President Corners

Summary President Report September 2022



 

Summary President Report September 2022

गैरआवासीय नेपाली संघको गत मार्च महिनामा सम्पन्न १० औं महाधिवेशनको म्यान्डेट अनुसार संघको वर्तमान कार्यसमितिले आफ्नो गतिविधिहरुलाई तिब्ररुपमा अघि बढाएको छ । ‘समृद्ध नेपालको लागि नेपालीका लागि नेपाली’ भन्ने मुलमन्त्रलाई मध्यनजर गर्दै संघले स्थापना कालदेखि उठाउदै आएका मुद्दाहरुलाई निश्कर्षमा पुर्‍याउन वर्तमान कार्यसमिति कटिबद्ध छ ।  मुख्य रुपमा गैरआवासीय नेपाली नागरिकता, वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी, मेघा प्रोजेक्ट, ब्लड बस, संस्थागत विकास  तथा आन्तरिक व्यवस्थापनलाई प्राथामिकताको रुपमा अघि बढाइएको छ ।  

आगामी दिनमा संघले उठाएका मागहरुलाई तार्किक निष्कर्षमा पुर्‍याउन  नेपाल सरकार तथा सरोकारवालाहरुसँग व्यापक छलफल गरिनेछ । यसैबीच गत अक्टोवरको पहिलो सातादेखि संघको नेतत्व समालेपछि भएका गतिविधिहरु तथा प्रगति प्रतिवेदन यहाँहरु समक्ष पेश गरिएको छ ।  

 

१.       गैरआवासीय नेपाली संघको विधानमा व्यवस्था भए बमोजिम संघले आफ्नो वार्षिक साधारणसभा गत अक्टोवर १० मा सम्पन्न गर्‍यो ।  सभाले संघको विधान, सांगठनिक तथा आर्थिक प्रतिवेदन गतिविधिमाथि व्यापक छलफल गरेर सर्वसम्मतले अनुमोदन गरेको छ । विधानलाई परराष्ट्र मन्त्रालयमा पेश गर्नको लागि आवश्यक कामकारवाही भईरहेको छ ।  

२.      हरेक वर्ष जस्तै ११ अक्टोवरका दिन संघले विविध कार्यक्रमहरुको आयोजना गरी गैरआवासीय नेपाली दिवस मनाउँदै आएको छ । यस वर्ष पनि उक्त दिन पुजाआजा पश्चात ग्लोवल कन्क्लेभको आयोजना गरी सम्पन्न भयो । कन्क्लेभको समुदघाटन समारोह सम्ममानीय प्रधानमन्त्री श्री शेरवहादुर देउवा र समापन समारोह पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष श्री केपी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कन्क्लेभमा नेपाली नागरिकता, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, लगानी, युवा, महिला, एनसिसिहरुका गतिविधिबारे छलफल भएको थियो । उक्त छलफलबाट निस्केका निचोडहरुले भावी योजना तयार गर्न ठूलो सहयोग पुग्ने छ । 

३.       संविधानमा भएको व्यवस्था अनुरुप गैरआवासीय नेपाली नागरिकता विधेयकबारे विभिन्न राजनीतिक दलका पूर्व सांसद तथा कानुनविद्सँग छलफल भएको थियो । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि बन्ने नयाँ सरकारले नागरिकताको मागलाई पूरा गर्ने प्रतिबद्धता नेपाल सरकारले जनाएको छ । 

 ४.  गैरआवासीय नेपालीहरुको सिप, ज्ञान र लगानीलाई सुरक्षित गर्ने उद्देश्यले संघले सरोकारवालाहरुको संघको छलफललाई तिब्रता दिएको छ ।  संघको आयोजनामा भएको ग्लोवल कन्क्लेभमा बोल्ने बक्ताहरुले संघले गैरआवासीय नेपालीहरुको सामूहिक लगानीमा जोड दिएको छ । यस लगानीका विषय र लगानीमा देखिएका कानुनी जटिलतालाई सहजीकरणको लागि नेपाल सरकारका सम्बन्धी मन्त्रालय तथा नियकायहरुसँग भएको छलफलपछि वैदेशिक लगानीमा न्यूनतम ५ करोडको लगानीको दायरालाई हटाएर नेपाल सरकारले २ करोड रुपैयाँमा कायम गरेको छ । गैरआवासीय नेपालीहरुको लगानीलाई नेपाली सरहको लगानी गर्ने वातावरण बनाउन नेपाल सरकारसँग नियमित रुपमा छलफल जारी रहेको छ । 

