण दिएर नेपालको समृद्धिमा सहयोग गर्न हार्दिक आह्वान गर्दछौ