५.       वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित र सुव्यवस्थित गर्नको लागि वैदेशिक रोजगार बोर्डसँग सहमति पत्रमा हस्ताक्षर भई आवश्यक कार्यहरु भइरहेकोछ । यसरी नै वैदेशिक रोजगारमा रहेका नेपाली कामदारहरुलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गराउनको लागि सामाजिक सुरक्षाकोषसँग सहमति पत्रमा हस्ताक्षर भई यससम्बन्धी आवश्यक कार्ययोजनाहरु अघि बढाइएको छ ।  

६.    मेघा परियजना अन्तर्गत मोबाइल ब्लड बस, शौचालय परियोजना, लगानी, बृद्धाश्रम लगायतका परियोजनामा आवश्यक कार्यहरु भईरहेका छन् । मोबाईल ब्लड बस प्रदेश नम्बर १, मधेश प्रदेश, लुम्विनी प्रदेश, गण्डकी प्रदेशमा संचालनको लागि ती प्रदेशहरुमा संयोजक नियुक्ति गरी आवश्यक कामहरु अघि बढीसकेको छ । यसरी नै पोखरा महानगरपालिकाबाट महेन्द्र पुल क्षेत्रमा शौचालय निर्माणको लागि अनुरोध आएको र यसका लागि आवश्यक जग्गा महानगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता समेत आएको छ । यसरी नै गाईघाटबाट पनि मोबाइल शौचालय संचालन गर्न अनुरोध आए अनुसार यसका लागी आवश्यक पहलहरु भइरहेको छ ।  

७.       संघले तय गरेको नीति तथा योजनाहरुलाई सफल पार्न संघका कार्यदलहरुको गतिविधिहरुलाई सक्रिय पारिएको छ । संघका आर्थिक पारदर्शितामा जोड दिइएको छ ।  

८.  नेपाल सरकार लगायत विभिन्न सरोकालबालाहरुसँग भेटघाट भइरहेको छ । भर्खरै प्रधानमन्त्री, परराष्ट्रमन्त्री, गण्डकी प्रदेशका मुख्यमन्त्री, पोखरा महानगरिपालीका मेयरलगायत पोखरामा भएका अन्य संघसंस्थाहरुसँगको भेटघाटमा संघको अभियानबारे जानकारी गराइएको ।  

९.       पोखरामा सम्पन्न भएको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगतिमा संघले भाग लिएको थियो । सो प्रतियोगितमा संघको टोलीले १० स्वर्ण ९ रजत र ७ गरी कूल २६ पदक हासिल गर्न सफल भएको छ । खेलकुदको माध्यमबाट विदेशमा रहेका दोश्रो पुस्तालाई नेपालसँग जोड्ने प्रयासमा कोसेढुंगा सावित हुनेछ ।  

१०.     विगत केही महिनादेखि बन्द रहेको गैरआवासीय नेपाली संघको मुखपत्र ग्लोवल एनआरएनएको प्रकाशनको सुरुवात गरिएको छ ।  

११.     नेपालमा पर्यटन प्रवर्धनको लागि नयाँ गन्तव्य स्थान खोज्ने उद्देश्यले पोखरा र गाईघाटमा पर्यटन अभियान संचालन गरिएको थियो । 

१२.   गैरआवासीय नेपाली संघ अन्तरर्गतको महिला विभागको सक्रियतामा ५ हजार बिपन्न विद्यार्थीलाई छात्रबृद्धिको घोषणा गरिएको र यसका लागि आवश्यक कार्य अगाडि बढाइएको छ ।  

 

यस बाहेक अन्य सरोकारका गतिविधिहरु संचालन भईरहेका छन् । सम्पन्न भएका गतिविधिका केही फोटोहरु संलग्न गरिएको छ ।

धन्यावाद ।

 

 

रविना थापा

कार्यकारी अध्यक्ष

गैरआवासीय नेपाली संघ ।